Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    May 12, 2025

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु
    • मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न
    • भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
    • चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो
    • चितवनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइँदै
    • पाकिस्तान माथी भारतको हमला :३० जना मारिएको दाबी
    • एमाले नेता प्रदीप नेपालको निधन
    • पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»सन्दर्भ : बेपत्ताविरुद्धको दिवस प्रचण्ड तीनचोटि प्रधानमन्त्री बन्दा पनि भेटिएनन् १०९७ माओवादी
    Special

    सन्दर्भ : बेपत्ताविरुद्धको दिवस प्रचण्ड तीनचोटि प्रधानमन्त्री बन्दा पनि भेटिएनन् १०९७ माओवादी

    adminBy adminAugust 30, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीसँग विस्तृत शान्ति सम्झौता गरेको १८ वर्षपछि सरकारले शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढाएको छ । यसका लागि कानून संशोधनको प्रक्रिया पूरा भएसँगै अब आयोग गठन गर्ने तयारी सरकारको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट सर्वसम्मत पारित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरिसकेका छन् ।
    राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सभामुख देवराज घिमिरेले बुधबार टीआरसी विधेयक प्रमाणीकरणका लागि शीतलनिवास पठाएका थिए ।

    राजपत्रमा प्रकाशित भएर विधेयकले ऐनको रुप लिएपछि सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन गरेर शान्ति प्रक्रियाका बाँकी कामहरू अघि बढाउन दलहरु सहमत देखिन्छन् ।

    यसैबीच शुक्रबार (अगष्ट ३०) मा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगष्टका दिन मनाउने गरिएको छ।
    यो दिवस मनाउने क्रमको सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको थियो । गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्यलाई मानव अधिकारको ठाडो उल्लंघन मानिन्छ ।

    अन्तर्राष्ट्रियरूपमा कार्यरत मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाहरु यसबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिँदै आएका छन् ।

    नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट कयौं नागरिकहरूलाई बेपत्ता पारिएको भनिँदै आइएको छ । तथापि, सरकारसँग सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाहरुको यकिन तथ्यांक भने छैन ।

    यद्यपि, बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठन भएको बेपत्ता छानबिन आयोगमा ३ हजार २८८ उजुरी दर्ता भइसकेका छन् । जसमध्ये ७५४ उजुरीको फर्छ्यौट भइसकेका छन् भने २ हजार ५३४ उजुरी विचाराधीन अवस्थामा राखिएको आयोगले जनाएको छ ।

    सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका आफन्तलाई आयोगले सकारात्मक अनुभूति दिलाउने गरी काम गर्न नसकेको गुनासो गरिँदै आएको छ । ०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताका क्रममा दुवै पक्षले बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने प्रतिवद्धता जनाएका थिए ।

    तर, शान्ति सम्झौता गरेको १८ वर्ष पुग्नै लाग्दा पनि राज्यले प्रतिवद्धताअनुसार काम पूरा नगरेको बेपत्ता पारिएकाहरूका आफन्तजन गुनासो गर्दै आएका छन् । राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग आफैंमा रुमलिएको र पीडित पक्षका गुनासाहरु सम्बोधन गर्ने गरी आफ्ना क्रियाकलाप अघि बढाउन नसकेको उनीहरुको भनाइ छ ।

    राष्ट्रिय मानव अधिकार आयोगले ०८० भदौ १३ मा विज्ञप्ति जारी गरेर बेपत्ताको खोजबिन र अवस्था सार्वजनिक गर्न १८६ वटा सिफारिस गरेको र आयोगमा अझैं ८२१ वटा उजुरीहरू विचाराधीन रहेको जानकारी दिएको थियो ।

    यसैबीच राज्यविरुद्ध ०५२ फागुन १ गतेदेखि हतियार उठाएको नेकपा माओवादी केन्द्रले सशस्त्र द्वन्द्वमा आफ्नोतर्फ भएको क्षतिको देशभरिबाट तथ्यांक संकलन गरेको छ । माओवादी नेता शिव डाँगीको नेतृत्वमा संकलन गरिएको देशभरिको तथ्यांकले १२ हजार ३१४ जना माओवादी कार्यकर्ताको मृत्यु र बेपत्तासम्बन्धी विवरण निकालेको छ ।

