चितवन , लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको आयोजनामा मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ चितवन युथ अध्यक्ष सुदर्शन पौडेल र लायन्स क्लब अफ चितवन युथ सयपत्रीका अध्यक्ष ज्योती भण्डारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आर का डिष्ट्रिक गभर्नर नवराज सापकोटा प्रमुख अतिथि रहनु भएकौ थियो ।
लायन्स क्लब अफ चितवन युथका सचिव प्रकाश सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा देवघाट स्थित चक्रवती समुदायिक बनमा १०० वटा बृक्ष रोपण गरिएको थियो । सो अवसरमा लायन्स क्लब अफ चितवन युथका तृतीय उपाध्यक्ष एंव कार्यक्रम सयोजक देबीप्रसाद पौडेलले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रम माथी प्रकास पार्नु भएको थियो ।
बृक्षरोपण कार्यक्रम कार्यक्रमको सुरुवात लायन्स क्लब अफ चितवन युथका पुर्व अध्यक्ष कमल पौडेलको कार्यकालमा भएको थियो । कार्यक्रममा लिची, एभोकार्डो, कटहर, कागती, आँप लगायतका फलफुल जन्य बिरुवाहरु रोपिएको लायन्स क्लव अफ चितवन युथका पुर्ब अध्यक्ष शोभाखर अधिकारीले बताउनु भयो ।

