Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा अवधिमा बाणिज्य बैंकहरुको कर्जा अनुपात ०.६५ प्रतिशतले बढेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको असोज महिनासम्मको वित्तीय विवरण अनुसार २० बाणिज्य बैंकहरुको औसत कर्जा अनुपात ४.०४ प्रतिशत छ । जबकी गत आवको सोही अवधिमा यस्तो अनुपात ३.४० प्रतिशत थियो । कोभिड पछि विश्व अर्थतन्त्रमा परेको नकरात्मक असर अझै पनि कायम नै छ । फलस्वरुप नेपालको बैंक तथा वित्तीय संस्था पनि प्रभावित बनेका छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले कर्जा असुली पनि गर्न सकेका छैनन् । जसका कारण बैंकहरुको खराब कर्जा बढेको बैंकहरू बताउँछन् । तर, यस्तो अवस्थामा…
चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण लाइनको डिजाइनदेखि जडान र सञ्चालन समेतको काम गर्नेगरी २०८० मंसिर २८ गते प्रकाशन गरेको बोलपत्रबाट भएको ठेक्का सम्झौता रद्द हुनगएको हो । पुरक वातावरणीय प्रभाव मुल्यांकन पश्चात बोलपत्र प्रकाशन गरी ठेक्का सम्झौता समेत भएपनि वन तथा वातावरण मन्त्रालयले युनेश्कोको अनुमतीका लागि पत्राचार गरेसंगै हुनगएको बिलम्बका कारण ठेक्का रद्द हुनुपरेको प्राधिकरण श्रोतले जनाएको छ । वन सचिव नेतृत्वको वातावरणीय प्रभाव मुल्यांकन समितिले सो प्रकृयामा युनेश्कोको सहमती खोजेको…
एमालेलाई मीनबहादुरको जग्गादान प्रथम दृष्टिमै कानुनविपरीत, तत्काल हस्तान्तरण नगर्नू : सर्वोच्च
सर्वोच्च अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिनु प्रथम दृष्टिमै कानुनप्रतिकूल भनेको छ। अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले केही महत्त्वपूर्ण प्रश्न उठाउँदै उक्त दानको लेनदेन प्रक्रिया तत्काल अघि नबढाउन भनेको छ। नेकपा एमालेलाई भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरमा १० रोपनी १४ आना दिएको घोषणा गरी भवनसमेत बनाइदिने भनेका छन्। उक्त स्थानमा गत असोज २५ गते नै भवनको शिलान्यास गरिसकिएको छ। तर सर्वोच्च अदालतले भने ‘जग्गा दान प्राप्त गरेको भन्ने कार्य प्रथम दृष्टिमा नै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८(३)…
काठमाडौं । यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष माला खपतको वृद्धिको अपेक्षा गरिएको छ । सयपत्री माला सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको छ, जसबाट करिब ३२ करोड रुपैयाँको कारोबार हुने विश्वास गरिएको छ । गत वर्ष २२ करोड ७५ लाख रुपैयाँ बराबरका ३५ लाख सयपत्री मालाहरू बिकेका थिए, जसमा स्वदेशी उत्पादन ९ लाख र बाँकी २१ लाख माला भारतबाट आयात गरिएको थियो । यसपालि चाहिँ ४० लाख सयपत्री…
भरतपुर, ८ कात्तिक ।भरतपुर महानगरपालिका- २७ धर्मपुर निवासी युवा समाजसेवी कमल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा विश्वप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई भोजन गराएका छन् । निजामती सेवामा कार्यरत काफ्ले हाल चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत छन् । आफ्नो जन्मदिनको अवसर पारी परिवारका साथ विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर- १५ मङ्गलपुर पुगेका उनले कक्षा १० का जेहनदार विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरेका हुन् । त्यस्तै उनले देवघाट समाज कल्याण वृद्धाश्रममा रहेका ५० बढी वृद्धवृद्धालाई बेलुकाको खाना खुवाएका छन् । फजुल खर्च गरेर केक काटेर जन्मदिन मनाउनु भन्दा सामाजिक दायित्वका साथ जन्मदिन…
पोखरा । सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेले आफूलाई सरकारबाट अन्याय भएको आरोप लगाएका छन् । उनले जिल्ला अदालत कास्कीमा बयानका क्रममा आक्रोशमिश्रित बयान दिएका थिए । उनले आफू अन्यायको शिखरमा उभिएर न्यायको याचना गरिरहेको बताएका थिए । आफूलाई राज्यले हद गरेको रविको आरोप थियो । आफूलाई थुनामा राखिएको, राज्यले दम्भ देखाएको, बयान नलिइएको, छलिएको लगायत उनको आरोप थियो । अदालतमा रविले दिएको बयान जस्ताको तस्तैः प्रहरी नायव उपरीक्षक वसन्त शर्माले ‘तपाईंले कुन कागजमा हस्ताक्षर गर्नुभयो?’ भनेर प्रश्न गरेपछि रवि लामिछानेले भन्नुभयोःजहाँ पनि तपाईंको चल्छ, कोर्टमा पनि तपाईंको चल्छ ? एउटा कागज…
पोखरा । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि मााहाेल तातेकाे हो । अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । रास्वपाले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै जनतालाई आफ्नो अभिव्यक्ति राख्न दिनुपर्ने बताएको छ । रविलाई कारवाहीको मागसहित सहकारीपीडितहरूले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने…
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरिएको हो । यस्तै गैह्रापाट आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ। पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शनिबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा ल्याइएकाे हो। लामिछानेलाई ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो।अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो। सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो। २७ दिनदेखि जोशी हिरासतमै छन्। शुक्रबार…
कास्की । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि शुक्रबार रातभर उनका समर्थकहरूले नाराबाजी गरेका छन् ।रविका समर्थकहरूले उनलाई पक्राउ गरेको आक्रोसमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् । प्रहरीले शुक्रबार साँझ पौने ७ बजे लामिछानेलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर पोखरातर्फ लगिएको थियो । लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका…
