Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 
    • ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल
    • साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न
    • देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व
    • सेतो पहिरोस्थित कालभैरव मन्दिरमा चारदिने विशेष पूजा सम्पन्न
    • देवघाटधाम संरक्षण प्रतिष्ठानमा नयाँ २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
    • लायन्स क्लब चितवन राइजद्वारा एकै दिन चार सामाजिक सेवा कार्यक्रम सम्पन्न
    • आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»स्मार्ट बन्यो मौलिक तीज
    Special

    स्मार्ट बन्यो मौलिक तीज

    adminBy adminSeptember 6, 2024No Comments12 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रर्मीला कार्की/नेपाल न्यूज बैंक
    केही साता वितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक संजाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्वीरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्विर र मोबाइलबाटै अपलोड भएका भिडियोको म्यासेज बक्समा ‘ह्याप्पी तीज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओहिरो छ । छिनछिनमा अपडेट भइरहने तीजका तस्विर र भिडियोले हिन्दु धर्मावलम्वीका पर्वहरु अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृश्य झल्किन्छ ।

    सामाजिक संजालको वालमा मात्र नभइ समग्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजले सबैतिर रौनक छाएको छ । सामाजिक संजालमा पोष्ट भएका तस्विर र भिडियोले तीज मनाउनैपर्ने बाध्यता त थपिदिएको छ नै त्यो भन्दा पनि मोबाइलबाटै क्लिक भएका सेल्फी पोज अनि तस्बिरहरु अपलोड भएन भने तीज खल्लो हुने र ‘मेमोरियल’ हुनै नसक्ने भइसकेको छ । तीज आउनु दुई महिना पहिलेदेखि युट्युब आइसकेका तीजे भाकाले त झनै तीजको माहोल नै तताइसकेको छ । परम्परालाई नियाल्ने हो भने साउन महिनाभरी बस्ने भगवान शिवको बर्तसँगै हातमा लगाइने हरिया रंङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तीज आएको प्रष्ट पार्छ । गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तीजको भाकाले हिन्दु नारीहरुलाई प्रफूल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरुका लागी तीज एक उल्लासको पर्व हुने गर्छ । किनकी कतिपय महिलाहरुले माइतीघर जानका लागी तीज नै पर्खनु पर्ने बाध्यता छ ।

    आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माइती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरुको माइत पुग्ने ठूलो अवसरका रुपमा तीजलाई लिने गर्छन । माइतघर पुगेका चेलीहरु धार्मिक विधी अनुसार आफन्त र साथीसंगी मिलेर पंचमी पूजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुनत तीज हिन्दु नारीहरुको पौराणीक पर्वका रुपमा मानिदै आएको छ । तर पौराणिक पर्वले विस्तारै रुप–रंग बदल्दै गइरहेको छ । धार्मिक विधि फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरिकामा परिवर्तन आउन थालेको छ । वास्तवमा तीज ‘स्मार्ट’ र ‘मोर्डन’ बन्दै गइरहेको छ ।

    अनि ग्ल्यामरस साडी
    नेपाल र नेपालीहरुको पहिचान भनेको चौबन्दी चोलो र फरिया अनि दौरा सुरुवाल र ढाका टोपी हो । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरुको लाज ढाक्ने उपयुक्त पहिरनको रुपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर पछिल्लो समयमा साडी पहिरन गर्ने तरिका बदलिन थालेको छ । कुनै बेला टे«डिसनल आउटफिट साडी यतिबेला ग्ल्याम्मरस बन्न थालेको छ । तीजका बेला आधुनिक महिलाहरुले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडी प्रतिको मोह घटदै गएको पाइन्छ।

    बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुल्ला नभएको व्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घटन थालेको भान हुन्छ । साडी लगाउँदा नाभि र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरुलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिबार्य मानिन्छ । तर पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरुले साउन महिनामा हरियो, तीज र दशैंमा रातो साडी लगाउने गर्छन । हुनत हिन्दु नारीहरुको सौन्दर्यको प्रतिकका रुपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरुलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । यस्ता साडी पहिरिएर तीजे भाका नाचिएन र तस्विर फेसबुकमा पोष्ट गरिएन भने पाखेको संज्ञा पाइन्छ भन्ने त्रास छ ।

    अस्सीको दशकमा बलिउडका नायिकाहरुले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ शहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरु साडी पहिरनका मामला ट्रेड सेन्टरकै रुपमा गनिन्छन । बलिउडमा ५० को दशकदेखि साडीको रंग रुप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ । ५० को दशकमा बैजयन्ती माला, माला सिन्हा लगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ ।

