Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Trending»चुनावी बहसमा बाइडेनको कमजोर प्रस्तुतीबारे के भन्छन् अमेरिकी अर्बपतिहरु ?
    Trending

    चुनावी बहसमा बाइडेनको कमजोर प्रस्तुतीबारे के भन्छन् अमेरिकी अर्बपतिहरु ?

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी चुनावी प्रतिस्पर्धाका लागि अपेक्षा गरेभन्दा कमजोर प्रस्तुती दिएपछि उनकै समर्थक अर्बपतिहरुले उम्मेदवार बनाउन नहुने गुनासो गर्न थालेका छन् ।
    adminBy adminJuly 1, 2024No Comments6 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत बिहीबार राष्ट्रपतीय बहसको क्रममा दुबै नेताहरुबीच चर्काचर्की भयो ।

    तर बहसको क्रममा डेमोक्रेटको तर्फबाट दोस्रो पटक राष्ट्रपतिको तयारी गरिरहेका बाइडेनको प्रस्तुतीले उनका समर्थक, शुभचिन्तक तथा सहयोगी चन्दादाताहरुलाई निराश बनाएको विभिन्न रिपोर्ट सार्वजनिक हुन थालेका छन् । तीमध्ये केही अर्बपतिहरु पनि रहेको बताइन्छ । डेमोक्रेट समर्थक व्यवसायीहरुले प्रश्न गर्न थालेका छन्, ‘के बाइडेनको सट्टामा अरु कुनै नेताले ट्रम्पलाई चुनौती दिन सक्दैनन् ?’

    फोर्ब्सको सूचीमा समेत परेका अर्बपति लगानीकर्ता मार्क कुबनले बाइडेनको सट्टामा अरु कोही नेतालाई अगाडि सार्न सकिन्छ कि भनेर आन्तरिक रुपमा चुनाव गराउनुपर्ने धारणा राखेका छन् । कुबन यस्ता व्यवसायी हुन् जसले गत मार्चमा बाइडेनका लागि फन्ड रेजिङ अभियनको नेतृत्व गरेका थिए । तर गत बिहीबार बाइडेनको प्रस्तुतीबाट निराश भएर अर्को सम्भावित उम्मेदवार खडा गर्नुपर्ने संकेत गरेका हुन् ।

    ट्रम्प कतिपय मुद्दामा कमजोर हुँदाहुँदै पनि र थुप्रै झुटो तथ्यांकका बावजुद बाइडेनले आफ्नो तर्क बलियो रुपमा प्रस्तुत गर्न नसकेको उनका समर्थकहरुको गुनासो छ । यस्तै अर्का व्यवसायी निक्की हेलीले बाइडेनलाई तत्कालै अगाडि बढाउने वा उनलाई उम्मेदवारको रुपमा परिवर्तन गर्ने विषयमा बिचार गर्नुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जाल एक्समा लेख्दै कुबनले बाइडेनको प्रस्तुती कमजोर र भयंकर भएको भन्दै गुनासो गरेका थिए । ट्रम्पले कतिपय प्रश्नको जवाफ दिन नसक्दा र झुटो तथ्यांक दिँदा पनि बाइडेन हाबी हुन नसकेको उनको गुनासो छ ।

    यस्तै अर्का अर्बपति रेड हफम्यान । जो बाइडेनको सबैभन्दा ठूलो चन्दादाता र समर्थकमध्ये एक हुन् । उनले भने बाइडेनलाई उम्मेदवारको रुपमा फिर्ता गर्नुपर्ने बिचार घातक हुने प्रतिक्रिया दिएका छन् । बाइडेनको बिहीबारको प्रस्तुतीपछि उनलाई फिर्ता बोलाउँदा त्यसले बाइडेनप्रति आशंका गर्नेहरुलाई नै फाइदा हुने तर्क गरेका छन् । साथै यसले आफूहरुलाई नै असर पार्ने बताएका छन् । र बाइडेनले आफ्नो कार्यकालमा देखाएको आर्थिक विकासका कारण अहिले पनि जित्ने हफम्यानको तर्क छ । हफम्यान त्यस्ता उद्यमी हुन् जसले बाइडेनको समर्थन गर्दै १७.७ मिलियन डलर चन्दा दिइसकेका छन् । यसैबीच एनएफएलको ट्याम्पाका हिस्सेदार मालिक तथा अर्बपति अरबाम ग्राजरले बाइडेनको लागि प्रचार अभियानमा चन्दा दिनबाट पछि हटेका छैनन् ।

    यस्तै सिलिकन भ्याली समूहका एक हिस्सेदर रहेका अर्बपति लरेन्स पवेल जब्सले भने बाइडेनको बहस प्रदर्शनको विषयमा चिन्ता व्यक्त गरेका छन् । यद्यपि उनले बाइडेनलाई फिर्ता बोलाउने वा अगाडि बढाउने भन्ने विषयमा सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन् ।

