काठमाडौं । १७ वित्त कम्पनीहरूमध्ये पाँच कम्पनी घाटामा छन् भने १२ कम्पनी नाफामा छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महीनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
नाफामा रहेका वित्त कम्पनीमध्ये प्रोग्रेशिभ फाइनान्सले सबैभन्दा बढी नाफा कमाएको छ । यस कम्पनीले साउन महीनामा मात्रै रू. ८ करोड ८३ लाख नाफा कमाएको हो । साउनमा सर्वाधिक नाफा कमाउने वित्त कम्पनीको सूचीमा दोस्रोमा आइसिएपसि फाइनान्स छ । कम्पनीले सो अवधिमा रू. २ करोड ८५ लाख नाफा कमाएको छ ।
सो अवधिमा सेन्ट्रल फाइनान्सले रू. १ करोड ७१ लाख, मञ्जुश्री फाइनान्सले रू. १ करोड ४५ लाख, गुडवील फाइनान्सले रू. १ करोड ३० लाख र रिलायन्स फाइनान्सले रू. १ करोड २८ लाख नाफा कमाएका छन् ।
यस्तै, गोर्खाज फाइनान्सले रू. ९८ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले रू. ६५ लाख, मल्टीपर्पस फाइनान्सले रू. ६४ लाख र नेपाल फाइनान्स कम्पनीले रू.१५ लाख नाफा आर्जन गरेका छन् ।
साउनमा घाटा व्यहोर्ने वित्त कम्पनीमध्ये समृद्धि फाइनान्सको नोक्सानी सर्वाधिक छ । यस कम्पनीले सो अवधिमा मात्रै रू. ८ करोड ६९ लाख घाटा व्यहोरेको छ । त्यस्तै पोखरा फाइनान्सले रू. २६ लाख, वेष्ट फाइनान्सले रू. १२ लाख, क्यापिटल मर्चेण्ट र नेपाल शेयर मार्केट रू ८/८ लाख घाटामा छन् ।
कुन कम्पनीको नाफा/घाटा कति ?