    तीजका भाकामा आधारित कतिपय म्यूजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरुलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तीजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरुलाई सहज बनाएको छ । टे«डिसनल साडीहरु पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्ल्याम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरु साथै बनारसी साडी नेपाली महिलाहरुका रोजाइ हुन । त्यस वाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरुका लागी छनोटमा पर्छन । हिन्दु महिलाहरुले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । तीजमा सजिएका कतिपय नारीहरुले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रुपमा स्विकारेको पाइन्छ । युवतीहरु भन्दा पनि उमेर ढल्केका महिलाहरुले साडी लगाउने तरीकालाई परिवर्तन गर्दै लगिरहेका छन । वयस्क महिलाहरु साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् ।

    लेहेंगा र कुर्तामा स्मार्ट
    लेहेंङा र कुर्ता पहिरिएकी नारी हिजोआज स्मार्ट मानिन्छिन । तीज वा अन्य चाडपर्व आएपछि यसको ब्यापार चम्किन्छ । व्यापारसँगै नेपाली महिलाहरु पनि चम्किन्छन् । मोर्डन लेहेंगा र कुर्ता लगाउने प्रतिस्पर्धा नै चल्छ । प्रायजसो तीजका बेला यसको व्यापार धेरै हुन्छ । तीजलाई लक्षित गरी भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, चीन लगायतका देशबाट मंहगा कुर्ता तथा लेहेंगाहरु नेपाली बजारमा भित्रिने गर्छन । तीज मात्र नभई दशै तिहारका बेला बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सुरुवाल र लेङ्गाको माग अत्याधिक बढ्छ ।

    दुई दिनको पर्व महिना दिनसम्म
    उहिले गाउँघरमा माइत आएका साथीसंगीहरु मिलेर पाटी पौवा र चौतारोमा भेला भएर तीजे भाका गीत गाउँदै दर खाने प्रचलन थियो । मादल र ताली पड्काएर भजन र सिलोकमा रमाइलो गर्ने गरिन्थ्यो । यद्यपी, कतिपय गाउँहरुमा यस्तो चलन जीवीतै छ । पौराणिक कालदेखि चलिआएको परम्परालाई जोगाउने प्रयास गरिन्थ्यो । माइत आएका चेलीहरु चाँडै आफ्नै घर नपुगे श्रीमानको हप्की सहनुपर्ने वाध्यता थियो । तर समयानुकुल केही वर्षयता तीज एक महिनासम्मै मनाउने प्रचलन बढेको छ । रेष्टुरेन्ट, डिस्कोबार, पार्टी प्यालेसहरुमा दर खुवाउने होडबाजी हुने गरेको छ । राता साडी र गरगहनाको होडबाजी गर्न मंहगा स्थानमा दर खुवाउने प्रचलन बढन थालेको छ । एक दिन माईतीमा आएर खाइने दर महिनौं अघिदेखि खान र खुवाउन थालिएको छ । विभिन्न संघसंस्था र संगठनका महिलाले तीजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । विशेष गरेर शहरी क्षेत्रमा दिनहु जसो पार्टी प्यालेस, होटलदेखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै धेरै रकम खर्च गर्ने प्रचलन बढेको छ । जसका कारण तीज महंगो र भद्दा बन्दै गइरहेको छ ।

    मोर्डन भाका
    तीजमा गाउने गीतको आफनै महत्व र विशेषता छ । धार्मिक र पौराणीक शब्दहरुको संयोजनमा तयार भएका तीजे भाकाले धेरैलाई प्रफूल्लित पार्छ । उहीले तीजमा महिलाले मात्र गीत गाउने प्रचलन थियो । महिला मात्रै नाच्ने गर्थे । गीतमा गाँउ–ठाउँका घटना, चेलीबेटीका दुखपीडा र ब्यथा, मुलुकका घटनाक्रम समेटिन्थे । तर हिजोआज पुरुषले पनि तीजका गीत गाँउन थालेका छन । अन्य दोहोरी गीतमा जस्तै केटाकेटी कम्मर मर्काइ मर्काइ नाच्ने प्रचलन बढेको छ । दोहोरी गीतमा जस्तै केटाकेटीले मायाप्रिती गीत गाँउछन् । केटा र केटी नारिएर नाच्ने प्रचलन बढ्दै गइरहेको छ । अहिलेको प्राय तीजका गीतमा तीजका लय नै भेटिदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गीतमा पुरुषको स्वर भएपनि चेलिबेटी लिन जाने, माइतीसँगको सम्बन्ध, आमाबुबाको सम्झनाका कुरासँग संवादको रुपमा प्रयोग हुन्थ्यो ।

