Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा शिवजी गायक पुनः निर्वाचित
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- मर्स्याङदी टोल बिकास संस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
Author: Laxman Gautam
चितवन , साउन २३- राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगर कमिटिले महिलाहरुको महान चार्ड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनियनमा आबद्द भरतपुर महानगर भित्र ब्यबसाय संचालन गर्ने सदस्यहरु सदभाव कायम गर्ने र शुभकामना आदान प्रर्दान गर्ने उदेश्यले कार्यक्रम गरेको हो ।कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का बागमती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज अन्जु गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का चितवन जिल्ला अध्यक्ष पुष्करबाबु त्रिपाठी , राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुष्मा क्षेत्री ,उपाध्यक्ष सिर्जना आचार्य ,सचिव सुमित्रा पोखरेल ,खैरहनी नगर कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई ,डेकर…
चितवन , साउन २० – स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय माडी जेसीजले आफ्नो उत्कृष्ट कार्य सम्पादनका आधारमा “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल भएको छ। जेसीआईले प्रत्येक वर्ष प्रभावकारी तथा दिगो कार्यक्रम सञ्चालन गर्ने स्थानीय शाखाहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आएको छ। सोही क्रममा, माडी जेसीजले २०२५ मा समुदाय केन्द्रित, दीगो र प्रभावशाली कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।उक्त पुरस्कार ‘जेसीआई एसिया-प्यासिफिक’ का कार्यकारी उपाध्यक्ष जेसीआई सिनेटर मार्क जोसेफ डेविड र नेपाल जेसीज २०२५ की राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाको संयुक्त उपस्थितिमा माडी जेसीज २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट प्रदान गरिएको थियो।…
चितवन , लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको आयोजनामा मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ चितवन युथ अध्यक्ष सुदर्शन पौडेल र लायन्स क्लब अफ चितवन युथ सयपत्रीका अध्यक्ष ज्योती भण्डारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आर का डिष्ट्रिक गभर्नर नवराज सापकोटा प्रमुख अतिथि रहनु भएकौ थियो । लायन्स क्लब अफ चितवन युथका सचिव प्रकाश सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा देवघाट स्थित चक्रवती समुदायिक बनमा १०० वटा बृक्ष रोपण गरिएको थियो । सो अवसरमा लायन्स क्लब अफ चितवन युथका तृतीय उपाध्यक्ष एंव कार्यक्रम सयोजक देबीप्रसाद पौडेलले स्वागत मन्तब्य व्यक्त…
चितवन,श्रावण १ — कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मी अमेरिका भ्रमणमा छन्। मेयर रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका गएका हुन्। विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उनले नेपाल र कालिका नगरको प्रतिनिधित्व गरेका छन्। यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो। त्यस्तै, उनले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गरेका छन्। भेटका क्रममा नेपालको वर्तमान राजनीतिक…
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ। गए राति ३ बजे जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। यस्तै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्। बेपत्ता हुनेहरूमा ६…
चितवन, असार २२ — नारायणगढको हङकङ बजारस्थित एक कपडा पसलबाट कपडा चोरी गरी फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ। असार २१ गते BEEX RIDER कपडा पसलबाट कपडा चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास थालिएको थियो।पसल सञ्चालकले दिएको जानकारीका आधारमा प्रहरी र पीडितको सहयोगमा गय राति करिब ९:३० बजे ती दुई महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका–५ स्थायी घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अञ्जु प्रजा र भरतपुर–२६ दिव्यनगरकी ३८ वर्षीया बालकुमारी महतो रहेका छन्। सिसि क्यामरा फुटेजको आधारमा दुवै महिलालाई पीडित आफैले पहिचान गरी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नारायणगढमा…
चितवन , असार ९ – जिवन बीमा क्षेत्रमा अग्रणी कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले भरतपुरकाे रिजालचाेकबाट विस्तारित सेवा सुरुगरेकाे छ। कम्पनीका कार्यकारी प्रमुख पाेषराज पाैडेलले आज एक समारोहबीच सुविधा सम्पन्न विस्तारित कार्यलयकाे उद्घाटन गरेसँगै सेवा सुरु भएको हाे । यसअघि नारायणगढमा रहेकाे साे बीमा कम्पनीकाे कार्यालयलाई थप व्यवस्थित र सर्वसुलभ पहुँच पुर्याउन भरतपुर काे १० नम्बर वडा स्थित रिजालचाेकमा रहेको एभरेस्ट बैक रहेको भवनमा स्थानान्तरण गरिएको चितवन शाखा प्रमुख गाेकर्ण कार्कीले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालकाे प्रमुख आतिथ्यता तथा बीमा कम्पनीका उपकार्यकारी प्रमुख दिप बिसि,प्रमुख बजार प्रवन्धक भुषण रिजाल,वित्त प्रमुख गाेपाल पँगेनी, उद्योग बाणिज्य सँघ…
चितवन , असार ७ – चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए । भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३…
चितवन, २६ जेठ – चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नारायणगढको लायन्सचोकस्थित केन्द्रको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उद्घाटन गरिएको हो। घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको सो केन्द्रको प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा केयर गिभर पेशाप्रति युवाहरूको आकर्षण बढ्दो छ। “काठमाडौँस्थित मुख्य कार्यालयबाट हालसम्म ५ हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं,” खड्काले भन्नुभयो, “यहाँबाट तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू विदेशमा रोजगारी गरिरहेका छन्। बेलायतस्थित सीपीडिएसओ बाट…
चितवन , जेठ १७ – उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष, समाजसेवी एवम् युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यको साथ आयोजना गरेको यस पुण्य कार्यमा आफू पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू बर्षौदेखि सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा…
