Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»एकमहीनामा उत्पादन तथा प्रशोधन समूहको सूचक १४ प्रतिशत घट्दा विकास बैंकको १ प्रतिशत मात्रै घट्यो
    Stock Market

    एकमहीनामा उत्पादन तथा प्रशोधन समूहको सूचक १४ प्रतिशत घट्दा विकास बैंकको १ प्रतिशत मात्रै घट्यो

    adminBy adminSeptember 14, 2024No Comments16 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं ।  पछिल्लो एक महीना अवधिमा नेप्सेमा कारोबारमा आउने १३ समूहगत सूचक सबै घटेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको सूचक १४ दशमलव ०६ प्रतिशत घटेको छ भने कम घट्नेमा विकास बैंक समूहको सूचक १ दशमलव ०६ प्रतिशत मात्रै घटेको छ ।

    साउन २७ गते उत्पादन तथा प्रशोधन समूहको सूचक ८ हजार ३२८ दशमलव ६ विन्दुमा रहेकोमा भदौ २७ गते हिजो घटेर ७ हजार १५५ दशमलव ३४ विन्दुमा झरेको छ । त्यस्तै विकास बैंक समूहको सूचक भने साउन २७ गते ५ हजार ४२९ दशमलव २५ विन्दुमा रहेकोमा हिजो अर्थात भदौ २७ गते ५ हजार ३७१ दशमलव ४७ विन्दुमा कायम छ । 

    त्यस्तै म्युचुअल फण्ड समूहको १ दशमलव १० प्रतिशत घटेको छ भने वित्त समूहको सूचक १ दशमलव ३६ प्रतिशत घटेको हो । 

    पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूको शेयरमा पर्ने गर्दछन् । शेयर सख्या कम भएसँगै आपूर्ति कम हुनेले पनि लगानीकर्ताको रोजाईमा ती समूहका कम्पनीको शेयरमा परेको देखियो । त्यस्तै बैंक समूहको सूचक पनि एक महीना अवधिमा जम्मा २ दशमलव

    ७६ मात्रै घटेको छ । यस समूहको सूचक साउन २७ गते १ हजार ५३० रहेकोमा भदौ २७ गते १ हजार ४८८ दशमलव ६९ विन्दुमा कायम भएको छ । 

    पछिल्लो समय ३ हजार विन्दुमा पुगेको नेप्से अहिले २६८८ विन्दुमा रहेको छ । पछिल्लो ६ कारोबार दिनमा २ सय अंक घटेर हिजो अर्थात बिहीवार नेप्से ७८ अंक बढेर बन्द भएको छ । असार १६ गते पछि बजार निरन्तर बढेर साउन ३१ गते नेप्से ३ हजार विन्दुमा माथि पुगेको थियो । त्यसपछि बढेको बजारमा प्रोफिट बुक भएसँगै बजारमा विक्रेता हाबी भए ।

    करेक्सन पछि बजार २६ सय विन्दुबाट फर्किएको प्रावधिक विश्लेषक बताउँछन् ।   यसोत पछिल्लो केही समय देखि सरकार र नियामक निकायहरू शेयर बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । राष्ट्र बैंकले पछिल्ला दिनहरूमा क्रमशः खुकुलो नीति लिंदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरू परिमार्जन भएका छन् । 

    त्यस्तै बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । बैंकिङ प्रणालीमा प्रचुरमात्रामा लगानी गर्न सक्ने तरलता रहेको छ भन संस्थागत लगानीकर्तालाई पनि कर्जाको सीमा खारेज भएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,152

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024575

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025471
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.