Author: admin

रेशम सापकोटाभारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज भरतपुर महानगरपालिका–२ स्थित ब्राइटस्टार समाज नेपाल बालगृहमा रहेका १३ जना नानीहरूसँग आज बेलुकाको संयुक्त भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ। मानवतामूलक भावना बोकेर गरिएको यो कार्यले उपस्थित सबैलाई प्रभावित बनाएको थियो। कार्यक्रममा उहाँकी धर्मपत्नी सरस्वती अधिकारी पाठक, लायन्स क्लब अफ भरतपुर ब्लु स्काईकी अध्यक्ष दुर्गाकुमारी लामिछाने, अग्रज शैक्षिक तथा सामाजिक व्यक्तित्व बालचन्द्र पोखरेल, ब्लड डोनर सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, महासचिव अञ्जन दवाडी, सफल युवा व्यवसायी तथा समाजसेवी रामचन्द्र लम्साल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, डा. सिर्जना भुर्तेल, ब्लड डोनर सोसाइटी चितवनका उपाध्यक्ष अभिषेक…

Read More

चितवन — चितवन उद्योग वाणिज्य सङ्घ २०१६ सालमा संस्थापक अध्यक्ष स्व. सूर्यनारायण पियाको नेतृत्वमा स्थापना भएको दिनदेखि नै जिल्लाका उद्योगी–व्यापारीको साझा स्वरको प्रतिनिधि संस्था बनेको छ। व्यवसायिक हक–हित संरक्षण, दिगो व्यापारिक वातावरण निर्माण तथा उद्योग, वाणिज्य र पर्यटन प्रवर्द्धनका क्षेत्रमा यस सङ्घको योगदान स्मरणीय रहेको छ। विगतमा संघका गतिविधि राष्ट्रियस्तरमै चर्चित थिए। ‘चितवन महोत्सव’ जस्ता कार्यक्रम, माछापालन, पोल्ट्री, कृषि–उद्योग, लघु उद्योग प्रवर्द्धनका गोष्ठी–सेमिनार र नवउद्यमीका लागि तालिम तथा बजार विस्तारमा संघले सक्रिय भूमिका खेलेको थियो। हाल संघ अध्यक्ष सुमन कुमार श्रेष्ठको नेतृत्वमा २२औँ कार्यसमिति क्रियाशील छ भने आगामी पुस २१ गते हुने अधिवेशनबाट २३औँ अध्यक्ष तथा नयाँ कार्यसमिति चयन हुने…

Read More

चितवन — होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा तथा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखाको समन्वयमा सञ्चालित जिल्लास्तरीय अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुलमै उत्साहका साथ सम्पन्न भयो। ७२औँ राष्ट्रिय क्षयरोग दिवसलाई विशेष बनाउने उद्देश्यसहित गरिएको यस प्रतियोगितामा चितवन जिल्लाका २५ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ। समग्र रूपमा ३६ विद्यालयसम्म सहभागी भइसकेका यस्ता वार्षिक प्रतिस्पर्धाहरूमध्ये यस वर्षको कार्यक्रम झनै प्रतिस्पर्धात्मक बनेको थियो। हाजिरीजवाफको रोचक चरणहरू पार गर्दै जनप्रिय मावि शारदानगर प्रथम, ओम शान्ति एकेडेमी भरतपुर द्वितीय, र वाल्मीकि शिक्षा सदन भरतपुर तृतीय हुने गौरव हासिल गरेका छन्। यसअघि मंसिर ११ गते नाटा जुनियर…

Read More

रेशम सापकोटा माडी नगरपालिका–९ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले समृद्ध भगवान श्रीरामको जन्मस्थल अयोध्याधाममा यस वर्ष पनि विवाह पञ्चमी विशेष उत्सव अत्यन्तै आकर्षक रूपमा सम्पन्न भएको छ। मङ्सिर ९ गते परेको शुभ दिनलाई अवसर बनाएर माडी नगरपालिका, माडी प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक तथा अयोध्या धाम पूजा व्यवस्थापन समितिको संयुक्त पहलमा धार्मिक कार्यक्रमसँगै सामूहिक खुल्ला रत्यौली प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त प्रतियोगितामा १४ महिला समूहले सहभागीता जनाएका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार, द्वितीयले ७ हजार, तृतीय समूहले ५ हजार तथा सान्त्वना प्राप्त समूहले ३ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा माडी–९ को राम जन्मभूमि आमा समूहले १०१ अंक…

Read More

रेशम सापकोटानिर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले हिजो ४ र आज ५ गते सम्पन्न गरेको विस्तारित बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। पदाधिकारी, सल्लाहकार र सदस्यहरूको सक्रिय सहभागितासहित बसेको बैठकले चितवन उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवसायी सिरीष पन्तलाई सिफारिस गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको घोषणा गरेको हो। बैठकका सहभागीहरूका अनुसार पन्त व्यवसायीहरूले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने, निष्पक्ष रूपमा हेर्ने र व्यावहारिक कार्ययोजना प्रस्तुत गर्न सक्ने सक्षम नेतृत्वका रूपमा उदाएका छन्। संघका अध्यक्ष नरहरी घिमिरेले भने, “पन्त केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको आवश्यकता पूरा गर्न सक्ने, ठोस परिणाम दिन सक्ने र व्यवसायीहरूको हितलाई पहिलो…

Read More

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता हुन आग्रह गरेकी छन्। बुधबार आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई सम्बोधन गर्दै कार्कीले संसद् पुर्नस्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न भनेकी हुन्। उनले संसद् पुर्नस्थापनाको अडान लिनु राजनीतिक दुर्घटनालाई दोहोर‍्‍याउन खोजेको पुष्टि हुनु रहेको पनि बताइन्। ‘अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ,’ उनले भनिन्, ‘तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ।’ दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने भन्दै उनले मंसिर १० गतेभित्र…

Read More

काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनमा बढ्दो क्रममा रहने महाशाखाले जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई…

Read More

चितवन, ६,असोज – हालै केही सञ्चारमाध्यमहरूले २०८२ साल भदौ २४ गते भरतपुर–शिवनगरस्थित प्रचण्ड निवासमा भएको घटनामा चितवनका युवा उद्यमी सुलभ सिग्देलको नाम संलग्न भएको समाचार प्रसारण/प्रकाशन गरेका थिए। उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले स्पष्ट खण्डन गरेका छन्। सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गर्दै भनेका छन्, “सो घटनामा मेरो कुनै संलग्नता छैन। म सधैं युवाहरू नेपालमै स्वरोजगार बन्नुपर्छ भन्ने विचार बोकेर अघि बढेको मान्छे हुँ। नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले विगत १० वर्षदेखि चितवनमा युवाहरूलाई रोजगारी सिर्जना गर्दै व्यवसाय गर्दै आएको छु। व्यवसायसँगै हरेक महिना सामाजिक काम गर्दै आएको कुरा पनि सर्वविदितै छ। मैले सयौं युवाहरूलाई निःशुल्क सिपमूलक…

Read More

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम गरिएको थियो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

Read More

जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुदा सम्मका लागि चितवन जिल्लाभर कुनै किसिमको भेला, सभा, जुलस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिए। अर्यालले जिल्लामा सरकारी कार्यालयहरुमा भएको क्षति एकिन गरेर रिपोर्ट पेश गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएको पनि जानकारी दिए। ‘धेरैजसो कार्यालयमा तोडफोड र आगजनीले क्षति पुगेको छ। ती…

Read More