Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: Laxman Gautam
चितवन , भदौ २२ – गैंडाकोट–७ स्थित कँडेल परिवारले आमा गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम आयोजना गरेका छन् । सम्पूर्ण किताब नारायणगढसँगको समन्वयमा कँडेल परिवारले सोमबार भरतपुरमा कार्यक्रम आयोजना गरी दिवंगत आमालाई स्मरण गरे । कँडेल परिवारकी काइँली छोरी मोनिका कँडेल पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ नारायण सापकोटा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेमसागर भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा चितवन र नवलपरासीका विभिन्न क्षेत्रका स्रष्टाहरूको उपस्थिति थियो । कार्यक्रममा स्रष्टाहरू प्रकाश चापागाईं, किसान प्रेमी, विकास बराल, मेनका चापागाईं काप्री, दामोदर पौडेल, उपेन्द्र त्रिपाठी, हिमालदेव पंगेनी, बुद्धिसागर पण्डित, सामना…
चितवन, भदौ २२ – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका चितवन माडिका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उहाँ पढेको माडि ८ स्थित जनजिवन माध्यामिक विद्यालय लाइ अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो । स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई सो रकम वराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कक्षा १० सम्म सोहि विद्यालयमा प्रथम हुँदै आएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट विद्यालय प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने…
नुवाकोट। नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् । यो चमत्कारिक घटनाले स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई अचम्मित र खुसी तुल्याएको छ। बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनलाई शनिबार प्रहरीले उद्धार गरेको हो ।नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो। ११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवितै रहन सफल ती महिलालाई तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ।…
काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल प्रविधिमा आधारित नयाँ आई–सोलुसन प्रणाली ‘भिजन नेक्स्ट’ सार्वजनिक गर्दै बीमा सेवालाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने घोषणा गरेको छ। कम्पनीले यही अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखालाई सम्मानसमेत गरेको छ। काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रममा एक हजारभन्दा बढी सहभागीको उपस्थितिबीच कम्पनीले नयाँ प्रणालीको शुभारम्भ गरेको हो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणाली सार्वजनिक गर्दै डिजिटल रूपान्तरण कम्पनीको आगामी रणनीतिक प्राथमिकता रहेको बताएका छन्। कम्पनीका अनुसार ‘भिजन नेक्स्ट’ ले बीमालेख व्यवस्थापन, सेवा प्रवाह,…
चितवन , असार २३ – लगानीकर्ता तथा सेयर बजारप्रति चासो राख्नेहरूका लागि चितवनमा खुसीको खबर आएको छ। इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले आफ्नो नयाँ शाखा कार्यालय चितवनको भरतपुर हाईट होटल सिराईचुली अगाडी सञ्चालनमा आएको छ। उघोग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी,भरतपुर महानगर वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल र इन्दिरा सेक्युरिटिजका अध्यक्ष राकेश शिरिषले संयुक्त रूपमा रिवन काटेर उद्वघाटन गरेका थिए ।चितवनमा तेश्रो शाखा विस्तार विभिन्नहरूलाई सहकार्य गरि सुरू गरेको हो ।नयाँ शाखा सञ्चालनसँगै स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ)…
चितवन, असार २१— चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। घर समेत भत्किएको छ । घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर-२३ का वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातिदेखि मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना दिएका थिए। राती नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी…
चितवन , असार १९ – सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । जीवन बीमा बाँचुञ्जेलका लागि मात्रै होइन मृत्युपछि परिवारको सहारा पनि हो भन्ने चरितार्थ गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले बीमितको मृत्युपछि परिवार लाई बीमा दाबी भुक्तानी गरेको छ ।बिमितको घरमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सका प्रतिनिधिहरुले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।एक बर्ष अगाडी भरतपुर महानगरपालिका बडा नम्बर २२ जगतपुर कि तारामाया गुरुङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता कोपिला गौतम मार्फत एक लाख रुपैया बराबरको बिमाङक राखी बिमा गराएकोमा १० महिनामै बिमित गुरुङको कालगतिले मृत्युु भएपछी कम्पनीका प्रतिनिधि र स्थानीय…
चितवन , जेठ ३१- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखामा रहेका टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम भरतपुरमा सम्पन्न गरेको छन । नारायणगढ शाखामा आवद्ध रहेका टिमहरुले शाखामा विभिन्न क्लब पार गरेका तथा उत्कृष्ट काम गरेका करिव ५० जना एजेन्सी लिडरहरु लाई अवार्ड र प्रशंसा पत्र द्वारा सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार ब्यबस्थापन अधिकृत भूषण रिमाल ,बिशिष्ठ अतिथिहरुमा प्रमुख ब्यबसाय अधिकृत शिवकुमार कार्की , तालिम बिभाग प्रमुख कुबेर पाठक तथा अतिथिहरुमा नारायणगढ शाखा प्रमुख गोकर्ण कार्की र प्रमुख टिम लिडर प्रेम कोइराला रहनु भएको थियो । कार्यक्रममा एल टिम प्रमुख तथा…
तनहुँ, जेठ १९ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु. १२ लाख ३४ हजार हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, दुलेगौंडा शाखा प्रमुख सुनील तिमिल्सिना, अभिकर्ता, शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पौडेलले वर्तमान समयमा प्राकृतिक विपत्ति, दुर्घटना तथा विभिन्न जोखिमहरू बढ्दै गइरहेको अवस्थामा जीवन बीमा प्रत्येक परिवारको आर्थिक सुरक्षाको आधार बनेको बताउनुभयो। उहाँले बीमाले विपत्तिको समयमा परिवारलाई आर्थिक सहारा प्रदान गर्ने…
चितवन , जेठ १३ – चितवनको माडीमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव–२०८३” बारे आज भरतपुरस्थित उद्योग संघ चितवनको सभाहालमा पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको छ ।माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्द्धनमा आगामी जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुन लागेको उक्त उत्सव माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।पत्रकार सम्मेलनका क्रममा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले उत्सवको उद्देश्यबारे प्रकाश पार्दै माडीमा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र संस्कृतिलाई एउटै मञ्चमा जोडेर आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप बलियो…
