चितवन , भदौ ६ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी आमा समुहले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको हो ।
आज शुक्रबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले र बिशिष्ठ अतिथिहरुमा भरतपुर महानगर संघ संस्था समन्वय प्रमुख पन्चमाया तामाङ , वडा सदस्य अमृता गौतम , टोल बिकाश संस्थाका अध्यक्ष कालिमाया गुरुङ रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा मर्स्याङदी दाजुभाइ कोषका अध्यक्ष प्रकाश सापकोटा ,बौद्ध गुम्बाका अध्यक्ष कल्सिराम गुरुङ , दुरा समाजका अध्यक्ष बिष्णु दुरा ,पत्रकार लक्ष्मण गौतम लगायत रहनु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ अध्यक्ष काफ्लेले टोलमा रहेका आमा दिदी बहिनिहरु लाई तिजको शुभकामना तथा साधारणसभा सफलताको कामना दिदै टोलमा रहेका आम दिदिबहिनिहरु लाई एक जुट हुदै सामाजिक अभियान सरिक रहन आग्रह गर्नु भयो ।
सोही कार्यक्रमा टोलमा रहेका आमा समुहमा आबद्ध सदस्यहरुका यस बर्षको एसईइ परिक्षामा सफल भएका बिद्यार्थीहरु र अभिभावक लाई सम्मान गरिएको थियो । त्यस्तै शुभकामना कार्यक्रममा मौलिक भाखामा तिज गित समेत गाइएको थियो ।
संस्थाका सचिव चन्द्रकला आचार्यले संचालन गर्नु भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष संगृला आले र अध्यक्षता आमा समुहकी अध्यक्ष कल्पना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा आमा समुहमा आवद्ध रहेका करिव ८० जना महिला आमादिदी बहिनिको सहभागीता रहेको थियो । कार्यक्रममा मर्यस्याङदी आमा समूह महानगरपालिकामा बिधिबत रुपमा दर्ता भएको पहिलो आमा समूह रहेको जानकारी गराइएको थियो ।
Trending
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला

