चितवनको माडीस्थित अयोध्याधाम राम मन्दिर परिसरमा यही चैत्र २२ गतेदेखि २४ गतेसम्म त्रिदिवसीय राम कथा वाचन एवं भजन किर्तन हुने भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा त्रिदिवसीय पाठपारायण हुन लागेको हो ।
कार्यक्रममा पूजा पाठ, रामकथा वाचन, झाँकी तथा भजन, आरती र प्रसाद वितरण सहितका विभिन्न धार्मिक कार्यक्रम हुने अयाेध्याधाम पुजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले बताउनुभयाे ।
प्रत्येक बर्ष राम नवमीमा सोही स्थानमा समितिले पुजाआजा सहित पाठपारायण गर्दै आइरहेको छ । राम कथा वाचन कार्यक्रममा माडीका चर्चित युवा पण्डित सुदर्शन सुवेदीले वाचन गर्नुहुने जनाइएको छ ।