चितवन , असार २३ – लगानीकर्ता तथा सेयर बजारप्रति चासो राख्नेहरूका लागि चितवनमा खुसीको खबर आएको छ। इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले आफ्नो नयाँ शाखा कार्यालय चितवनको भरतपुर हाईट होटल सिराईचुली अगाडी सञ्चालनमा आएको छ। उघोग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी,भरतपुर महानगर वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल र इन्दिरा सेक्युरिटिजका अध्यक्ष राकेश शिरिषले संयुक्त रूपमा रिवन काटेर उद्वघाटन गरेका थिए ।चितवनमा तेश्रो शाखा विस्तार विभिन्नहरूलाई सहकार्य गरि सुरू गरेको हो ।
नयाँ शाखा सञ्चालनसँगै स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ) मार्फत सेयर खरिद–बिक्रीसमेत गर्न सक्ने व्यवस्था गरिएको इन्दिरा सेक्युरिटिजका वोर्ड निर्देशक विष्णुकुमार गिरीले बताए ।
कम्पनीका अनुसार सेयर बजारसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले यो शाखा स्थापना गरिएको हो। यसले स्थानीय लगानीकर्ताहरूलाई काठमाडौं धाउनुपर्ने झन्झट हटाउँदै आफ्नै क्षेत्रमा बसेर सेवा लिन सक्ने सुविधा प्रदान गर्नेछ।
सेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा पहिलेदेखि नै सक्रिय लगानीकर्ताहरूका लागि यो शाखा महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ।
काठमाडौंको सुन्धारबाट सुरू यो इन्दिरा सेक्युरिटिजको अहिले सम्म उपत्यक बाहिर ३ शाखा विस्तार गरेको छ । नेपालमा ९३ वटा ब्रोकर रहेका छन् ।
Trending
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

