Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»बैंकहरुको खराब कर्जा बढ्यो, तीन वटाको ५ प्रतिशत भन्दा माथि
    Banking

    बैंकहरुको खराब कर्जा बढ्यो, तीन वटाको ५ प्रतिशत भन्दा माथि

    adminBy adminOctober 29, 2024No Comments18 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा अवधिमा बाणिज्य बैंकहरुको कर्जा अनुपात ०.६५ प्रतिशतले बढेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको असोज महिनासम्मको वित्तीय विवरण अनुसार २० बाणिज्य बैंकहरुको औसत कर्जा अनुपात ४.०४ प्रतिशत छ । जबकी गत आवको सोही अवधिमा यस्तो अनुपात ३.४० प्रतिशत थियो । 

    कोभिड पछि विश्व अर्थतन्त्रमा परेको नकरात्मक असर अझै पनि कायम नै छ । फलस्वरुप नेपालको बैंक तथा वित्तीय संस्था पनि प्रभावित बनेका छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले कर्जा असुली पनि गर्न सकेका छैनन् । जसका कारण बैंकहरुको खराब कर्जा बढेको बैंकहरू बताउँछन् । तर, यस्तो अवस्थामा बैंकहरुमा लामो समय रहनु जोखिमपूर्ण हुने बैंकहरू बताउँछन् । 

    गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा तीन वटा बैंकले खराब कर्जा घटाएका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक र एसविआई नेपाल बैंकले खराब कर्जा घटाएका हुन् । 

    तथ्यांक अनुसार कृषि विकास बैंकको चालु आवको पहिलो त्रैमास अवधिमा खराब कर्जा ४.७८ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा ५.३३ प्रतिशत थियो ।
    एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ । गत आवको सोही अवधिमा ०.९० प्रतिशत थियो । त्यस्तै, नेपाल एसविआई बैंकको चालु आवको पहिलो त्रैमासमा १.८४ प्रतिशत खराब कर्जा छ । गत आवको सोही अवधिमा यस्तो कर्जा २.३५ प्रतिशत थियो । 

    सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५  प्रतिशत भन्दा माथि पुगेको छ । 

    तथ्यांक अनुसार सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत छ । त्यस्तै सनराइज र इन्भेष्टमेन्ट बैंकको क्रमश ५.४४ प्रतिशत र ५.८४ प्रतिशत छ । 

    बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो त्यति नै बैंक तथा वित्तीय संस्थाको अवस्था बलियो भएको मानिन्छ । खराब कर्जा कम हुँदा बैंकहरुको जोखिम पनि कम हुन्छ । बैंकले प्रोभिजन गर्नुपर्ने रकम भएपछि बैंकको नाफा वृद्धि हुन्छ । त्यसैले राष्ट्र बैंकले खराब कर्जाको अनुपात ५ प्रतिशत भन्दा तल हुनुपर्ने व्यवस्था गरेको छ । 

    राष्ट्र बैंकले वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले प्रवाह गरेको कर्जाको भाका नाघेको एक महिनासम्मलाई असल कर्जामा मान्नुपर्नेछ । यस्तो कर्जाको एक प्रतिशत प्रोभिजन गर्नुपर्नेछ । भाका नाघेको तीन महिना पछि वाचलिष्टमा राख्नुपर्नेछ । यस्तो कर्जाको बैंकहरुले ५ प्रतिशत प्रोभिजन गर्नुपर्नेछ । ६ महिना नाघेको कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्नेछ । 
    भाका नाघेको एक वर्षसम्म पनि सावा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई शङ्कास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । 

    एक वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जामा बैंकले सतप्रतिशत प्रोभिजन गरी त्यस्तो कर्जालाई खराब कर्जा मान्नुपर्नेछ । 

    चालु आवको पहिलो त्रैमास अवधिमा एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ ।  नेपाल एसविआईको १ं.८४ र स्ट्याण्डर्ड चार्टड बैंकको १.९५ प्रतिशत छ । 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,151

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024573

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025470
    Don't Miss
    News
    News

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    By Laxman GautamJanuary 15, 2026

    चितवन , माघ १ – माघे संक्रान्ति पर्वको अवसर पारी रेवा त्रिवेणीधाममा स्नानमा आएका भक्तजनहरु…

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.