    खबरहबलाई प्राप्त माओवादीको आन्तरिक प्रतिवेदनमा राज्यका तर्फबाट आफ्ना ११ हजार २२० जना कार्यकर्ता मारिएको दाबी गरिएको छ । साथै राज्यका तर्फबाट आफ्ना १ हजार ९७ कार्यकर्तालाई बेपत्ता बनाइएको माओवादीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वको समयमा राज्यले सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट माओवादी कार्यकर्ताहरु पक्राउ गरी बेपत्ता बनाएको छ । ‘बेपत्ता योद्धाहरु’ शीर्षक दिइएको प्रतिवेदनमा लुम्बिनी प्रदेशबाट राज्य पक्षले ३९४ माओवादी समर्थकहरु बेपत्ता बनाएको उल्लेख गरेको छ ।

    यसैगरी बागमती प्रदेशबाट १८१, गण्डकी प्रदेशबाट १२१, कर्णाली प्रदेशबाट १२०, सुदूरपश्चिम प्रदेशबाट ११०, कोशी प्रदेशबाट ९० र मधेश प्रदेशबाट ८१ जनालाई राज्य पक्षले बेपत्ता पारेको प्रतिवेदनले देखाउँछ ।

    प्रतिवेदनअनुसार राज्य पक्षले लुम्बिनी प्रदेशमा पर्ने बर्दियाबाट २०८ जना माओवादी समर्थक पक्राउ गरेर बेपत्ता पारेको छ । लुम्बिनीकै बाँकेबाट पक्राउ परेको ७६, दाङबाट पक्राउ परेका २९, कपिलबस्तुबाट पक्राउ परेका ११ र रुपन्देहीबाट पक्राउ परेका ४ जनाको अवस्था अज्ञात छ ।

    माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गम थलो भनिने रोल्पाका ६४ जनालाई राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको डाँगी संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदनमा देखाइएको छ ।

    सशस्त्र द्वन्द्वका क्रममा बर्दिया पछि सुदूरपश्चिमको कञ्चनपुरबाट राज्य पक्षले व्यक्ति बेपत्ता बनाएको देखिन्छ । कञ्चनपुरमा राज्य पक्षबाट ८४ जनालाई बेपत्ता बनाइएको माओवादीको आन्तरिक प्रतिवेदनले देखाउँछ । सुदूरपश्चिमका कैलालीमा १३, दार्चुलामा ८ र अछाममा ५ जनाको अवस्था अज्ञात रहेको माओवादीको दाबी छ ।

    कोशी प्रदेशमा सबैधन्दा बढी मोरङमा १६, मधेश प्रदेशमा सबैभन्दा बढी सिरहामा ३९, बागमती प्रदेशमा सबैभन्दा बढी चितवन र नुवाकोटमा २२/२२ र गण्डकी प्रदेशमा सबैभन्दा बढी गोरखा र बागलुङमा समान २३/२३ जनाको अवस्था अज्ञात देखिन्छ ।

    कर्णाली प्रदेशमा सल्यानबाट ३७, कालिकोट र सुर्खेतबाट २४/२४, जाजरकोटबाट १५, दैलेखबाट १४, जुम्लाबाट ४ र हुम्लाबाट २ जना आप्mना कार्यकर्ताहरु राज्य पक्षले बलपूर्वक नियन्त्रणमा लिएर बेपत्ता पारेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    पानी पार्ने बादल पश्चिमबाट पूर्व सर्दा काठमाडौंसहितका भूभागमा वर्षा

    May 4, 2025

    शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    April 21, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,558

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,115

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024544

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025436
    Don't Miss
    News
    News

    नवलपुरको मौलाकालीमा रहेको इला होटलको सेवा सुरु

    By Laxman GautamMay 12, 2025

    चितवन , बैशाख २९ – आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा…

    मर्स्याङ्दी आमा समुहको १४औ बार्षिक साधारणसभा सम्पन्न

    May 10, 2025

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    May 10, 2025

    चितवन पुगेर एमाले उप महासचिव ज्ञवालीले भने जनप्रतिनिधि जनताको सिपाही हो

    May 9, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.