Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान, सयपत्री, मखमलीको उच्च माग
    Life Style

    तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान, सयपत्री, मखमलीको उच्च माग

    adminBy adminOctober 27, 2024No Comments21 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । यो वर्षको तिहारमा ४५ लाख २५ हजार माला खपत हुने अपेक्षा गरिएको छ । यसमा विशेषगरी सयपत्री, मखमली, गोदावरी, र मिक्स फूलका मालाहरूको उच्च माग रहेको छ ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यस वर्ष माला खपतको वृद्धिको अपेक्षा गरिएको छ ।

    सयपत्री माला सबैभन्दा धेरै खपत हुने अनुमान गरिएको छ, जसबाट करिब ३२ करोड रुपैयाँको कारोबार हुने विश्वास गरिएको छ । गत वर्ष २२ करोड ७५ लाख रुपैयाँ बराबरका ३५ लाख सयपत्री मालाहरू बिकेका थिए, जसमा स्वदेशी उत्पादन ९ लाख र बाँकी २१ लाख माला भारतबाट आयात गरिएको थियो ।

    यसपालि चाहिँ ४० लाख सयपत्री माला आवश्यक पर्ने अनुमान गरिएको छ । एसोसिएसनका अनुसार २५ लाख मालाहरू स्वदेशी उत्पादन हुनेछ भने १५ लाख माला भारतबाट आयात गरिनेछ । तथापि, भारतीय माला आयातको प्रक्रिया अझै सरकारको अनुमतिमा निर्भर रहेको एसोसिएसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताए ।

    यस वर्षको उत्पादनमा कमी आउनुको प्रमुख कारण किसानहरूलाई फुल बिक्री नभएर गत वर्ष सयपत्री फूल फाल्नुपरेको हो। जसका कारण धेरै किसानले यसपटक फूल लगाउन हतोत्साही भए । साथै, असोज महिनाको अविरल वर्षाले पनि फूल खेतीमा नकारात्मक प्रभाव पारेकोले यसपटक सयपत्री मालाको मूल्यमा वृद्धि हुने सम्भावना छ ।

    यसैगरी, तिहारमा मखमली फूलको ३ लाख २५ हजार मालाहरू आन्तरिक बजारमा खपत हुने र १ लाख ५० हजार निर्यात हुने बताइएको छ । मखमली र गोदावरी मालाहरूको मूल्यमा ठूलो वृद्धि नहुने अपेक्षा गरिएको छ, किनकि नेपाल यी फूलहरूमा आत्मनिर्भर भइसकेको छ ।

    यो वर्ष पनि २० हजार गोदावरी मालाको खपत हुने अनुमान छ, जसको प्रति मालाको मूल्य करिब १ हजार रुपैयाँ पर्नेछ । गत वर्ष मखमली मालाको मूल्य ४२ रुपैयाँ ६५ पैसा रहेको थियो भने यसपालि प्रति मालाको मूल्य ४५ रुपैयाँ पुग्नसक्ने अनुमान गरिएको छ ।

    यसरी, यसपालि तिहारको फूल बजारमा स्वदेशी उत्पादनको महत्त्व झल्किन्छ, जहाँ मागको पुरा आपूर्ति गर्न बाह्य आयातमा धेरै निर्भरता राख्न नपरोस् भन्ने एसोसिएसनको लक्ष्य छ । फूल खेतीलाई अझ सघन बनाउँदै जाने योजना पनि यसै सन्दर्भमा अघि सारिएको छ, जसले ग्रामीण क्षेत्रका किसानलाई लाभ दिलाउने विश्वास लिइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,151

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024573

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025470
    Don't Miss
    News
    News

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    By Laxman GautamJanuary 15, 2026

    चितवन , माघ १ – माघे संक्रान्ति पर्वको अवसर पारी रेवा त्रिवेणीधाममा स्नानमा आएका भक्तजनहरु…

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.