Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»माओवादीपछि नेता-कार्यकर्तालाई रास्वपाको निर्देशनः सडकमा उत्रिनुपर्ने हुनसक्छ, तयार रहनू
    News

    माओवादीपछि नेता-कार्यकर्तालाई रास्वपाको निर्देशनः सडकमा उत्रिनुपर्ने हुनसक्छ, तयार रहनू

    adminBy adminSeptember 19, 2024No Comments11 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । नेकपा माओवादी केन्द्रपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ ।

    दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् ।

    संगठन, संसद र सडक (तीन वटै मोर्चा)मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे यो भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।

    यसअघि प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टीपंक्तिलाई कांग्रेस(एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन परिपत्र पठाएका थिए ।

    लामिछानेको प्रतिवेदनको अंशः

    तीन मोर्चामा सशक्त उपस्थिति

    मुलुकको चौथो शक्ति, जनविश्वासको जग र फरक गर्ने स्वघोषणाका कारण पनि हामीसँग विराट जिम्मेवारी छ । हाम्रो उपस्थितिले जगाएको ‘आशा’ बढाउँदै मुलुकको रुपान्तरण र राजनीतिलाई जनसेवाको उच्चतम माध्यम प्रमाणित गर्न असीमित दायित्व छ । हाम्रा नीति–योजना कार्यान्वयन र नागरिकका अपेक्षा सम्बोधन गर्ने सामथ्र्यमा पुग्ने गी जनमत आफ्नो पक्षमा पार्न हामीले निकै मेहनत गर्नुपर्ने छ ।

    नागरिकस्तरमा नीति–विचार पुर्याउने, रुपान्तरणका योजना सुनाउने र उनीहरूका भावनाको सही प्रतिनिधित्व गर्ने अभियान र क्रियाकलापलाई बढवा दिन आवश्यक छ । यसतर्फ सन्निकट रहेको पहिलो महाधिवेशनले पार्टीलाई स्पष्ट निशानिर्देश गर्ने नै छ । महाधिवेशन अघि पार्टीपंक्ति एवं जनस्तरले मुख्य तीन क्षेत्रमा हामीबाट सक्रियता र सुझबुझपूर्ण भूमिकाको अपेक्षा गरेका छन् ।

    १) संगठनः भएका पार्टी संरचनालाई चलायमान र सुदृढ बनाउने । सबै पालिका र वडामा पार्टी विस्तार गर्ने । समितिमा संगठितसहित सदस्यहरूलाई नीति–विचार, सांगठनिक संरचना, राजनीतिक संस्कार र रास्वपा ‘स्कूलिङ’बारे प्रशिक्षित गर्ने ।

    पार्टी कामका प्राथमिकता क्षेत्र निर्धारण गरी केन्द्रदेखि जिल्लासम्मका पदाधिकारी र सदस्यलाई परिभाषित जिम्मेवारी (विषयगत वा भूगोल) दिने । पार्टीको आर्थिक व्यवस्थापनका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने । स्थानीय समितिहरू मार्फत नै जनस्तरमा अन्तरक्रिया बढाउने, अभियान चलाउने र नागरिकका मुद्दा÷समस्याको पैरवी गर्ने ।

    (२) संसदः सदनको उपस्थितिलाई थप रचनात्मक र बुलन्द बनाउने । सरकारका गलत क्रियाकलापविरुद्ध निरन्तर खबरदारी गर्ने । सत्तापक्षबाट हुन सक्ने बलमिचाइँको प्रतिवाद गर्ने । नागरिकका मुद्दा र समस्याको सार्थक पैरवी गरिरहने । संसदीय दलको निर्णयअनुसार गैर–सरकारी विधेयक र सार्वजनिक महत्वका प्रस्ताव लैजाने ।

    कानून बनाउँदा हुन सक्ने स्वार्थ समूहको चलखेलप्रति चनाखो हुने, भण्डाफोर गर्ने । जनमैत्री कानून बनाउने गरी विधेयकहरूमा संशोधन हाल्ने । संसदीय समितिमा तथ्य र तर्कपूर्ण उपस्थिति बढाउने । केन्द्रदेखि वडासम्म छाया सरकार बनाउने ।

    ३) सडकः सरकारका गलत निर्णय र क्रियाकलाप तथा ठूला दलले संसदीय बल प्रयोग गरेर गर्न सक्ने प्रहारविरुद्ध एवं जनाधिकारका पक्षमा अब चाहिँ सडकमा उत्रिनुपर्ने हुनसक्छ भन्ने तयारीमा रहने ।

    जनाकर्षणका लागि सडक लक्षित अभियानात्मक कार्यक्रम बढाउने । सडक केन्द्रित गैरराजनीतिक अभियान र मुद्दामा ऐक्यवद्धता जनाउँदै नेताहरूको व्यक्तिगत उपस्थिति र सक्रियता बढाउने ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.