    अर्बपति बिल एकम्यानले पनि बाइडेनको बहस प्रदर्शनको आलवचना गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् उनले बाइडेनको अस्थिर प्रदर्शनको सन्दर्भमा त्यसले डेमोक्रेटिक पार्टीका सदस्य र देशलाई गुमराहमा पारेको आरोप लगाए । साथै उनले प्रेसिडेन्सियल डिबेटको क्रममा महत्त्वपूर्ण मुद्दामा ट्रम्प सशक्त र सही सावित भएको तर्क गरेका छन् । ‘ट्रम्पलाई थाहा छ कि उनी जित्नेवाला छन् । र सबैलाई यस्तै भान भइरहेको छ,’ एकम्यानले टिप्पणी गरेका छन् ।

    यस्तै टेस्लाका मालिक अर्बपति एलन मस्कले शुक्रबार बाइडेनप्रति व्यंग्य गर्दै एक्समा एक महिना पुरानो भिडियो सार्वजनिक गरेका छन् । जहाँ बाइडेनलाई सक्षमताभन्दा धेरै पर रहेको भन्दै टिप्पणी गरिएको छ । बाइडेनको कमजोर बहसले उनको चुनावी अभियानको कोष संकलनमा असर पर्ने समेत टिप्पणी हुन थालेको छ । कतिपय डेमोक्रेट समर्थक उद्यमीहरुले बाइडेनले उम्मेदवारी छोड्नुपर्ने समेत तर्क गरेका छन् । बाइडेनबाट आशा गर्न नसकिने उनीहरुको चिन्ता छ ।

    बाइडेनको सट्टामा डेमोक्रेटिकबाट को बन्नसक्छ उम्मेदवार ?

    डेमोक्रेटका कतिपय समर्थकहरुले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको रुपमा अगाडि सार्नुपर्ने पनि तर्क गर्न थालेका छन् । कमलासँगै क्यालिफोर्निया सरकारका गभर्नर गेभिन न्युजम, इलिनोइज गभर्नर जेबी प्रिजकर, कोलोराडोका गभर्नर जेर्ड पोलिस, मिचिगनका गभर्नर ग्रेचेन ह्विटमर र पेन्सिलभेनियाका गभर्नर जोस शेपिरोको नाम सम्भावित उम्मेदवारको रुपमा लिन थालिएको छ । यति हुँदा हुँदै पनि डेमोक्रेटिकभित्र बाइडेनलाई आगामी राष्ट्रपतिको दौडबाट कसैले रोक्ने संकेत देखिँदैन । र डेमोक्रेटिकभित्र कुनै पनि नेता बाइडेनलाई चुनौती दिन अगाडि सरेका छैनन् ।

    बिहीबारको बहसमा ट्रम्पले थुप्रै झुटो तथ्यांक दाबी गरिरहँदा पनि बाइडेनले त्यसको कडा रुपमा प्रतिवाद गर्न सकिरहेका थिएनन् । यससँगै गर्भपतनको मुद्दामा ट्रम्पले कडा आरोप लगाउँदा पनि बाइडेन भने निकै फितलो रुपमा प्रस्तुत भए ।

    ‘हस मनी’ मुद्दामा अदालतबाट दोषी ठहर भएको एक महिना नपुग्दै ट्रम्प उच्च मनोवलसहित बाइडेनसँग बहसमा उत्रिएका थिए । यससँगै अमेरिकाको इतिहासमै बाइडेन त्यति कमजोर राष्ट्रपति हुन्, जो आफ्नै निवर्तमान राष्ट्रपतिसँग फेरि चुनावी प्रतिस्पर्धा गर्न बाध्य भएका छन् । ट्रम्पलाई बाइडेनले नैतिकताको प्रश्न गरिरहँदा ट्रम्पका समर्थकहरुले भने बाइडेनको ८१ वर्षको उमेरलाई मुद्दा बनाउन थालेका छन् ।

    यसबीचमा अर्थतन्त्रको सवालमा कोरोना महामारीको सुरुवाती झट्का ब्यहोरेका ट्रम्पसँगको तुलना गर्दा बाइडेनले रोजगारी सिर्जना र महंगी नियन्त्रण जस्ता विषय सुधार गर्न सकेका छैनन् । बाइडेनको कार्यकालमा ट्रम्पको तुलनामा अत्यधिक मात्रामा महंगी र मुद्रास्फीति बढेको छ । मध्यमवर्गीय कामदारहरुको आय वृद्धि गर्न नसक्नुमा बाइडेनलाई नै जवाफदेही बनाइएको छ । यसका बावजुद पछिल्लो बहसमा बाइडेनले ट्रम्पका झुटा तथ्यांकविरुद्ध स्पष्ट रुपमा आफ्ना कुरा प्रस्तुत गर्न सकेनन् ।

    ट्रम्पले अर्थतन्त्रको मुद्दालाई लिएर पटकपटक बाइडेनलाई दबाब दिइरहँदा बाइडेनले ट्रम्पलाई टक्कर दिन सकेनन् । अन्तत: यो बहसको समीक्षा गर्दै अमेरिकी विश्लेषकहरुले बाइडेनको उमेरका कारण पनि उनी बहसमा कमजोर देखिएको विश्लेषण गरेका छन् । यसले बाइडेनलाई उम्मेदवारको रुपमा फिर्ता गर्न नसके पनि थुप्रै डेमोक्रेटिक समर्थक तथा उद्यमीहरुलाई आश्वस्त पार्न सकिरहेका छैनन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.