Author: admin

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय साहको परिवारमा अहिले खुसीको सीमा छैन। लामो समयसम्म सञ्जय जीवितै छन् भन्ने आशामा बसेका परिवारले केही दिनपछि भने उनको सकुशल उद्धार हुने आशा कमजोर हुँदै गएको बताएको छ । सञ्जयका मामा ऋषिदेव साह काठमाडौंमै थिए । बुधबार शुक्रबार सञ्जयलाई सुरुङबाट जीवितै उद्धार गरिएको खबर उनले सञ्चारमाध्यमबाट थाहा पाए । त्यसपछि घरबाट फोन आएपछि उनी तत्काल छाउनी अस्पताल पुगे । अस्पताल पुगेर सञ्जयलाई प्रत्यक्ष देखेपछि मात्रै आफूलाई उद्धारको खबर साँच्चिकै भएको अनुभूति भएको उनले बताए। नेपाल न्यूज बैंकसँग कुरा गर्दै ऋषिदेवले भने, ‘सञ्जय साह मेरो भान्जा पर्छन् । म…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीले आज बिहानसम्ममा ६ सय १६ जनाको शव फेला परेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २ सय ३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १ सय ५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको जानकारी दिए । ‘यसपछिको तथ्याङ्क भने सङ्कलन भइरहेको छ, खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ,’ उनले भने । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने,…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले विश्व राजनीतिमा देखिएका तनाव र अनिश्चितताका बाबजुद नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको देखाएको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति औसत २.६६ प्रतिशतमा सीमित भई नियन्त्रणमै रहेको र विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी बलियो अवस्थामा रहेको उल्लेख छ। यसैगरी बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता रहेका कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले अर्थतन्त्रलाई थप चलायमान बनाउन घर कर्जाको सीमा ३ करोड रुपैयाँ पुर्‍याएको, व्यक्तिगत ओभरड्राफ्टको सीमा १ करोड कायम…

Read More

भरतपुर, २२ असार ।पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी `एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो । लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए । विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासङ्ग्रह भएको बताए । उनका अनुसार यस सङ्ग्रहका कथाले मनोरञ्जनभन्दा बढी…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको सय दिन पुग्न थालेको छ । १३ चैतमा गठन भएको सरकारले सय दिनमा सय काम गर्ने भनेर १०० शासकीय सुधार कार्ययोजना सार्वजनिक गरेर काम थालेकोमा यो अवधिमा सुशासन र सेवा प्रवाहमा सरकार निर्मम देखिएको छ । निवर्तमान प्रधानमन्त्रीदेखि मन्त्री र वहालवाला कर्मचारीसँग पक्राउ गरी भ्रष्टाचारविरुद्ध तीव्र कारवाही चलाइरहेको छ । २१ असारमा सय दिन पार गर्ने तरखरमा रहेको सरकारले सय बुँदे कार्ययोजनामध्ये ९९ बुँदामा अधिकांश काम सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन प्रतिवेदनमा धेरै काम सम्पन्न भइसकेको, केही प्रक्रियामा रहेको देखिन्छ । …

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ । प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । ‘रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको…

Read More

चितवनमा अक्सफोड कलेजको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १६ विजयनगर चोकमा आज अपरान्ह साइकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराईले बताउनुभयो । उहाँका अनुसार अहिले सो ठाउँको अवस्था तनावग्रस्त छ । दराईका अनुसार चालकले मापसे सेवन गरेर चलाएका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरेका छन । आक्रोशित स्थानियले गाडी तोडफोड गरेका छन । घटनको थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको एसपी गौतम मिश्रले जानकारी दिए । उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो । अनुसन्धानको क्रममा खाता जाँच गर्दा ठूलो रकमको कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरणको पनि अनुसन्धान अघि बढाइएको थियो । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुलसामाथि सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।…

Read More

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताए । बजेटको आकार र लक्ष्य १. आगामी आर्थिक वर्षको कुल बजेटको आकार रू. २१ खर्ब २४ अर्ब ३४ करोड विनियोजन गरिएको छ।२. कुल खर्चमध्ये चालुतर्फ रू. १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८%) विनियोजन।३. पुँजीगततर्फ रू. ४ खर्ब ३१ अर्ब १० करोड (२०.३%) विनियोजन।४. वित्तीय व्यवस्थातर्फ…

Read More

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको सेवाप्रदायक क्षमता, निजी क्षेत्रको आत्मविश्‍वास र नागरिकको भरोसालाई एकैसाथ उकास्ने उद्देश्य समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको बताएका छन्। उनले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै कर प्रसाशन सुधार, कर्मचारीको तलब वृद्धि, डिजिटल प्रशासनलगायतका सुधारको घोषणा गरेका छन्। आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्यसहित अर्थमन्त्री वाग्लेले बजेट सार्वजनिक गरेका छन्। ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्दा महंगी नियन्त्रण गर्ने कुनै योजना नभएकाले सर्वसाधारणलाई बजेटपछि मूल्यवृद्धिको मार पर्ने देखिन्छ। जस्तो कि आर्थिक वृद्धिमा मात्र केन्द्रित हुँदा स्वतः मूल्यवृद्धि हुन्छ। अर्को भनेको नेपालमा सबै आयातित वस्तु तथा सेवा उपयोग हुने हुनाले नेपालले महंगी…

Read More