चितवन , असार १९ – सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । जीवन बीमा बाँचुञ्जेलका लागि मात्रै होइन मृत्युपछि परिवारको सहारा पनि हो भन्ने चरितार्थ गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले बीमितको मृत्युपछि परिवार लाई बीमा दाबी भुक्तानी गरेको छ ।
बिमितको घरमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सका प्रतिनिधिहरुले बीमा वापतको दाबी रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको हो ।
एक बर्ष अगाडी भरतपुर महानगरपालिका बडा नम्बर २२ जगतपुर कि तारामाया गुरुङले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता कोपिला गौतम मार्फत एक लाख रुपैया बराबरको बिमाङक राखी बिमा गराएकोमा १० महिनामै बिमित गुरुङको कालगतिले मृत्युु भएपछी कम्पनीका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा बिमितका श्रीमान बुद्धि बहादुर गुरुङ लाई मृत्यु दाबी भुक्तानीको रकम हस्तान्तरण गरिएको हो ।
बिमित स्व. गुरुङले बार्षिक रुपमा बुझाउने पहिलो किस्ता ( पृमियम ) ९ हजार ७ सय बुझाउनु भएकोमा हाल कम्पनिले १ लाख १९ हजार ३ सय ८० रुपैया हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का बडा अध्यक्ष बिष्णुराज महत्तो , बडा सदस्य सुर्य बहादुर गुरुङ ,मैना देबि आचार्य बराल , भरतपुर २२ स्थित जङल भिल्ला टोल बिकास संस्थाका अध्यक्ष बिमल क्षेत्री , त्रिबेणि आमा बुवा समुहका अध्यक्ष टेक बहादुर गुरुङ लगायत स्थानिय अगुवाहरुको सहभागीता रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष महतोले जीवन बिमा हरेक नागरिक लाई अपरिहार्य भएको र यसका फाइदाका बिषयमा हाल सम्म पनि ग्रामीण बस्तिमा पहुच पुग्न नसकेको बताउदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सुख र सुखको साथी बनेको बताउनु भयो । उहाले बिमा गर्दा कहिले घाटा नहुने र सुरक्षाको समेत प्रत्याभूति हुने भएकाले सबै नागरिक बिमामा जोडिन आबश्यक रहेको बताउनु भयो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाका सिनियर एजेन्सी म्यानेजर तथा एमडिआरटी लक्ष्मण गौतमले सन्चालन गर्नु भएको कार्यक्रममा कम्पनीका प्रतिनिधीहरु सिनियर एजेन्सी म्यानेजर द्वय प्रेम बहादुर अछामी , लक्ष्मि लामिछाने तथा एजेन्सी म्यानेजर कोपिला गौतम , बिष्णुमाया तिवारी लगायतको सहभागिता रहेको थियो ।

