चितवन , जेठ ११ – चितवनको माडी देबेन्द्रपुरमा रहेको शनिधाम मन्दिरमा दशौ शनि जयन्ती उत्सव हुने भएको छ । बिगतका बर्षहरु जस्तै यो बर्षपनि आउँदो जेठ १३ गते शनि धाम परिसरमा दशौ शनि जयन्ती उत्सव आयोजना हुन लागेको हो ।
उत्सवमा माडीसम्बन्धी नयाँ धार्मिक भजन सार्वजनिक गरिनुका साथै नगरस्तरीय भजन प्रतियोगिता र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । विशेष आकर्षणको रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी तथा अन्य कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उत्सब लाई सफल बनाउन युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको र कार्यक्रम सम्पन्न गर्न समिती तथा उपसमिति जुटेको छ । धार्मिक जनविश्वास अनुसार शनिको पूजा गरेमा ग्रह शान्ति, परिवारमा सुख–शान्ति र रोग निवारण हुने विश्वास गरिन्छ । उत्सवमा सवै भक्तजनलाई उपस्थित भई पुण्य कमाउन आयोजक समितिले आव्हान गरेको छ ।

