Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते
- विद्युत प्राधिकरण भरतपुरका प्रमुखमाथि हातपात , कार्यकक्ष तोडफोड
- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
- कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय
- निर्वाचन निषेध गरिएको प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए
- राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी
- अनेरास्ववियु चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ
- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु सापकोटा चयन
Author: Laxman Gautam
अर्घाखाँची , चैत १३ – अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।
चितवन,चैत १२ – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखको कार्यकक्ष तोडफोड गरिनुका साथै केन्द्र प्रमुख राम श्रेष्ठ माथी आक्रमण भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठको कार्यकक्षमा आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३-१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको बिधुतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त बिज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भै रहेको जनाइएको छ ।
चितवन, चैत्र १० –अनेरास्ववियु चितवन चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ चयन भएकी छन् । आज सम्पन्न एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको सम्मेलनले तामाङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा विशाल पोखरेल, सुकृती पराजुली, सचिवमा रक्षा शर्मा, सहसचिवहरुमा अंकित पाठक, अंकित पौडेल र कोषाध्यक्षमा सीजन शर्मा चयन भएकी छन् । सदस्यहरुमा प्रतिज्ञा न्यौपाने, प्रतिभा धामी, जया पाठक, भावना बोहरा र प्रविश कुमार शाह रहेका छन् । अनेरास्ववियु चितवनका सचिव अमित आचार्यको प्रमुख आतिथ्यता एवम् अनेरास्ववियुका नेताहरु सुचना शर्मा, आयुष विप न्यौपाने र सागर न्यौपानेको उपस्थितिमा सर्वसम्मतबाट क्याम्पस कमिटी…
चितवन, चैत्र ९ –राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् ।आज भरतपुरमा सम्पन्न महासंघको चौंथो जिल्ला अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा विष्णुमाया अधिकारी, ज्ञानहरि वाग्ले, सचिवमा संगिता कुँवर अधिकारी, उपसचिवमा सुजन ढकाल र कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा डा. पदम नेपाली, मिना कुँवर, परमात्मा रेग्मी, भक्त गुरुङ्ग, डा. लक्ष्मण पौडेल, सरिता घिमिरे, तुलसी थापा र ऋषिराम पोख्रेल रहेका छन् । अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगाना, एमाले चितवन स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख…
चितवन, चैत ६ – चितवनको नारायणगढ स्थित नारायणी किनारमा भोलि बाट जेसीआई विजनेस एक्स्पो हुने भएको छ । स्वेदशी उद्योगका उत्पादनको प्रचार प्रसार तथा बिक्री वितरण, प्रचार प्रसारका लागि साझा प्लेटफर्म उपलब्ध गराइ बजार प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो हुन लागेको हो ।जेसीआई विजनेस एक्स्पोको जानकारी दिने उदेश्यले आज नेपाल जेसिजले नारायणगढमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चैत १८ गतेसम्म हुने एस्क्प्रोमा उत्पादक र उपभोक्ता बीचको अनुभवन आदान प्रदान, व्यवसायीक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुग्ने अपेक्षा आयोजकले जनाएको छ । एक्स्पोमा नेपाल भरिका जिल्लाहरुका औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि उत्पादन कृषि औजार तथा…
काठमाडौं : बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो। बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रा बरामद गरेको छ । सो कार्यालयका नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको कमान्डको टोलीले काठमाडौंबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रकबाट २५ करोड रुपैयाँबराबर रकम बरामद गरेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले सो ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा कुसाङ लामा रहेका छन् । उनी सो ट्रकका चालक हुन् । प्रहरी स्रोतका अनुसार, बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् । सो ट्रकलाई अहिले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कार्यालय परिसरमा राखिएको छ । उपत्यका अपराध…
चितवन , चैत २ – भरतपुर महानगरपालिका विभिन्न वडामा रहेका भुमिहिन दलित र सुकुम्बासीलाई आइतबार जग्गा धनी दर्ता प्रमाण पत्र (लालपुर्जा )वितरण गरिने भएको छ । सोही कार्यक्रमको जानकारी दिन आज भरतपुर ११ वडा कार्यलयले पत्रकार सम्मेलन गर्दै जग्गा धनी दर्ता प्रमाणपत्र लालपुर्जा वितरण गरिने विषयमा जानकारी दिएको हो । वडाभित्र बसोबास गर्ने ११६ परिवारलाई जग्गा धनी प्रमाण लालपुर्जा वितरण गर्न लागेको वडा अध्यक्ष कमल बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार लालपुर्जा वडाका चार ओटा टोलहरु नवज्योति, शिद्वार्थ, कैलाश र जखडी माईका ११६ परिवारलाई वितरण गर्न लागिएको हो । भोलि बिहान ११ बजे एनपिआइ कलेजमा भरतपुर महानगरपालिकाको आयोजना तथा…
चितवन , फागुन २९ – चितवन माडी नगरपालिका वडा नं–१ स्थित राष्ट्रिय निकुञ्जभित्र ध्रुव पोस्टबाट नजिकै सडकबाट ५० मिटरभित्र जंगलमा बुधबार मध्याह्न १२ः३० बजे गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नं–३१ घर भई नयाँ गोरख गण कसरामा कार्यरत नेपाली सेनाका सिपाही २० वर्षीय अभिमन्यू खाँ चौधरी गस्ती जानेक्रममा बच्चासहितको गैँडाको आक्रमणबाट घाइते भएका हुन् । गैँडाको आक्रमणबाट बाँया खुट्टा, हात, अनुहार र छातीमा भित्री चोट लागेर घाइते चौधरीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
चितवन, २७ फागुन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई आज पुरस्कृत गरिएको हो ।विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८१ का अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट जीपीएसहित कक्षा उत्तीर्ण भएका विद्यार्थी तथा शैक्षिक सत्र २०८१ मा व्यक्तिगत सरसफाइ, अनुशासन एवम् सफा र राम्रो अक्षर लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म जीपीए चार ल्याउने विद्यार्थी तथा कक्षा ६ देखि कक्षा १० सम्म ए प्लस ग्रेड ल्याएर उत्तीर्ण…