    पहिलेको गीतमा चेलिबेटीका मर्मस्पर्षी भावना समेटिएको हुन्थ्यो, तर आजभोलि यस्तो गाउन छाडिएको छ । पुराना तीजका गितमा पराईघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोली हराउँदै गएका छन् । तीजको गीतमा घटनाप्रधान र सृजनात्मक अभिब्यक्ति हुनुपर्ने मान्यता राखिए पनि यस्तो पाउन छाडिएको छ । सांगीतिक बजारमा निस्कीएका तीजका गीत खर्चिलो र भड्किलो हुन थालेका छन । सन्देश दिने खालका तीजका गीत सांगीतिक बजारमा न्युन संख्यामा आउने गरेको छ । तीजका गीतहरु समयानुकुल परिवर्तन भइरहेका छन् ।

    महिला अधिकारका कुरा
    तीज पर्वमा गाउँको चुल्होदेखि तारे होटलको किचेनसम्म महिला अधिकारको कुराले स्थान जमाउन थालेको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतीक जागरणले महिलाहरुले देशको हरेक तह तप्कामा अधिकारको खोजी गर्ने अवसर पनि तीज बनेको छ । तीजमा आयोजना गरिने दर खाने कार्यक्रमहरुमा धेरैजसो महिलाअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधीहरुले चर्को भाषण गरेर अधिकार र अवसरका कुरा गर्ने गरेका छन् । उहिले तीज मनाउँदा उल्लास र उमंग कसरी बनाउने र धार्मिक तथा पौराणीक पक्षलाई कसरी पालना गर्ने भन्ने विषयले प्राथमिकता पाउँथ्यो । तर समयक्रमसँगै लैङ्गिक अर्थात महिला हिंसाका विरुद्ध आवाज सुनाउने अवसरका रुपमा पनि तीजलाई लिन थालिएको छ । यसबर्ष तीजलाई बलात्कार विरुद्धको अभियानका रुपमा मनाईदैछ ।

    दर खुवाउने राजनीति
    नेपालका सबै राजनीतिक पार्टीका महिला विभागहरु छन् । ती विभागले तीजमा दरखाने कार्यक्रम राख्ने बार्षीक कार्यतालिकामै समावेश गर्छन । चन्दा उठाउँछन, टिकट विक्री गर्छन र दरखाने कार्यक्रम आयोजना गर्छन् । वास्तवमा राजनीतिक दलहरुलाई तीज पर्व संगठनको गतिविधि गर्ने दरिलो प्लेटफर्म बनेको छ । राजनीतिक बहसको चौतारी जस्तै बन्न थालेको छ तीज । सामाजिक महत्व बोकेको यो पर्वलाई अहिले महिलाहरूको विचार र भावनामा परिवर्तन ल्याउने मात्र होइन संवेदना जागृत गराउने अवसरका रूपमा पनि लिन थालिएको छन् ।

    भावना साटासाट तथा रमाइलो भेटघाटका रूपमा लिइने तीजलाई अब सामाजिक एवं राजननीकि जागरण ल्याउने अवसरका रूपमा प्रयोग गर्ने क्रम बढेको छ । यति बेला विभिन्न महिलावादी संघ, संगठन तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रमको तयारी गरिरहेका छ । पीडा बिर्साउने वा चेली–माइतीबीच भेटघाट गराउने सांस्कृतिक पर्व तीजलाई राजनीतिक भाषण गर्ने थलोका रूपमा विकास गरिँदै लागिएकोमा कतिपय मानिसहरु खुसी नभए पनि धेरैले यसलाई राजनीतिक जागरणको अवसरका रूपमा हेरेका छन् । त्यति मात्र नभएर राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अधिकारको वकालत गर्ने अवसरका रूपमा पनि तीजको सदुपयोग गरेको बताइरहेका छन् । तीजलाई धार्मिक तथा सांस्कृतिक मान्यता स्थापित गर्ने मात्र नभै राजनीतिक जागरण सिर्जना गर्ने अवसरका रूपमा लिइए पनि राजनीतिक अखडाका रुपमा बुझ्नेहरु पनि छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    December 15, 2025

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,590

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025468
    Don't Miss
    Current Affairs
    Current Affairs

    अध्यक्षमा उम्मेदवारी दिएपछि पोखरेल: पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वमा चल्नुपर्छ 

    By adminDecember 15, 2025

    नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको…

    ओलीको ‘टीम फर्मेसन’मा समस्या, प्रदीप ज्ञवालीको ‘मौन विद्रोह’ले एमालेमा हलचल

    December 15, 2025

    साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन सम्पन्न

    December 13, 2025

    देवघाटधाम जेसीमा सुवेदीको नेतृत्व

    December 13, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.