चितवन , मंसिर ४ – माडी जेसीज वर्ष २०२५ का अध्यक्ष, युवा नेतृत्वकर्ता जेसी ईश्वर रानाभाट प्रतिष्ठित JCI LOM Star President (2nd Half) – Asia & the Pacific बाट सम्मानित भएका छन्। यो महत्वपूर्ण घोषणा JCI World Congress 2025, Tunisia मा सम्पन्न समारोहका बीच गरिएको हो।
अन्तर्राष्ट्रिय तहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र प्रभावकारी कार्यसम्पादनका आधारमा रानाभाट चयन हुनुभएको हो।
उनको यो उपलब्धिले माडी जेसीज लगायत नेपाल र एशिया–प्यासिफिक क्षेत्रमा रहेका सम्पूर्ण जेसी सदस्यहरूलाई गौरवान्वित बनाएको बताएका छन ।
सम्मान नतिजापछि खुसी व्यक्त गर्दै अध्यक्ष जेसी रानाभाटले यस उपलब्धि आफू मात्रको नभई सम्पूर्ण माडी जेसीज परिवारको सामूहिक मेहनत, साथ र विश्वासको परिणाम भएको बताए। उनले एशिया–प्यासिफिक क्षेत्रमा आफ्नो LOM को पहिचान र प्रभावशाली उपस्थिति अझ मजबुत बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै उनले आगामी दिनमा युवा नेतृत्व विकास, प्रभावकारी परियोजना सञ्चालन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै काम गर्ने जनाए।
माडी जेसीज परिवारले रानाभाटलाई हार्दिक बधाई तथा आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वले संगठनको प्रतिष्ठा, सदस्य विकास तथा अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
रानाभाटको अन्तर्राष्ट्रिय सफलता दोस्रो पटक माडी जेसीजको गर्व तथा प्रेरणादायी उपलब्धिका रूपमा रहेको छ।
Trending
- मर्स्याङदी टोल बिकास संस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्
- नवनिर्वाचित सांसदहरूको शपथ आज, आवश्यक कागजातसहित दुई घण्टाअगावै उपस्थित हुन आग्रह
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

