Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं– नेपालका शेयर लगानीकर्ताका लागि यो साता अर्थात् भदौ ९ देखि १३ गतेसम्मको अवधि प्रतिकूल रह्यो । शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२४ अङ्कले घट्दा कूल कारोबार रकम पनि खुम्चियो । यो साता कमाउने भन्दा पनि गुमाउने लगानीकर्ता बढी भए । नेप्से तीन हजार बिन्दु आसपास पुगेपछि नाफा बूक गर्ने लगानीकर्ताको संख्या बढी भएकाले सातामा चार दिन शेयर कारोबार हुँदा नेप्से २२४.८९ अङ्कले घट्यो । अघिल्लो साताको बिहीबार २९७४.४६ बिन्दुमा रहेको नेप्से सूचक यो साताको बिहीबारसम्म आउँदा २२४ अङ्कले घटेर २७४९.५७ बिन्दुसम्म आइपुग्यो । बुधबार तीन अङ्कले बढे पनि बाँकी तीन दिन भने भारी अङ्कको गिरावट भयो । साताको…
चितवन , भाद्र १४ – देशैभर तिजको रनौक सगै मिठो मसिनो खाने होड चलिरहेका बेला चितवनको कालिका नगरपालिका १० सिद्दिमा रहेको सिद्दी छात्रावासमा रहेका विद्यार्थी बालबालिकाका लागि दैनिक खाने चामल लगायत खाद्यान्नको समस्या परेको छ । छात्रावासमा भण्डारण गरेको चामल , तेल , तरकारी लगायतको दैनिक उपभोग्य सामाग्री सकिदै गएपछी छात्रवासमा रहेका बालबालिकाहरु भोकमरीको समस्यामा परेका हुन । चितवनको विभिन्न बिकट क्षेत्रमा जन्मिएर गरिबी लगायतको पारिवारिक समस्याले शिक्षा आर्जन गर्न नसकेका ६५ जना बालबालिका केही बर्ष देखि सोही छात्रावासमा बसेर नजिकै रहेको विद्यालयमा पढने गरेका भएपनि खाद्यान्नको अभाबमा भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको हो ।छात्रावासमा रहेका बालबालिकाहरु भोकै बस्नु…
नेपालमा ५७ देशबाट भित्रियो करिब ३ खर्ब लगानी, भारतको सबैभन्दा धेरै हुँदा अन्य कुन देशबाट कति ?
काठमाडौँ / नेपालमा ५८ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ मुलुकको प्रत्यक्ष लगानी रहेको देखाएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारेको हो । उक्त प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा अर्थात असार मसान्तसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम…
काठमाडौं । नेपाल सरकारले वार्षिक १० प्रतिशत ब्याज लाग्ने गरी एनसेलको मोबाइल सेवाको लाइसेन्स नवीकरण गर्ने तयारी थालेको बुझिएको छ । सरकारले सम्भवतः बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकबाटै यस्तो निर्णय गर्न सक्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको छ । यही १५ भदौमा एनसेलको जीएसएम मोबाइल लाइसेन्सलाई २० वर्ष पूरा हुँदैछ । त्यस अगावै कम्पनीले अर्को पाँच वर्षका लागि नवीकरण गराउनु पर्ने हुन्छ । तर एनसेलले भने गत १४ जेठ २०८१ मा २० अर्ब मध्ये चार अर्ब रुपैयाँ मात्रै बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्ने गरी लाइसेन्स नवीकरण गरी दिन अनुरोध गर्दै आएको छ । सोही अनुरूप किस्ताबन्दी सुविधा दिन…
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् । प्रतिनिधि सभा बैठकमा विहीबार विशेष समय लिएर बोल्दै प्रचण्ड सरकारमा मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हँसाउने काम भइरहेको बताए । उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउने र हल्का टिप्पणी गर्ने काम नगर्न चेतावनी दिए । गिरीले भने, ‘यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनु भयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान…
ममता बेपत्ता हुनुभन्दा महिनौं अघि नरेशले ‘श्रीमतीको मृत्युपछि विवाह’बारे इन्टरनेट सर्च गरेको खुलासा
ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन् । प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ । अभियोजन पक्ष र नरेशका पक्षका…
गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ। कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्। युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका हुन्। नाराबाजी गरिरहेका युवाहरूले ‘ढुंगा हान, बालेन’ लगायत शब्द पनि उच्चारण गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए। प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्। साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट हो-हल्ला भएपछि गौरा पर्वको…
चितवन- भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत संस्थागत विद्यालयका २ सय ६६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । निजी विद्यालयले अनिवार्य रुपमा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने गरी शिक्षा ऐनमै व्यवस्था गरिएपछि छात्रवृत्तिमा मनपरी हटेको थियो । संकलित छात्रवृत्ति कोटालाई महानगरको आफ्नै शिक्षा ऐनले दिएको अधिकार प्रयोग गर्दै महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको थियो । आवेदन भर्ने विद्यार्थीहरुमध्येबाट छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुरुप विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिएको महानगरले जनाएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ छन् भने अन्य विषयका लागि ७७ जनाले अध्ययन गर्न पाउनेछन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब…
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती, विष्णुमती र टुकुचा खोला वरिपरि थप संरचना बनाउन नपाइने भन्दै जनतामाझ भ्रम नछर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। अदालतको आदेश अनुसार यी खोला वरिपरि निर्माण निषेधित क्षेत्रको जानकारी महानगरले गराएको भन्दै गलत व्याख्या गरेर जनतामा भ्रम नपुर्याउन मेयर शाहको आग्रह छ। ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो। सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्। यी जग्गाहरूमा थप संरचना बनाउन नपाइने…
नाडा अटो शो २०२४ : यी हुन् २३ कार, १९ दुईपांग्रे, १३ कमर्सियल, २६ कम्पोनेन्ट र ७ वटा बैंकका स्टल
काठमाडौं- भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्। अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर…
