Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»फाइनलको टिकट तीन घण्टामै सोल्डआउट, खल्तीबाट खरिद भएको भीआईपी टिकट रद्द
    Current Affairs

    फाइनलको टिकट तीन घण्टामै सोल्डआउट, खल्तीबाट खरिद भएको भीआईपी टिकट रद्द

    adminBy adminOctober 30, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं। दशरथ रंगशालामा बुधवार साँझ हुने साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको टिकट विक्री खुला भएको तीन घण्टामै सोल्ड आउट भएको छ ।

    बिहान ८ बजेदेखि सुरु भएको विक्री तीन घण्टामै सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    भीआईपीतर्फ एक हजार र साधारणतर्फ १० हजार टिकट विक्री गरिएको छ ।

    त्यसमध्ये खल्तीबाट खरिद भएका ४१ सय टिकटलाई एन्फाले मान्यता दिँदै ४९ सय टिकट मात्र बुधवार विक्री गरेको छ ।

    भीआईपीतर्फ खल्तीबाट विक्री गरिएका टिकट भने रद्द गरेर एन्फाले आफैले विक्री गरेको छ ।

    यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट विक्री गरेको भन्दै एन्फाले ठेकेदार कम्पनीसँग सम्झौता रद्द गरेर आफै विक्री गर्ने निर्णय गरेको थियो।

    त्यसका लागि बुधवार बिहान ८ बजे काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानबाट भौतिकरुपमा उपस्थित भएर टिकट खरिद गर्ने व्यवस्था मिलाइएको थियो।

    ठेकेदार कम्पनीले भने खल्तीसँग सम्झौता गरेर अनलाइनबाट टिकट विक्रीको व्यवस्था गरेको थियो। फाइनलका लागि खल्तीबाट साधारणतर्फ ४१ सय र भीआईपीतर्फ १५ सयभन्दा बढी टिकट विक्री भएको एन्फा प्रवक्ता शाहले बताए।

    ‘रंगशालाको दर्शक क्षमताभन्दा २० प्रतिशत कम टिकट विक्री गर्नुपर्ने व्यवस्था सुरक्षा व्यवस्थापनका कारण गरिएको छ। त्यसैले हामीले १५ हजार दर्शक क्षमताको रंगशालामा ११ हजार टिकट मात्र विक्री गरेका हौँ’, उनले भने।

    प्रवक्ता शाहले भीआईपीका लागि ३ सय र खेलाडीका लागि तीन सय वटा पास व्यवस्था गरिएको पनि बताए।

    यसअघि सेमिफाइनलमा भारत र नेपालबीच भएको खेलमा १९ हजारभन्दा बढी दर्शक रंगशाला छिरेका थिए। २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ।

    एन्फा प्रवक्ता शाहले सम्झौताविपरित धेरै टिकट विक्री गरिएको पाइएकाले माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालीसँगको सम्झौता रद्द गरिएको बताए।

    ‘उहाँहरुले बढी टिकट विक्री गरेका कारण सेमिफाइनलमा धेरै सुरक्षा थ्रेट देखियो। त्यही कारण हामीले सम्झौता रद्ध गरेर हामी आफैले विक्री गरेका हौँ’, उनले भने।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.