Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक
- चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु , स्थानीय आन्दोलित
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
Author: admin
२०८१ कार्तिक २४, शनिवारदुर्लव पाेखरेलचितवन। राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् ।नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञावलीकाे प्रमुख आतिथ्य तथा राष्ट्रिय जनसास्कृतिक महासँघका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज पुष्प आचार्यकाे विशिष्ट आतिथ्यतामा शनिबार सम्मपन्न सात अधिवेशनले कृष्ण खनालकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएकाे निवर्तमान हुनुभएका महासँघका जिल्ला अध्यक्ष केदार दवाडीले जानकारी दिए । अधिवेशनमा विशिष्ट अतिथि समेत रहनुभएका नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठकले बदलिँदो अवस्थामा देशका कलाकर्मीहरुकाे समेत भुमिका बदलिएका कारण प्रतिस्पर्धामा अव्वल जनशक्ति निर्माण गर्दै पार्टी र जनताकाे पक्षमा जनवादी कला र साहित्यका माध्यमबाट सकृय रहन आव्हान गर्दै शुभकामना…
बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, सबैभन्दा धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स
काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म साढे १० अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो। नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ४६० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म बीमकहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा…
चितवन, कात्तिक २३- जिल्लामा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा भित्रि सडकमा मात्रै १०७ दुर्घटना भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गतसाउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष…
भरतपुर,कात्तिक २३- मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन । नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो । उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् । सन्तोषका साथि समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडाध्यक्ष दिपक दवाडीले चितवन दुर्घटनामा परेर भुषाल दम्पतीको निधन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘संगै पढेको साथि गुमाउनुपर्दा निकै पिडा भएको छ,तिहारपछि चितवनमा भेटेर चिया खाने धोको…
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएको जंगली हात्तीले माडी-३, मलाही टोलमा १ वटा घर भत्काएको छ । बिहीबार राती ११ः४५ बजे मलाही टोलमा आइपुगेको हात्तीले मलाही टोल (रतनी गाउँ) स्थित ठगुवा महतोको घर भत्काएको हो । घरको पाली भत्किनुका साथै छानोमा रहेको टायल फुटाएको छ । त्यसक्रममा हात्तीले घरमा रहेको महतो परिवारलाई आक्रमणको प्रयास गरेको तर परिवार सदस्य सबै भागेर ज्यान जोगाएको स्थानीयबासी आशिष सहनीले बताउनुभयो । घर भत्काएर अगाडि बढेको हात्तीले सन्तरेशा सहनीको धानबाली खाएर समेत क्षती गरेको थियो । बस्तीमा हात्ती आएको थाहा पाएसंगै गाउँलेहरुले होहल्ला गरेपछि हात्ती फर्र्किएको सहनीले जानकारी दिनुभयो । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन…
नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्। मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई…
चितवन , कार्तिक २३ – माडी नगरपालिका वडा नं ८ स्थित बैकुण्ठ तालमा आज दिउसो चिप्लिएर बेपत्ता भएका पुरुषकाे शव तालकाे हिलोमा गडेको अवस्थामा भेटिएकाे छ । ससत्र प्रहरीको कुरिनटारबाट आएको गोताखोर सहितको बिपद् उद्धार प्राविधिक टोलीले भ.न.पा-१६ स्थित शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव अहिले साँझ तालबाट बाहिर निकालिएको हो । फोटो खिँच्ने क्रममा बिहान करिब ११ः३० बजे लेउ लागेको ढुङ्गाबाट खुट्टा चिप्लिएर पानीमा डुबेर बेपत्ता भएका उनि हिलोमा गडेको अवस्थामा मृत भेटिएका हुन्।
पोखरा— पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ। सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ। प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन। अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका…
काठमाडौं । तिहारको मुख्य दिन दिदीबहिनीले एकअर्कालाई टीका लगाई दिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । यसबारे जान्न र बुझन जरुरी छ । जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका ।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्ती भन्दा भिन्न छ ।…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् । सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । त्यस्तै, सभापति देउवाले एमालेसंगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको धारणा राखे । अहिलको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । त्यस्तै, देउवाले कुनै पनि क्षेत्र…
