Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
Author: Laxman Gautam
चितवन , जेठ १३ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको आयोजनामा आज मंगलबार बाट ५ दिने आधारभूत उदघोषण तथा नेतृत्व बिकास तालिम सुरु भएको छ ।आमा समुहमा आवद्ध महिलाहरुको क्षमता अभिबृद्दी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले तथा बिशिष्ठ अतिथिहरुमा मर्स्याङ्दी टोल विकास संस्थाका अध्यक्ष कालीमाया गुरुङ , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटा , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा मर्स्याङदी टोलमा रहेको गुम्बाका…
चितवन , जेठ ११ – चितवनको माडी देबेन्द्रपुरमा रहेको शनिधाम मन्दिरमा दशौ शनि जयन्ती उत्सव हुने भएको छ । बिगतका बर्षहरु जस्तै यो बर्षपनि आउँदो जेठ १३ गते शनि धाम परिसरमा दशौ शनि जयन्ती उत्सव आयोजना हुन लागेको हो । उत्सवमा माडीसम्बन्धी नयाँ धार्मिक भजन सार्वजनिक गरिनुका साथै नगरस्तरीय भजन प्रतियोगिता र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । विशेष आकर्षणको रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी तथा अन्य कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उत्सब लाई सफल बनाउन युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको र कार्यक्रम सम्पन्न गर्न समिती…
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेद्वारा दायर बन्दी प्रत्यक्षीकरणको निवेदन जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको निर्णय कानुनसम्मत भएकाले उल्ट्याउन नपर्ने आदेश गरेको हो । गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै न्यायाधीद्वय सुवेदी र ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्न नपर्ने आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही…
चितवन , जेठ ९ – मध्यरातमा पूर्वी चितवनको खैरहनी नगरालिका बडा नम्बर २ ज्यामिरेचोक स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र ईभी कार ठक्कर बाट एकको ज्यान गएको छ । उदयपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नं.को. बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को ईभी कार एक आपसमा ठोकिएका थिए । ठक्करबाट कार चालक खैरहनी न.पा.८ का बर्ष ४२ का प्रदिप तिमल्सिनाको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । तिमिल्सिना गम्भिर भइ उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । राजमार्ग दुबै तर्फि सुचारु रहेको…
चितवन ,जेठ ७ – चितवनका सातवटा स्थानीय तहमध्ये कालिका नगरपालिका हाल चितवन जिल्लामा सबैभन्दा कम अधावधिक बेरूजु कायम गर्न सफल भई प्रथम हुन सफल पालिका बनेको छ । यस पालिका हाल नेपालका ७५३ स्थानीय तहहरू मध्ये सबैभन्दा कम बेरूजु भएको शिर्ष १० पालिका भित्र सूचीकृत भएको उल्लेख गरिएको छ । २०७१ सालमा नगरपालिका स्थापना भएसंगै आर्थिक वर्ष २०७९/०८० सम्म कालिका नगरपालिकाको कुल बेरूजु रु २० करोड भएकोमा हालको स्थानीय तहको दोस्रो कार्यकालको जनप्रतिनिधि आएसंगै बेरुजु घटाउन प्राथमिकता राखि विभिन्न कार्यक्रमहरु गरेको छ । लेखा समितिका संयोजक टिकाराम रेग्मीका अनुसार विभिन्न असुल गर्नुपर्ने बेरुजु रकम अलुल गरि नगरपालिकाको खातामा जम्मा गरिएको…
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा चितवनका डा. विश्व पौडेल नियुक्त हुने लगभग निश्चित भएको छ । अहिले बसिरहेको सिफारिस समितिको बैठकले उनी र डेपुटी गभर्नर नीलम ढुगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवातार्मामा पौडेलको नाममा सहमति जुटेको थियो । आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पाैडेल कांग्रेसकाे काेटाबाट गभर्नर बन्न लागेका हुन् ।
चितवन , जेठ ३ – चितवनको भरतपुर ११ स्थित समझदारी भोजाड सहकारी संस्था द्वारा आफ्ना पुरुष शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण शिविर आज शनिबार सम्पन्न गरेको छ ।५० वर्ष उमेर नाघेका पुरुष शेयर सदस्यहरुलाई लक्षित गर्दै संस्थाको बार्षिक कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य शिविर परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।संस्थामा आबद्ध पुरुष शेयर सदस्यको पोस्टेट र पिसाब सम्बन्धी समस्या लाई समाधान गर्नका लागी मनकामना अस्पतालको प्राबिधिक सहयोगमा शिबिरको आयोजना गरिएको सहकारी संस्थाका स्वास्थ्य उपसमिति संयोजक रेखा भट्टराईले बताउनु भयो । सोही कार्यक्रममा स्वास्थ्य शिबिरको आबश्यकता र औचित्यका बारेमा सहकारी संस्थाका अध्यक्ष खेमलाल सुवेदीले जानकारी दिनु भएको थियो ।मनकामना अस्पतालका प्रो. डा.…
चितवन, जेठ ३ –देशको परिवर्तनको बाहक मदन भण्डारी र आफ्नो पिता जिवराज लाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले बताएका छ्न ।आज चितवनको दासढुङामा भएको ३२ औं मदन आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । स्मृति सभामा भावुक हुँदै उनले भने परिवर्तनकारीहरु समाप्त गर्न षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले हत्या गरिएको हो । उनले अहिले पनि पार्टीमा बिभिन्नखालको आक्रमण हुँदै आएकोले सचेत बन्न आग्रह गर्दै उनले प्रतिक्रियाबादीहरु षड्यन्त्र बाट बच्न आग्रह गरे । आजको स्मृति सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितसँग आफूले बिताएका…
चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालन हुने भएको छ । आज सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने भएको हो।मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।आइएमई…
चितवन , बैशाख २७ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको १४ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । समुहले एक बर्ष भरिमा भए गरेका काम आगामी बर्ष गरिने योजना लाई समाबेश गरि साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी टोल विकास संस्था का उपाध्यक्ष नबिन रेग्मी , विशिष्ट अतिथी टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटाउ , बिशेष अतिथि टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा निवर्तमान अध्यक्ष मिरा श्रेष्ठ लगायत रहनु भएको थियो…
