Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन

    December 4, 2025

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    • सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा
    • माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
    • चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    • माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
    • अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
    • चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    • माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»बैंकमा तरलता फालाफाल, कर्जाको माग भने कमजोर
    Banking

    बैंकमा तरलता फालाफाल, कर्जाको माग भने कमजोर

    adminBy adminSeptember 19, 2024No Comments16 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तता चिरिन थालेको सरकारले बताउँदै आए पनि तथ्यांकले त्यस्तो नदेखाएको पाइएको छ। पछिल्लो समय ब्याजदर घट्दै गए पनि बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग उल्लेख्य रुपमा बढेको छैन। जसका कारण बैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६५ खर्ब ५ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह ५७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप संकलन र कर्जा प्रवाहबीचको फरक ७ खर्ब २७ अर्ब रुपैयाँ छ ।


    बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर ऋण प्रवाह गर्न पाउँछन् । हालसम्म वाणिज्य बैंकहरुबाट मात्रै ४६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ। अन्य बैंक तथा वित्तीय संस्थाबाट भने ५ खर्ब ९९ अर्ब रुपियाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। तर, कर्जाको माग निकै कम हुँदा कर्जा विस्तारमा बैंकहरु कमजोर देखिएका छन् । यसले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना गरेको छ ।

    तथ्यांकअनुसार वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ५७ खर्ब ७८ अर्ब रुपैयाँ छ भने ऋण लगानी ४६ खर्ब १६ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप संकलन ७ खर्ब २७ अर्ब रुपैयाँ छ भने कुल ऋण लगानी ६ खर्ब रुपैयाँ छ । यसरी बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.७९ प्रतिशत कायम भएको छ।

    बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी ऋण लगानी गर्न पाउँछन्। त्योअनुसार अझै बैंकहरुले निक्षेपको करिब ११ प्रतिशत रकम ऋण लगानी गर्न पाउँछन्। तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेको छैन।

    चालु आर्थिक वर्षमा मुद्रास्फीति नियन्त्रणमा रहे पनि उपभोग नबढ्दा त्यसको असर कर्जा लगानीतर्फ परेको हो। कर्जाको माग नहुँदा ब्याजदर पनि सस्तिँदै गएको छ। अहिले एकल अंक ब्याजदरमा सजिलै कर्जा पाउन सकिने अवस्था छ । तर, ब्याजदर सस्तिँदा वास्तविक क्षेत्रमा भन्दा सजिलै पैसा बनाउन सकिने भएपछि लगानीकर्ताले सेयर बजारमा पैसा लगानी बढाइरहेका छन्।

    पछिल्लो समय अपेक्षाकृत रुपमा कर्जाको माग हुन नसकेको बैंकरहरुले पनि बताउँदै आएका छन्। चाडपर्वमा पनि विगतको जस्तो उत्साह बजारमा देखिएको छैन। जसले पनि अहिले बजारमा कर्जाको माग नदिखएको उनीहरुले बताउँदै आएका छन्।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा साढे १२ प्रतिशतले बढाउने लक्ष्य लिएको छ। विगतमा पनि यो लक्ष्य पूरा हुने नगरेकोमा चालु आर्थिक वर्षमा पनि अहिलेसम्मको अवस्थाले लक्ष्य पूरा हुन कठीन देखिने जानकारहरु बताउँछन्।

    बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति हुँदा केन्द्रीय बैंकलाई भने सकस परेको छ । अधिक तरलतालाई वाञ्छित सीमामा राख्न र लगानीयोग्य रकमको दुरुपयोग रोक्न आर्थिक वर्षको सुरुदेखि नै मौद्रिक उपकरणहरुको प्रयोग गरी तरलता प्रशोचन गर्दै आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,589

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025465
    Don't Miss
    Current Affairs
    Current Affairs

    आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन

    By adminDecember 4, 2025

    रेशम सापकोटाभारतपुर १८ मंसिर – आफ्नो जन्म उत्सवको अवसरलाई सामाजिक जिम्मेवारीसँग जोड्दै विपिन पाठकले आज…

    सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा

    December 2, 2025

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.