Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»रास्वपा नेतृको उजुरीका आधारमा पक्राउ पर्दै दुर्गा प्रसाईं, के हो कसूर ?
    Current Affairs

    रास्वपा नेतृको उजुरीका आधारमा पक्राउ पर्दै दुर्गा प्रसाईं, के हो कसूर ?

    वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रसाईंलाई प्रहरीद्ये पक्राउ गरेको छैन । संविधान दिवसको दिन भएकाले उनलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ ।
    adminBy adminSeptember 19, 2024No Comments106 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले निगरानी बढाएको छ ।

    साइबर अपराध गरेको कसूरमा काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंसहित ३ युट्यूबरलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखिरहेको छ ।

    वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले पक्राउ भने गरेको छैन । संविधान दिवसको दिन भएकाले प्रसाईंलाई पक्राउ नगरिएको स्रोतको भनाइ छ । स्रोत भन्छ, “पक्राउको उचित मेसो मिलाइँदैछ ।”

    पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेको र्‍याली र कार्यक्रम बिथोल्न सरकारले आफूविरुद्ध पक्राउ पुर्जी गरेको आरोप लगाएका छन् ।

    आफ्नो पक्षको जनलहर देखेर कार्यक्रम बिथोल्न सरकारले षड्यन्त्र गरेको बताएका उनले बिहीबार विज्ञप्ति जारी गरेर सोही दोहोर्‍याएका छन् ।

    बुधबार पत्रकार सम्मेलनमा गिरफ्तारी दिने बताएका उनले बिहीबार भने पक्राउ पुर्जी खारेजीको माग गरेका छन् । आफूले जनताको पक्षमा आवाज उठाएको कारण सरकारले पक्राउ गर्न खोजेको प्रसाईंको दाबी छ ।

    प्रसाईंले चरित्र हत्या गरेको भन्दै यसअघि साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीअनुसार विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

    के थियो प्रसाईंको कसूर ?

    प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी हुनुको पछाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको हात छ । उनैले प्रसाईंविरुद्ध जाहेरी दिएकी थिइन् ।

    युट्यूब च्यानललाई अन्तर्वार्ता दिँदै प्रसाईंले सङ्ग्रौलामाथि आपत्तिजनक लाञ्छना लगाएका थिए । केही समयअघि कान्तिपुरको मास्टर हेड दुरुपयोग गर्दै एउटा ‘फेक न्यूज’ भाइरल बनाइएको थियो । ‘जापानमा यौन व्यवसायमा संलग्न भनिने ज्वाला सङ्ग्रौला…’ भन्ने टाइटल राखेर उनको तस्वीरसहित फोटोशप गरिएको उक्त सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए ।

    यसपछि गरिएको ‘फ्याक्ट चेक’बाट कान्तिपुरले यस्तो शीर्षकमा कहिल्यै समाचार नछापेको प्रमाणित भइसकेको छ । सोही विषयमा अन्तर्वार्ता लिने दुई युट्यूबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

    अन्तर्वार्तामा प्रसाईंले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला…’ भनेका थिए ।

    प्रसाईंविरुद्ध जाहेरी दिने रास्वपा नेतृ सङ्ग्रौलाले भने आफ्नो चरित्रहत्या गरेकाले जाहेरी दिएको बताएकी छन् ।  “खुलेआम चरित्र हत्या गरेर, मानवताविरुद्ध अपराध गरेकाले पक्राउ पुर्जी जारी भएको हो । पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनुपर्छ, त्यो दुर्गा दाइलाई राम्रोसँग थाहा छ ।”

    प्रसाईंले किन गरे ज्वालाको चरित्रहत्या ?

    दुर्गा प्रसाईंले ज्वालालाई बदनाम गर्न खोज्नुको कारण हो— उनले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओ ।

    गत साउनमा ज्वालाले आफ्नो फेसबूकमा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाका आफन्तको पत्रकार सम्मेलनको भिडिओ राखेकी थिइन् ।

    ती युवकले पत्रकार सम्मेलन गर्दै आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएका थिए । तर, दुर्गा प्रसाईंले आफूले मृत्युदण्डबाट बचाएर युवकलाई स्वदेश ल्याएको दाबी गर्दै आएका छन् । वास्तवमा उनले झुटो प्रचार गरिरहेका थिए ।

    त्यही विषयमा लेख्दा प्रसाईंले उद्धार गरेको भनेर फेसबूकतिर बधाई खाइरहेका थिए । त्यसबारे ज्वालाले भण्डाफोर गरेपछि प्रसाईंले ज्वालाको चरित्रहत्या गरेका थिए ।

    प्रसाईंका कारण आफ्नो चरित्र हत्या भएको र मानप्रतिष्ठामा गम्भीर चोट परेको भन्दै उजुरी दिएपछि ब्यूरोले निगरानी बढाएको हो ।

    कहिले पक्राउ पर्लान् प्रसाईं

    पक्राउ अनुमति माग्ने प्रहरीको साइबर ब्यूरोले भने पक्राउ गर्ने विषयमा अनभिज्ञता प्रकट गरेको छ । प्रवक्ता एसपी दीपकराज अवस्थी पक्राउ पुर्जीबारे आफूलाई केही जानकारी नभएको बताउँछन् ।

    “दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको मेरो जानकारीमा छैन । यो विषय कसरी बाहिर आयो । अनुसन्धानको विषयमा हामीले पक्राउ पुर्जी जारी भयो भन्न नै मिल्दैन । सोधपुछका लागि बोलाउँदा आउनुभएन भने हामीले नियन्त्रणमा लिनुपर्ने पनि हुन सक्छ तर, अहिले यो मेरो नलेजमा छैन ।”

    अरू के-के छन् प्रसाईंविरुद्ध मुद्दा ?

    हातहतियार मुद्दा विचाराधीन रहेकै बेलामा प्रसाईंविरुद्ध अर्काे साइबर क्राइम मुद्दा पनि थपिएको छ । तर, उनी पक्राउ परेमा अरू मुद्दाको समेत चाङ लाग्ने देखिन्छ ।

    केही महिनाअघि उनका दुई निजी सुरक्षागार्ड हतियारसहित सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परेका थिए । उनले लाइसेन्स लिएको देखिए पनि हतियार भने त्योअनुसारका थिएनन् ।

    आफूलाई जनताको सेवक भन्न रुचाउने उनको समूहले कालोमोसो दलेको भन्दै एकजना पूर्वडीएसपीले समेत उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा हालेका छन् ।

    केही व्यापारीले समेत प्रसाईंविरुद्ध चरित्र हत्याको उजुरी दिनसक्ने बताइएको छ । प्रसाईंले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा ‘माडबाडी’ भनेर व्यवसायीको नामै लिँदै विभिन्न आरोप लगाउने गर्थे ।

    त्यसो त प्रसाईं आफैँ युट्यूबर बोकेर हिँड्छन् । समुदायले फर्काएको युवक (पहलमान मगर) लाई उद्धार गरेर ल्याएँ भन्दै उनी जस लिन अगाडि सर्छन् । यस्तै फन्डा गरेर प्रसाईंले सामाजिक सञ्जालमा केही भुइँमान्छेका समर्थन पाउन सफल भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.