Author: admin

काठमाडौं- जनताको अर्बौँ रूपैयाँ अपचलन भएपछि बल्ल सरकारले अध्यादेशमार्फत समाधानका केही विकल्प निकालेको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेसँगै सकारलाई कार्यान्वयनको बाटो खुलेको छ।सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारीसम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय गरेको थियो। जसअनुसार सहकारी ऐन २०७४, राष्ट्र बैंक ऐन २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ मा संशोधन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। झन्डै ५ सयभन्दा बढीको संख्यामा ठूला सहकारी समस्यामा रहेका छन्।काठमाडौंमा ओरिएन्टल सहकारीमा सुरु भएको ठूलो रकम हिनामिना पछि सिभिल सहकारीमा पनि देखियो। गौतमश्री, ललितपुरमा देउराली र पूर्व धरानमा बराह, पोखरामा सूर्यदर्शनदेखि जस्ता…

Read More

गैँडाकोट, १५ पुस ः नौ बुँदे नवलपुर चितवन घोषणपत्र जारी गर्दै नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तार बैठक सम्पन्न भएको छ । दुई दिनसम्म नवलपुरको गैँडाकोटमा बसेको महासङ्घको विस्तार भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका विभिन्न बुँदाहरु समेट्दै घोषणापत्र जारी गरेको हो ।केन्द्रीय भेला संयोजक डा तिलचन्द्र भट्टराईले यहाँको भृकुटीका कागज कारखानालगायत बन्द अवस्थाका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पूर्ण सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत किसिमले व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभासपूर्ण ऐन कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको हो । रातोपाटीलाई प्राप्त अभियोगपत्रअनुसार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको हो । सरकारी वकिल कार्यालयका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब ११ करोड ४० लाख ४५ हजार ३५ रुपैयाँ सत्र पैसा रहेको छ । यस्तै कुल बिगो १ अर्ब…

Read More

पोखरा । सूर्यदर्शन सहकारीको बचत अपचलनमा आइतबार जिल्ला अदालत कास्कीमा थप ३३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ । फरक फरकलाई फरक बिगो र सजाय माग गरेर मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दामा प्रतिवादी लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी वास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल तामाङ, नविन अछामी रहेका छन् । यस्तै रविना…

Read More

२०८१ कार्तिक २४, शनिवारदुर्लव पाेखरेलचितवन। राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् ।नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञावलीकाे प्रमुख आतिथ्य तथा राष्ट्रिय जनसास्कृतिक महासँघका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज पुष्प आचार्यकाे विशिष्ट आतिथ्यतामा शनिबार सम्मपन्न सात अधिवेशनले कृष्ण खनालकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएकाे निवर्तमान हुनुभएका महासँघका जिल्ला अध्यक्ष केदार दवाडीले जानकारी दिए । अधिवेशनमा विशिष्ट अतिथि समेत रहनुभएका नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले बदलिँदो अवस्थामा देशका कलाकर्मीहरुकाे समेत भुमिका बदलिएका कारण प्रतिस्पर्धामा अव्वल जनशक्ति निर्माण गर्दै पार्टी र जनताकाे पक्षमा जनवादी कला र साहित्यका माध्यमबाट सकृय रहन आव्हान गर्दै शुभकामना…

Read More

काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म साढे १० अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो। नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ४६० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म बीमकहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा…

Read More

चितवन, कात्तिक २३- जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्रि सडकमा मात्रै १०७ दुर्घटना भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गतसाउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष…

Read More

भरतपुर,कात्तिक २३- मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन । नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो । उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् । सन्तोषका साथि समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडाध्यक्ष दिपक दवाडीले चितवन दुर्घटनामा परेर भुषाल दम्पतीको निधन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘संगै पढेको साथि गुमाउनुपर्दा निकै पिडा भएको छ,तिहारपछि चितवनमा भेटेर चिया खाने धोको…

Read More

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडी-३, मलाही टोलमा १ वटा घर भत्काएको छ । बिहीबार राती ११ः४५ बजे मलाही टोलमा आइपुगेको हात्तीले मलाही टोल (रतनी गाउँ) स्थित ठगुवा महतोको घर भत्काएको हो । घरको पाली भत्किनुका साथै छानोमा रहेको टायल फुटाएको छ । त्यसक्रममा हात्तीले घरमा रहेको महतो परिवारलाई आक्रमणको प्रयास गरेको तर परिवार सदस्य सबै भागेर ज्यान जोगाएको स्थानीयबासी आशिष सहनीले बताउनुभयो । घर भत्काएर अगाडि बढेको हात्तीले सन्तरेशा सहनीको धानबाली खाएर समेत क्षती गरेको थियो । बस्तीमा हात्ती आएको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गरेपछि हात्ती फर्र्किएको सहनीले जानकारी दिनुभयो । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन…

Read More