चितवन , माघ १० – चितवनको भरतपुर–७ स्थित मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ आधिबेशन शनिबार सम्पन्न भएको छ । अधिवेशन बाट माधब रेग्मी अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पृतिमा ठाडा ,सचिबमा बिष्णु बहादुर दुरा ,सह सचिब कल्सिराम गुरुङ ,कोषाध्यक्ष शोभा आले सदस्यहरु भगवती भण्डारी लगायत रहनु भएको छ । त्यसैगरी अधिवेशनले यज्ञप्रसाद शर्मा संयोजक रहेको ३ सदस्यीय लेखा समिती समेत चयन गरेको छ ।
साधारण सभा अधिवेशन कार्यक्रमको प्रमुखअतिथि वडा नम्बर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले र विशिष्ट अतिथि वडा सदस्य मीन बहादुर गुरुङ रहेका थिए । कार्यक्रममा संस्थाका सचिव प्रतिमा ठाडा मगरले संस्थाले हाल सम्म भए गरेका काम र प्रगतिका बारेमा तथा संस्थाका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले आयव्यय तथा खर्च कोषलगायत आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै विभिन्न समयमा वडामा भएका खेलकुद प्रतियोगितामा समावेश भई विजयी खेलाडीहरु तथा टोल विकास संस्थालाई सहयोग पु¥याउने टोलका अगुवाहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी, गत वर्षको प्रवेशिका (एसइई) परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने टोलमा रहेका सदस्यका छोराछोरीलाई सम्मान, टोलमा रहेका जेष्ठ सदस्यहरु लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु संस्थाका संस्थापक अध्यक्ष हितमान गुरूङ, पूर्वअध्यक्षहरु , प्रकाश सापकोटा, केदारनाथ बोहरालगायतले साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
संस्थाका उपाध्यक्ष नवीन रेग्मीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कालीमाया गुरूङ र सञ्चालन सचिव प्रितिमा ठाडाले गरेकी थिइन् । हाल टोल विकास संस्थामा करिव २ सय घरपरिवार आबद्ध रहेका छन् ।

