Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    • सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Uncategorized»चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा
    Uncategorized

    चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

    Laxman GautamBy Laxman GautamJune 10, 2025No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन, २६ जेठ – चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नारायणगढको लायन्सचोकस्थित केन्द्रको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उद्घाटन गरिएको हो।

    घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको सो केन्द्रको प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा केयर गिभर पेशाप्रति युवाहरूको आकर्षण बढ्दो छ।

    “काठमाडौँस्थित मुख्य कार्यालयबाट हालसम्म ५ हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं,” खड्काले भन्नुभयो, “यहाँबाट तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू विदेशमा रोजगारी गरिरहेका छन्। बेलायतस्थित सीपीडिएसओ बाट मान्यता प्राप्त भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन हुँदै आएको छ।”

    चितवन शाखाका प्रमुख ज्ञानबहादुर अधिकारीका अनुसार हाल काठमाडौँ, इटहरी र चितवनमा फ्रेन्चाइजमार्फत तालिम सञ्चालन भइरहेको छ। उहाँले प्रत्यक्ष कक्षा तथा अनलाइन दुवै माध्यमबाट तालिम लिने व्यवस्था गरिएको जानकारी दिनुभयो।

    तालिम अवधि ३९० घण्टादेखि १,२०० घण्टासम्मको हुनेछ। कक्षा ८ उत्तीर्ण गरेका व्यक्तिहरू सिटिभिटीको बेसिक कोर्समा सहभागी हुन सक्नेछन्। जुन सर्टिफिकेटले इजरायललगायत देशहरूमा जी–टु–जी कार्यक्रममार्फत रोजगारीको अवसर खुलाउनेछ। युरोप, अमेरिका लगायतका मुलुकमा जान चाहनेहरूको हकमा कक्षा १२ उत्तीर्ण अनिवार्य गरिएको छ, जसलाई लक्षित गरी सीपीडिएसओको एडभान्स कोर्स उपलब्ध गराइनेछ।

    चितवन शाखाका बजार प्रवर्द्धन प्रमुख सुसिल भट्टराईले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता तालिम केन्द्रहरू अहिलेको आवश्यकता भएको बताउनुभयो। “चितवन जस्तो शहरीकरण तीव्र रूपमा बढिरहेको जिल्लामा यस्ता व्यावसायिक तालिमहरू अनिवार्यजस्तै छन्,” उहाँले भन्नुभयो, “यस्ता केन्द्रहरूले वृद्धजन, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनुका साथै विदेश रोजगारीमा जान चाहने युवाहरूलाई पनि आवश्यक सीप र ज्ञान प्रदान गर्छन्।”

    कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं २ का अध्यक्ष मनोज रानाभाटले यस्ता तालिम केन्द्रहरूले विदेश जाने युवालाई रोजगारीका लागि तयारी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “नेपालबाट जाने धेरै युवा स्वास्थ्य क्षेत्रको रोजगारीमा आकर्षित छन्,” उहाँले भन्नुभयो, “यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ। वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइनेछ।”

    केन्द्र स्थापना भएको उपलक्ष्यमा मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

    विदेश रोजगारीका सम्भावनासँगै चितवनमा नयाँ आशा पलाएको यस केन्द्रले वृद्धाश्रम, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा समेत दक्ष जनशक्ति उत्पादन गर्दै लैजाने अपेक्षा गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    रवि लामिछानेलाई थुनामुक्त गर्न नपर्ने सर्बोच्चको आदेश

    May 23, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025

    एमाले नेता प्रदीप नेपालको निधन

    May 6, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,582

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,137

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024565

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025458
    Don't Miss
    News
    News

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    By Laxman GautamSeptember 22, 2025

    चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज…

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.