चितवन, भदौ १४-चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट जादै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डाक्टर बिप्लब भट्टको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Trending
- रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
- यस्तो बन्यो ‘टिम पोखरेल’
- यस्तो बन्यो ‘टीम ओली’
- एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
- भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
- असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
- एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
- एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)

