Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    • भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»एमालेलाई मीनबहादुरको जग्गादान प्रथम दृष्टिमै कानुनविपरीत, तत्काल हस्तान्तरण नगर्नू : सर्वोच्च
    News

    एमालेलाई मीनबहादुरको जग्गादान प्रथम दृष्टिमै कानुनविपरीत, तत्काल हस्तान्तरण नगर्नू : सर्वोच्च

    adminBy adminOctober 28, 2024No Comments29 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सर्वोच्च अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिनु प्रथम दृष्टिमै कानुनप्रतिकूल भनेको छ।

    अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले केही महत्त्वपूर्ण प्रश्न उठाउँदै उक्त दानको लेनदेन प्रक्रिया तत्काल अघि नबढाउन भनेको छ।

    नेकपा एमालेलाई भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरमा १० रोपनी १४ आना दिएको घोषणा गरी भवनसमेत बनाइदिने भनेका छन्। उक्त स्थानमा गत असोज २५ गते नै भवनको शिलान्यास गरिसकिएको छ।

    तर सर्वोच्च अदालतले भने ‘जग्गा दान प्राप्त गरेको भन्ने कार्य प्रथम दृष्टिमा नै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३८(३) र ३८(६) को व्यवस्थाअनुकूल नदेखिएको’ भनेको छ।

    यस्तै, सोही ऐनको दफा ३८(५) मा भएको “आर्थिक सहयोग प्रदान गर्दा दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न हुँदैन भन्ने कानुनी व्यवस्था तथा सत्तामा रहेको दललाई फाइदा हुने, पारदर्शिता नहुने, निर्वाचन लगायत प्रकृयाहरू प्रभावित भई लेनदेन (केही दिएवापत् केही लिने अवस्था)को सृजना हुन सक्ने पनि अदालतले भनेको छ।

    अर्थात्, व्यवसायी गुरुङबाट यति ठूलो दान प्राप्त गर्दा एमालेले सित्तैमा प्राप्त गरेको हो भन्ने कुरामा अदालतले आशंका गरेको छ र पारदर्शिताको पनि अभाव देखाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमै भएकाले स्वार्थको द्वन्द्व देखिन सक्ने संकेत पनि आदेशमा गरिएको छ।

    एउटा दलविशेषलाई पोस्ने गरी एकजना व्यवसायीले यति ठूलो लगानी गरेपछि त्यसबाट निर्वाचन समेत प्रभावित हुन सक्ने सम्भावतातर्फ पनि अदालतको आदेशले इंगित गरेको छ। 

    त्यसैले दुवै तर्फको बहस सुनी अन्तरिम आदेशबारे निर्क्योल गर्नुपर्ने भन्दै अदालतले कात्तिक २५ गते छलफलका लागि बोलाएको छ। यसमा इजलासले नै पेसीसमेत तोकिदिएको छ।

    अदालतबाट अर्को आदेश नभएसम्म अब उक्त जग्गादान प्रक्रिया रोकिएको छ। आदेशमा भनिएको छ, ‘अन्तरिम आदेशको छलफलबाट टुंगो नलागुन्जेल २०८१ असोज २५ मा दान लिएको भनिएको १० रोपनी १४ आना जग्गा दान लिई हक हस्तान्तरण लगायतको कामकारबाही नगर्नू नगराउनू।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,586

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024567

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025463
    Don't Miss
    News
    News

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    By adminOctober 30, 2025

    काठमाडौँ- आज देशका विभिन्न भागमा ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकोले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान…

    भरतपुरमा स्कुटर दुर्घटना हुदा दुई युवकको मृत्यु

    October 21, 2025

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.