Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
तीन वर्षअघि पेट्रोलियम गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने व्यवस्था, बल्ल मापदण्ड बनाउँदै सरकार
काठमाडौं । तीन वर्षअघि नै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने व्यवस्था गरेको सरकारले बल्ल मापदण्ड बनाउने तयारी थालेको छ । २०७८ चैत १४ गते नै सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर ‘इन्धन प्रणालीमा वातावरणमैत्री वा उर्जा दक्षतामूलक फेरवदल गरिने सवारी साधनको हकमा’ छुट दिने निर्णय गरेको थियो । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांश तीन वर्षसम्म लागु नहुने गरि छुट दिने निर्णय गरेको थियो । सरकारले पेट्रोलियम गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्नका लागि व्यवस्था गरे पनि त्यसका लागि कस्तो मापदण्ड बनाउने भन्ने…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा पेस गरेको छ । भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा प्रस्तुत भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार मस्यौदामा थप सुझाव लिने निर्णय बैठकले गरेको छ । ‘२०८४ को निर्वाचन हामी संघमात्र लड्ने हैन नि । हामीले स्थानीय तह देखिनै तयारी गर्ने हो‚’ उनले भने । कार्यविधिमा रास्वपाले स्मार्ट वडाध्यक्षको अवधारणा राखेको छ । यस्तै क्यान्डिडेट क्लब‚ लिडरसिप एकेडेमीको अवधारणा पनि कार्यविधिमा…
सन्दर्भ : बेपत्ताविरुद्धको दिवस प्रचण्ड तीनचोटि प्रधानमन्त्री बन्दा पनि भेटिएनन् १०९७ माओवादी
काठमाडौं- तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौता गरेको १८ वर्षपछि सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि कानून संशोधनको प्रक्रिया पूरा भएसँगै अब आयोग गठन गर्ने तयारी सरकारको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट सर्वसम्मत पारित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरिसकेका छन् ।राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सभामुख देवराज घिमिरेले बुधबार टीआरसी विधेयक प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए । राजपत्रमा प्रकाशित भएर विधेयकले ऐनको रुप लिएपछि सरकारले सत्य निरूपण…
काठमाडौं– नेपालका शेयर लगानीकर्ताका लागि यो साता अर्थात् भदौ ९ देखि १३ गतेसम्मको अवधि प्रतिकूल रह्यो । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२४ अङ्कले घट्दा कूल कारोबार रकम पनि खुम्चियो । यो साता कमाउने भन्दा पनि गुमाउने लगानीकर्ता बढी भए । नेप्से तीन हजार बिन्दु आसपास पुगेपछि नाफा बूक गर्ने लगानीकर्ताको संख्या बढी भएकाले सातामा चार दिन शेयर कारोबार हुँदा नेप्से २२४.८९ अङ्कले घट्यो । अघिल्लो साताको बिहीबार २९७४.४६ बिन्दुमा रहेको नेप्से सूचक यो साताको बिहीबारसम्म आउँदा २२४ अङ्कले घटेर २७४९.५७ बिन्दुसम्म आइपुग्यो । बुधबार तीन अङ्कले बढे पनि बाँकी तीन दिन भने भारी अङ्कको गिरावट भयो । साताको…
चितवन , भाद्र १४ – देशैभर तिजको रनौक सगै मिठो मसिनो खाने होड चलिरहेका बेला चितवनको कालिका नगरपालिका १० सिद्दिमा रहेको सिद्दी छात्रावासमा रहेका विद्यार्थी बालबालिकाका लागि दैनिक खाने चामल लगायत खाद्यान्नको समस्या परेको छ । छात्रावासमा भण्डारण गरेको चामल , तेल , तरकारी लगायतको दैनिक उपभोग्य सामाग्री सकिदै गएपछी छात्रवासमा रहेका बालबालिकाहरु भोकमरीको समस्यामा परेका हुन । चितवनको विभिन्न बिकट क्षेत्रमा जन्मिएर गरिबी लगायतको पारिवारिक समस्याले शिक्षा आर्जन गर्न नसकेका ६५ जना बालबालिका केही बर्ष देखि सोही छात्रावासमा बसेर नजिकै रहेको विद्यालयमा पढने गरेका भएपनि खाद्यान्नको अभाबमा भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको हो ।छात्रावासमा रहेका बालबालिकाहरु भोकै बस्नु…
नेपालमा ५७ देशबाट भित्रियो करिब ३ खर्ब लगानी, भारतको सबैभन्दा धेरै हुँदा अन्य कुन देशबाट कति ?
काठमाडौँ / नेपालमा ५८ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ मुलुकको प्रत्यक्ष लगानी रहेको देखाएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारेको हो । उक्त प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा अर्थात असार मसान्तसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम…
काठमाडौं । नेपाल सरकारले वार्षिक १० प्रतिशत ब्याज लाग्ने गरी एनसेलको मोबाइल सेवाको लाइसेन्स नवीकरण गर्ने तयारी थालेको बुझिएको छ । सरकारले सम्भवतः बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गर्न सक्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको छ । यही १५ भदौमा एनसेलको जीएसएम मोबाइल लाइसेन्सलाई २० वर्ष पूरा हुँदैछ । त्यस अगावै कम्पनीले अर्को पाँच वर्षका लागि नवीकरण गराउनु पर्ने हुन्छ । तर एनसेलले भने गत १४ जेठ २०८१ मा २० अर्ब मध्ये चार अर्ब रुपैयाँ मात्रै बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्ने गरी लाइसेन्स नवीकरण गरी दिन अनुरोध गर्दै आएको छ । सोही अनुरूप किस्ताबन्दी सुविधा दिन…
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् । प्रतिनिधि सभा बैठकमा विहीबार विशेष समय लिएर बोल्दै प्रचण्ड सरकारमा मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हँसाउने काम भइरहेको बताए । उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउने र हल्का टिप्पणी गर्ने काम नगर्न चेतावनी दिए । गिरीले भने, ‘यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनु भयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान…
ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नरेशले ‘श्रीमतीको मृत्युपछि विवाह’बारे इन्टरनेट सर्च गरेको खुलासा
ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन् । प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ । अभियोजन पक्ष र नरेशका पक्षका…
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ। कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्। युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका हुन्। नाराबाजी गरिरहेका युवाहरूले ‘ढुंगा हान, बालेन’ लगायत शब्द पनि उच्चारण गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए। प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्। साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो-हल्ला भएपछि गौरा पर्वको…
