Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
Author: admin
काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो । विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए । भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको…
काठमाडौं । अभिनेता पल शाहका बुधबार आफ्ना फ्यानहरूबाट घेरिए । फ्यानहरूले उनलाई पूजा-अर्चना गर्नुका साथै महंगा उपहारसमेत दिए । कुनै विशेष अवसरबिना ‘पल शाह फ्यान क्लब’ को आयोजनामा शाहलाई एक होटलमा बोलाएर कार्यक्रम गरिएको थियो । कार्यक्रमको ब्यानरमा लेखिएको थियो- रियल हिरो पल शाह फ्यान क्लबको भेटघाट कार्यक्रम । टेबलमा फुलमाला र दियोकलश राखिएको थियो । आफूलाई फ्यान क्लबको संयोजक बताउने विराटनगरकी सुनीता क्षेत्रीले यसको नेतृत्व गरेकी थिइन् । कार्यक्रममा अधिकांस महिला फ्यानहरूको उपस्थिति देखिन्थ्यो । पल शाह आउँदै गर्दा फूल वर्षाएर स्वागत गरियो । शाहले पानसमा बत्ती बालेर कार्यक्रम सुरूवात गरे । सुनीताले पललाई पूजा गर्दै दूबोको माला लगाइदिइन्…
चेक बाउन्सको मुद्दाबारे पूर्वअर्थमन्त्रीहरु भन्छन्-मिलाप गराउनुपर्छ, हदम्याद हटाउने पक्षमा सांसदहरु
काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको दफावार छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग राखेका हुन् । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले सरकारले कानुन बनाउँदा गल्ती गर्नेलाई सहजीकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिए । तर पूर्वअर्थमन्त्रीहरुले भने सरकारले सबै…
भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स इच्छुक, ऋणको साँवाब्याज भुक्तानीमा राहत हुने
काठमाडौं– चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चासो देखाएको छ । यी दुवै विमानस्थल उद्घाटन भएको लामो समय भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल निर्माण गर्न लिएको ऋणको साँवाब्याज सरकारी ढुकुटीबाट तिर्नुपर्ने अवस्था छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतका जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरे पनि अहिले बन्द गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने एक/दुईवटा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । चाइना साउदर्नले नियमित उडान सुरु गरे विमानस्थल निर्माणका लागि लिएको ऋणको साँवाब्याज भुक्तानीमा केही राहत हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०२३…
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न १४ वटा अलग- अलग जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ती कम्पनीले सो अवधिसम्ममा ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका छन् । उक्त अवधिमा सबैभन्दा शिर्ष व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हिस्सा हो । त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा २ अर्ब २६ करोड…
सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ समितिले बुझायो प्रारम्भिक प्रतिवेदन, ‘टेक अफ स्पिड’मा समस्या
काठमाडौं- गएको साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको फ्लाइट दुर्घटनाको विषयमा जाँचबुज गर्न गठन भएको समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। जहाज दुर्घटनामा मुख्य त टेक अफ स्पिड कमी भएको देखिएको प्रारम्भिक अध्ययन रिपोर्टमा उल्लेख छ। साथै जहाज टेक अफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययनमा रिपोर्टमा उल्लेख छ। समितिले प्रारम्भिक रुपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको छ। अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले प्रारम्भिक रुपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको छ। जहाजको तौल…
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ। नेपाल टी-२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा किनेको हो । यस्तै, काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ । लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले आफ्नो स्वामित्वमा पारेको छ ।
पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ ।त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए । बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई…
काठमाडौं— विगतका वर्षमा जस्तो यस वर्ष दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो। डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ती नोट व्यवस्थापनकै लागि यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी भएको राष्ट्र बैंकका…
वीरगञ्जमा उपभोक्ता हित संरक्षण मञ्चको ज्ञापनपत्र, पर्सा जिल्ला प्रशासनद्वारा कार्यान्वयन गर्ने निर्णय
वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला कार्य समितिले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बजारमा उपभोक्ताहरुले भोगिरहेका समस्यासम्बन्धी ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाए लगत्तै, प्रमुख जिल्ला अधिकारी भुसालले बजारमा हुने सबै खाले बदमासि नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। साथै, मञ्चले उठाएका विषयवस्तुहरु तुरुन्त कार्यान्वयन गर्ने निर्णय पनि गरेका छन्। चाडपर्वको समयमा अधिकमुल्य वृद्धि, म्याद नाघेका खाद्य र गैरखाद्य वस्तु बिक्री, लेबलमा जानकारीको स्पष्टता, गैरकानुनी मिसावट, र बिल-बिजकको प्रयोग लगायतका समस्यामा लक्षित भई बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको छ। अर्को महत्त्वपूर्ण निर्णयमा चाडपर्वको बेला सवारी साधनको भाडामा हुने मूल्यवृद्धि बारे सघन अनुगमन गर्ने, मासिक रूपमा…
