Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: Laxman Gautam
चितवन,श्रावण १ — कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मी अमेरिका भ्रमणमा छन्। मेयर रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका गएका हुन्। विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उनले नेपाल र कालिका नगरको प्रतिनिधित्व गरेका छन्। यात्राको सिलसिलामा मेयर रेग्मीले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीसँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, नेपाल–अमेरिका सम्बन्ध, स्थानीय तहको विकास र आपसी सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल भएको थियो। त्यस्तै, उनले पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अमेरिकामै भेटघाट गरेका छन्। भेटका क्रममा नेपालको वर्तमान राजनीतिक…
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ। गए राति ३ बजे जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। यस्तै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्। बेपत्ता हुनेहरूमा ६…
चितवन, असार २२ — नारायणगढको हङकङ बजारस्थित एक कपडा पसलबाट कपडा चोरी गरी फरार रहेका दुई महिलालाई पक्राउ गरिएको छ। असार २१ गते BEEX RIDER कपडा पसलबाट कपडा चोरी भएको सूचना प्राप्त भएपछि खोजतलास थालिएको थियो।पसल सञ्चालकले दिएको जानकारीका आधारमा प्रहरी र पीडितको सहयोगमा गय राति करिब ९:३० बजे ती दुई महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका–५ स्थायी घर भई हाल भरतपुर–३ न्यूरोडमा डेरा गरी बस्ने ३६ वर्षीया अञ्जु प्रजा र भरतपुर–२६ दिव्यनगरकी ३८ वर्षीया बालकुमारी महतो रहेका छन्। सिसि क्यामरा फुटेजको आधारमा दुवै महिलालाई पीडित आफैले पहिचान गरी नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नारायणगढमा…
चितवन , असार ९ – जिवन बीमा क्षेत्रमा अग्रणी कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले भरतपुरकाे रिजालचाेकबाट विस्तारित सेवा सुरुगरेकाे छ। कम्पनीका कार्यकारी प्रमुख पाेषराज पाैडेलले आज एक समारोहबीच सुविधा सम्पन्न विस्तारित कार्यलयकाे उद्घाटन गरेसँगै सेवा सुरु भएको हाे । यसअघि नारायणगढमा रहेकाे साे बीमा कम्पनीकाे कार्यालयलाई थप व्यवस्थित र सर्वसुलभ पहुँच पुर्याउन भरतपुर काे १० नम्बर वडा स्थित रिजालचाेकमा रहेको एभरेस्ट बैक रहेको भवनमा स्थानान्तरण गरिएको चितवन शाखा प्रमुख गाेकर्ण कार्कीले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालकाे प्रमुख आतिथ्यता तथा बीमा कम्पनीका उपकार्यकारी प्रमुख दिप बिसि,प्रमुख बजार प्रवन्धक भुषण रिजाल,वित्त प्रमुख गाेपाल पँगेनी, उद्योग बाणिज्य सँघ…
चितवन , असार ७ – चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए । भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३…
चितवन, २६ जेठ – चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नारायणगढको लायन्सचोकस्थित केन्द्रको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उद्घाटन गरिएको हो। घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको सो केन्द्रको प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा केयर गिभर पेशाप्रति युवाहरूको आकर्षण बढ्दो छ। “काठमाडौँस्थित मुख्य कार्यालयबाट हालसम्म ५ हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं,” खड्काले भन्नुभयो, “यहाँबाट तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू विदेशमा रोजगारी गरिरहेका छन्। बेलायतस्थित सीपीडिएसओ बाट…
चितवन , जेठ १७ – उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष, समाजसेवी एवम् युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यको साथ आयोजना गरेको यस पुण्य कार्यमा आफू पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू बर्षौदेखि सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा…
चितवन , जेठ १३ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको आयोजनामा आज मंगलबार बाट ५ दिने आधारभूत उदघोषण तथा नेतृत्व बिकास तालिम सुरु भएको छ ।आमा समुहमा आवद्ध महिलाहरुको क्षमता अभिबृद्दी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले तथा बिशिष्ठ अतिथिहरुमा मर्स्याङ्दी टोल विकास संस्थाका अध्यक्ष कालीमाया गुरुङ , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटा , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा मर्स्याङदी टोलमा रहेको गुम्बाका…
चितवन , जेठ ११ – चितवनको माडी देबेन्द्रपुरमा रहेको शनिधाम मन्दिरमा दशौ शनि जयन्ती उत्सव हुने भएको छ । बिगतका बर्षहरु जस्तै यो बर्षपनि आउँदो जेठ १३ गते शनि धाम परिसरमा दशौ शनि जयन्ती उत्सव आयोजना हुन लागेको हो । उत्सवमा माडीसम्बन्धी नयाँ धार्मिक भजन सार्वजनिक गरिनुका साथै नगरस्तरीय भजन प्रतियोगिता र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । विशेष आकर्षणको रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी तथा अन्य कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उत्सब लाई सफल बनाउन युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको र कार्यक्रम सम्पन्न गर्न समिती…
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो । गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही…
