Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
- रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
- यस्तो बन्यो ‘टिम पोखरेल’
- यस्तो बन्यो ‘टीम ओली’
- एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
- भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
- असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
- एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
- एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
Author: Laxman Gautam
चितवन , जेठ ३ – चितवनको भरतपुर ११ स्थित समझदारी भोजाड सहकारी संस्था द्वारा आफ्ना पुरुष शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण शिविर आज शनिबार सम्पन्न गरेको छ ।५० वर्ष उमेर नाघेका पुरुष शेयर सदस्यहरुलाई लक्षित गर्दै संस्थाको बार्षिक कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य शिविर परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।संस्थामा आबद्ध पुरुष शेयर सदस्यको पोस्टेट र पिसाब सम्बन्धी समस्या लाई समाधान गर्नका लागी मनकामना अस्पतालको प्राबिधिक सहयोगमा शिबिरको आयोजना गरिएको सहकारी संस्थाका स्वास्थ्य उपसमिति संयोजक रेखा भट्टराईले बताउनु भयो । सोही कार्यक्रममा स्वास्थ्य शिबिरको आबश्यकता र औचित्यका बारेमा सहकारी संस्थाका अध्यक्ष खेमलाल सुवेदीले जानकारी दिनु भएको थियो ।मनकामना अस्पतालका प्रो. डा.…
चितवन, जेठ ३ –देशको परिवर्तनको बाहक मदन भण्डारी र आफ्नो पिता जिवराज लाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले बताएका छ्न ।आज चितवनको दासढुङामा भएको ३२ औं मदन आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । स्मृति सभामा भावुक हुँदै उनले भने परिवर्तनकारीहरु समाप्त गर्न षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले हत्या गरिएको हो । उनले अहिले पनि पार्टीमा बिभिन्नखालको आक्रमण हुँदै आएकोले सचेत बन्न आग्रह गर्दै उनले प्रतिक्रियाबादीहरु षड्यन्त्र बाट बच्न आग्रह गरे । आजको स्मृति सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितसँग आफूले बिताएका…
चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालन हुने भएको छ । आज सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको हो।मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।आइएमई…
चितवन , बैशाख २७ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको १४ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । समुहले एक बर्ष भरिमा भए गरेका काम आगामी बर्ष गरिने योजना लाई समाबेश गरि साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी टोल विकास संस्था का उपाध्यक्ष नबिन रेग्मी , विशिष्ट अतिथी टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटाउ , बिशेष अतिथि टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा निवर्तमान अध्यक्ष मिरा श्रेष्ठ लगायत रहनु भएको थियो…
चितवन, बैशाख २५ –नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्ध सहित विविध विषयमा जनप्रतिनिधि एवम् पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छ्न । नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आज शुक्रबार भरतपुरमा प्रशिक्षण दिइएको हो । विशेष गरी स्थानीय निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई लक्ष्ति गरी प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रमुख अतिथी ज्ञावलिले पार्टीको अग्रपंक्तिका सिपाहीहरु भएको उनले बताए । पार्टीबाट निर्वाचित जनप्रतिनिधिका क्रियाकलापले पार्टीलाई ठूलो बनाउने कि सानो बनाउने भन्ने भूमिका खेल्ने उनले बताउदै पार्टीले के गरेको छ भनेर जनताले मुल्यांकन गर्ने आधार भनेको पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामहरु…
चितवन, बैशाख २५ – चितवनमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइने भएको छ ।नेकपा एमाले चितवनको आयोजनामा चितवनबाट स्थानीय, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले उप महासचिव प्रदिप ज्ञवालीको प्रमुख उपस्थिति रहने एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा कार्यक्रम हुन लागेको हो । प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिसहित नेकपा एमाले वार्ड कमिटी र पालिका कमिटीका पदाधिकारी र सम्पूर्ण जिल्ला कमिटीलाई समेत सहभागी गराइँदैछ । सोही अनुसार प्रशिक्षण कार्यक्रममा सहभागि हुन अध्यक्ष पाठकले आह्वान गरेका छन् ।
पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ। जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ। बुधबार मध्यरातमा बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो। हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। पाकिस्तानले आम सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरिएको आरोप लगाएको छ। स्थानीय रिपोर्टअनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको समाचार दैनिक भास्करले लेखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ। पाकिस्तानले हमलामा ८ सर्वसाधारणको मृत्यु र ३५ जना घाइते भएको बताएको छ। साथै पाँच भारतीय लडाकु विमान खसालेको समेत उल्लेख गरेको छ।…
काठमाडौं । वामपन्थी वामपन्थी नेता प्रदीप नेपालको निधन भएको प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो सोमबार आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री पनि बनेका थिए । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।
काठमाडौं : आन्दोलन शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन्। यससँगै ठप्प रहेको स्कुल भोलिदेखि खुल्ने भएका छन्। ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं। आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ। तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार समेत रहेका रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी परिसर ल्याइएको छ । विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सर्वोच्चका एक अधिकारीका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता चौधरी लागि थुनामुक्त गर्न अर्को पत्र तयार भएको बुझिएको छ । पत्र पुग्ना साथ उनी थुनामुक्त हुने छ्न ।
