Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»पूर्व–पश्चिम रेलमार्गको लागत ४० खर्ब रुपैयाँ : भौतिक पूर्वाधारमन्त्री
    News

    पूर्व–पश्चिम रेलमार्गको लागत ४० खर्ब रुपैयाँ : भौतिक पूर्वाधारमन्त्री

    आधा दर्जन रेलमार्गको योजना, लगानी जुटाउन हम्मे पर्ने सम्भावना
    adminBy adminSeptember 19, 2024No Comments10 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं ।रेलमार्गको विकास सरकारी प्राथमिकतामा परे पनि यो ज्यादै खर्चिलो हुने देखिएको छ । 

    सरकारले आन्तरिक र अन्तरदेशीय रेलमार्ग सञ्जाल विस्तारका लागि आधा दर्जन परियोजनाको प्रक्रिया अघि बढाइसकेको छ । यी परियोजना पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, नेपाल–भारतीय सीमा जोड्ने क्रशबोर्डर (६ ओटा लिंक) रेलमार्ग, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो रेल आयोजना र नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ एवं नेपाल–भारत जोड्ने काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्ग हुन् । 

    तर, यी रेलमार्ग निर्माण गर्न ठूलो धनराशि खर्चिनुपर्ने देखिएको सरोकारवालाले बताएका छन् । ‘पूर्व–पश्चिम रेलमार्गकोे मुआब्जासमेत जोड्दा अनुमानित लागत नै ४० खर्ब रुपैयाँ पुग्नेछ,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । ९४५ किलोमीटर लामो यो रेलमार्ग बनाइसक्दा ४० खर्ब रुपैयाँ लाग्ने उनको भनाइ छ । 

    यस्तै १४० दशमलव ७९ किलोमीटरको अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्ग बनाउन पनि ३ खर्ब ३९ अर्ब रुपैयाँ (मुआब्जाबाहेक) लाग्ने ‘फाइनल लोकेशन’ सर्वेक्षणले देखाएको मन्त्रालयले उल्लेख गरेको छ । भारत सरकारको अनुदानमा यो परियोजनाको फाइनल लोकेशन सर्वे भएको हो । फाइनल लोकेशन सर्वे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जस्तै हो । तर, यो परियोजनाको पनि वित्तीय मोडालिटीको टुंगो लागेको छैन । 

    बुधवार नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा रेलवे विकासको रोडम्याप’ शीर्षक अन्तरक्रियामा रेल विभागका पूर्वमहानिर्देशक रोहितकुमार बिसुरालले रेल विकासका लागि बजेट नै अपुग हुने गरेको बताए । ‘खर्ब रुपैयाँ लाग्ने योजनामा ५/६ अर्ब बजेट विनियोजन भएको छ,’ उनले भने, ‘आर्थिक वर्ष (आव) २०६६/६७ देखि २०८०/८१ सम्ममा नेपालले रेलमार्गमा जग्गाको मुआब्जासहित ३३ अर्ब २८ करोड रुपैयाँ खर्च गरिसकेको छ ।’ 

    सरकारी अधिकारीहरूले पनि अहिले सरकारले गरिरहेको लगानी अपुग भएको बताए । ‘रेलवे विकासका लागि वार्षिक १२५ अर्ब रुपैयाँ आवश्यक पर्छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भने । 

    सतह यातायातमा रेलमार्ग सडक मार्गभन्दा सस्तो मानिन्छ तर रेलमार्ग बनाउन शुरुआती लागत उच्च हुन्छ । नेपालले अघि बढाएको रेलमार्ग बनाउन पनि उच्च लागत लाग्ने देखिएको हो । 

    अर्थ मन्त्रालयका पूर्वसचिव लालशंकर घिमिरेले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९३ प्रतिशत उपभोगमा खर्च हुने र बाँकी ७ प्रतिशत बचतले ठूला परियोजनामा लगानी जुटाउन कठिन हुने बताए । सरकारले रेल चाहिने भने पनि १६औं पञ्चवर्षीय योजनाले रेलवेबारे स्पष्ट खाका नै नबनाएको उनको टिप्पणी छ । विदेशी लगानी र विकास साझेदारले लगानी गर्छन् भन्ने सोच नै नराख्न सुझाउँदै उनले विदेशी सहायताबाट आउने रकम निकै कम हुने बताए । उक्त अन्तरक्रियामा सरोकारवालाले पूर्व–पश्चिम रेलमार्ग आवश्यक हो कि होइन, लगानीका स्रोत जुटाउने उपाय के हुन् र आगामी २० वर्षमा रेलवे विकास कहाँ पुग्छ भन्ने योजना र त्यसका लागि जनशक्ति सरकारले तयार गरे/नगरेको विषयमा प्रश्न उठाए । ‘पूर्व–पश्चिम रेलमार्ग किन 

    चाहियो ? त्यसकै समानान्तरमा महेन्द्र, हुलाकी, पुष्पलाल र मदन भण्डारी राजमार्ग छन्,’ घिमिरेले भने, ‘बरु हामीले धेरै व्यापार तथा मानिसको मुभमेन्ट हुने उत्तर–दक्षिणतर्फ बढी ध्यान दिनुपर्छ । साथै २० वर्षमा हामी कहाँ पुग्ने र स्रोत जुटाउन ब्लेन्डेड फाइनान्स उपकरण प्रयोगमा गम्भीर रूपमा ध्यान दिनुपर्‍यो अनि लगानी पनि जुटाउन पर्छ ।’ 

    •  रक्सौल–काठमाडौं रेलवेको लागत ३ खर्ब ३९ अर्ब रुपैयाँ (मुआब्जाबाहेक) लाग्ने 
    •  आर्थिक वर्ष २०६६/६७ देखि २०८०/८१ सम्ममा नेपालले रेलमार्गमा जग्गाको मुआब्जासहित गरेको खर्च ३३ अर्ब २८ करोड रुपैयाँ 
    •  १६औं योजनामा रेलसम्बन्धी स्पष्ट नीति र लक्ष्य राखिएन

    उनले काठमाडौं उपत्यकाको मेट्रो रेल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न पनि सुझाव दिए । भौतिक पूर्वाधार मन्त्रालयका शर्माले रेलमार्गबाट धेरै लाभ हुने जान्दाजान्दै पनि लगानी बढाउन र परियोजनालाई सही रूपमा अघि बढाउन नसकिएको बताए । ‘रेलमार्ग र यसको सञ्जाल विस्तारलाई बिर्सेर जाँदा अपेक्षित विकास हुँदैन,’ उनले भने । १६औं योजनामा रेलसम्बन्धी स्पष्ट नीति र लक्ष्य नराखिएको पनि उनले बताए । ‘१५औं योजनामा रेलमार्ग विकासका महत्त्वाकांक्षी लक्ष्य राखिएको थियो,’ सचिव शर्माले भने ।

    शर्माले जग्गा अधिग्रहण रेलमार्ग विस्तारको लागि अर्को चुनौती रहेको बताए । ‘जग्गा पाउन निकै कठिन छ भने मुआब्जा पनि अधिक महँगो छ,’ शर्माले भने, ‘अर्काेतर्फ जनशक्ति तयार गर्नु पनि उत्तिकै आवश्यक छ ।’ मन्त्रालयका अनुसार उल्लिखित रेलमार्ग परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत सम्भाव्यता अध्ययन र पूर्व–पश्चिम रेलमार्गको कतिपय खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको छ । भारत सरकारको सहयोगमा निर्मित जोगवनी–बिजलपुरा रेलवे भने सञ्चालनमा रहेको छ । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.