Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो उद्योग व्यवसायीको राष्ट्रिय भेला
    Current Affairs

    नौ बुँदे घोषणा पत्र जारी गर्दै सकियो उद्योग व्यवसायीको राष्ट्रिय भेला

    adminBy adminDecember 30, 2024No Comments39 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    गैँडाकोट, १५ पुस ः नौ बुँदे नवलपुर चितवन घोषणपत्र जारी गर्दै नेपाल उद्योग तथा व्यवसाय महासङ्घको राष्ट्रिय विस्तार बैठक सम्पन्न भएको छ । दुई दिनसम्म नवलपुरको गैँडाकोटमा बसेको महासङ्घको विस्तार भेलाले वर्तमान समयमा उद्योग क्षेत्रमा देखिएका विभिन्न बुँदाहरु समेट्दै घोषणापत्र जारी गरेको हो ।
    केन्द्रीय भेला संयोजक डा तिलचन्द्र भट्टराईले यहाँको भृकुटीका कागज कारखानालगायत बन्द अवस्थाका देशका सबै उद्योगलाई सरकार र निजी साझेदारीको अवधारणामा पूर्ण सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गर्नुभयो । व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत किसिमले व्यवसाय सञ्चालन गर्न चाहे पनि विरोधाभासपूर्ण ऐन कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गर्नुभयो । राष्ट्रिय पुँजी निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरु कृषि, पर्यटन, जलस्रोत, आइटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताउनुभयो ।
    नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहोरजन्य पदार्थ बिसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रुपमा विकास गर्न माग गरिएिको छ । त्यस्तै, कोरोला नाका सहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ ।
    नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकी मुलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढीहुँदै माडी ठोरीसम्मको द्रुुत मार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ । दुई ठूला प्रमुख राजनीतिक दलहरु सहभागी भइ निर्माण भएको सरकारले छोटो समयमा नै आर्थिक क्षेत्रमा देखिएको अन्योल ग्रस्त अवस्थालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने गरी आशाका किरणहरु प्रवाह गर्न थालेकोप्रति उद्योगी व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । अझै पनि लगानीको वातावरण निर्माण नभइसकेको भन्दै राष्ट्रिय भेलाले आर्थिक गतिविधिमा अवरोध ल्याउने विरोधाभासपूर्ण ऐन कानुन र नियमावली संशोधन गर्दै व्यवसायमैत्री कर प्रशासन ल्याउन माग गरेको छ ।
    दुई दिनसम्म चलेको भेलाले उद्योगी व्यवसायीहरुका वर्तमानका चुनौतीहरुलाई सामना गर्दै अवसरको रुपमा विकास गर्नसक्ने चुस्त दुरुस्त सङ्गठन निर्माण गर्न विधान परिमार्जन गरिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले बताउनुभयो । देशभरबाट करिब तीन सय ५० प्रतिनिधि सहभागी भएको भेलाको उद्घाटन नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो । भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले राज्यले अपेक्षा गरेको उद्योग व्यवसायीको भूमिका र संगठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तथ्याङ्कसहित वर्तमान आर्थिक अवस्था, अर्थनीति र मौद्रिक नीतिमा गरिएका सुधारका विषयहरु चर्चा गर्नु भएको थियो । भेलामा उपस्थित व्यवसायी प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीद्वारा मुलुकमा व्यवसायीले भोग्नु परेका समस्याहरुको बारेमा राखिएका जिज्ञासाहरु खतिवडाले सहजीकरण गर्दै ऐन, कानुन परिवर्तन गर्नुपर्ने विषयमा पहल कदमी लिने आश्वासन दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,598

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,155

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024580

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025474
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.