Author: admin

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी पहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको…

Read More

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो । प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खाेलामा परेका छन् । भिडिओ बनाउने स्थानीयले महानगरको उपस्थिति शून्य रहेको उल्लेख गरेका छन् भने आफूहरुले भन्नुपर्ने ठाउँमा सबै भनिसकेको पनि बताएका छन् । हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने उनीहरुको भनाइ छ ।

Read More

चितवन । नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुलभन्दा पूर्व(उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ । वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् । प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । डुबानमा परेका बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको स्कुलमा लगिने प्रहरीले जनाएको छ । लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ । आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए । लामिछानेले भने, ‘प्रतिवेदनले भन्यो– मैले सहकारीबाट ऋण लिएको छैन । त्यो आरोपबाट त म मुक्त भएँ । अब बोलिरहनु परेन । कार्यालयमा आएको पैसा खर्च गर्दा कुनै कानूनी कारवाहीको हकदार…

Read More

भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो । साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो । भर्‍याङ लगाएर कम्पाउन्डमा प्रहरी प्रवेश गरेको घटनास्थल कमेरोटारमा रहेका…

Read More

काठमाडौं । भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले निगरानी बढाएको छ । साइबर अपराध गरेको कसूरमा काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंसहित ३ युट्यूबरलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखिरहेको छ । वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले पक्राउ भने गरेको छैन । संविधान दिवसको दिन भएकाले प्रसाईंलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ । स्रोत भन्छ, “पक्राउको उचित मेसो मिलाइँदैछ ।” पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेको र्‍याली र कार्यक्रम बिथोल्न सरकारले आफूविरुद्ध पक्राउ पुर्जी गरेको आरोप लगाएका छन् । आफ्नो पक्षको जनलहर देखेर…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ । दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् । संगठन, संसद र सडक (तीन वटै मोर्चा)मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे यो भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख छ । यसअघि प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिलाई कांग्रेस(एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने…

Read More

काठमाडौं ।रेलमार्गको विकास सरकारी प्राथमिकतामा परे पनि यो ज्यादै खर्चिलो हुने देखिएको छ । सरकारले आन्तरिक र अन्तरदेशीय रेलमार्ग सञ्जाल विस्तारका लागि आधा दर्जन परियोजनाको प्रक्रिया अघि बढाइसकेको छ । यी परियोजना पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, नेपाल–भारतीय सीमा जोड्ने क्रशबोर्डर (६ ओटा लिंक) रेलमार्ग, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो रेल आयोजना र नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ एवं नेपाल–भारत जोड्ने काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग हुन् । तर, यी रेलमार्ग निर्माण गर्न ठूलो धनराशि खर्चिनुपर्ने देखिएको सरोकारवालाले बताएका छन् । ‘पूर्व–पश्चिम रेलमार्गकोे मुआब्जासमेत जोड्दा अनुमानित लागत नै ४० खर्ब रुपैयाँ पुग्नेछ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने…

Read More

काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालमा हालसम्म कुनै परियोजना विकास भएको छैन र यसअन्तर्गत परियोजना विकास हुनेमा पनि आशंका जन्मिएको छ । खासगरी बीआरआई सम्बन्धमा भूराजनीतिक स्वार्थको दबाब नेपालका राजनीतिक दलहरूसम्म पुगेकाले नेपालमा बीआरआईअन्तर्गत परियोजना विकास हुनेमा आशंका जन्मिएको हो । सन् २०१७ को मेमा नेपालले बीआरआईको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको थियो । त्यसपछि चिनियाँ राष्ट्रपति सन् २०१९ अक्टोबरमा नेपाल आउँदा बीआरआई कार्यान्वयन अघि बढाउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त भए पनि न त नेपालले कुनै परियोजना छनोट गरेको छ न कुनै परियोजना यो कार्यक्रमअन्तर्गत विकास भएको छ । बीआरआईअन्तर्गतका कुनै पनि परियोजना चिनियाँ ऋणमा…

Read More

काठमाडौं । १७ वित्त कम्पनीहरूमध्ये पाँच कम्पनी घाटामा छन् भने १२ कम्पनी नाफामा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महीनाको तथ्याङ्कले यस्तो देखाएको हो । नाफामा रहेका वित्त कम्पनीमध्ये प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा बढी नाफा कमाएको छ । यस कम्पनीले साउन महीनामा मात्रै रू. ८ करोड ८३ लाख नाफा कमाएको हो । साउनमा सर्वाधिक नाफा कमाउने वित्त कम्पनीको सूचीमा दोस्रोमा आइसिएपसि फाइनान्स छ । कम्पनीले सो अवधिमा रू. २ करोड ८५ लाख नाफा कमाएको छ । सो अवधिमा सेन्ट्रल फाइनान्सले रू. १ करोड ७१ लाख, मञ्जुश्री फाइनान्सले रू. १ करोड ४५ लाख, गुडवील फाइनान्सले रू. १ करोड ३० लाख र…

Read More