Author: Laxman Gautam

तनहुँ, जेठ १९ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्वर्गीय बीमित दिनेश बहादुर भुजेल थापाको बीमा बापतको मृत्यु दाबी रकम रु. १२ लाख ३४ हजार हकवाला भिम बहादुर घर्तीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, दुलेगौंडा शाखा प्रमुख सुनील तिमिल्सिना, अभिकर्ता, शुभेच्छुक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पौडेलले वर्तमान समयमा प्राकृतिक विपत्ति, दुर्घटना तथा विभिन्न जोखिमहरू बढ्दै गइरहेको अवस्थामा जीवन बीमा प्रत्येक परिवारको आर्थिक सुरक्षाको आधार बनेको बताउनुभयो। उहाँले बीमाले विपत्तिको समयमा परिवारलाई आर्थिक सहारा प्रदान गर्ने…

Read More

चितवन , जेठ १३ – चितवनको माडीमा आयोजना हुन लागेको “माडी मौलिक संस्कृति उत्सव–२०८३” बारे आज भरतपुरस्थित उद्योग संघ चितवनको सभाहालमा पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको छ ।माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्द्धनमा आगामी जेठ १५ गते बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुन लागेको उक्त उत्सव माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा सामाजिक सद्भावलाई संरक्षण, प्रवर्द्धन र उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।पत्रकार सम्मेलनका क्रममा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले उत्सवको उद्देश्यबारे प्रकाश पार्दै माडीमा बसोबास गर्ने विभिन्न जातजाति, समुदाय र संस्कृतिलाई एउटै मञ्चमा जोडेर आपसी सद्भाव, पहिचान र सांस्कृतिक गौरवलाई थप बलियो…

Read More

चितवन , जेठ ११- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा द्वारा विमा सचेतना , अन्तरक्रिया तथा छलफल कार्यक्रम चितवनको माडी बसन्तपुरमा सम्पन्न गरेको छ । माडी नगरपालिका वडा नम्बर ५, वडा नम्बर ७ टोल बिकास संस्था तथा माडी बहुमुखी क्याम्पसका सहभागीहरु सम्मीलित प्रतिनिधीहरु लाई तालिम दिइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथी तथा माडी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गणेश घताने , वडा नम्बर ७ का अध्यक्ष चन्द्राकुमारी वानिया बिशिष्ठ अतिथि र सामाजिक अगुवा भागिरथ बस्याल, होमस्टे संघ नेपालका बागमती प्रदेश उपाध्यक्ष जितबहादुर चापागाइ लगायत अतिथी रहनु भएको थियो । उदघाटन कार्यक्रमका प्रमुख…

Read More

चितवन , जेठ ८ – चितवनको भरतपुर स्थित बडा नम्बर ७ मर्स्याङदी टोलमा आफ्ना स्वर्गीय पति र पिताको स्मृतिमा आमाछोराले सुबिधा सम्पन्न विश्राम स्थल निर्माण गरि उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका बडा नम्बर ७ मर्यस्याङदी टोल मार्ग नम्बर १९ मा निर्माण गरि स्वर्गिय रजङ गुरुङका श्रीमती तीर्थकाशी गुरुङ र ९१ बर्षिया साहिँला दाजु श्री राजमान गुरुङद्वारा सँयुक्त रुपमा जेठ ६ गते उदघाटन गरिएको हो । उद्घाटन कार्यक्रममा भरतपुर ७ का जनप्रतिनिधि मीन बहादुर गुरुङ , मर्स्यस्ङदी टोल बिकास संस्थाका अध्यक्ष माधब रेग्मी , गुराँस तमु समाजका संस्थापक अध्यक्ष हितमान गुरुङ , बर्तमान अध्यक्ष कल्सिराम गुरुङ ,गुरास तमु आमा समुहकी…

Read More

चितवन , जेठ ३ – नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ¥यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञवाली रहेका थिए । उनले सो अवसरमा मदन–आश्रितले छोडेर गएको विचारले अप्ठयारोमा पनि जुटिरहने सङ्कल्प प्राप्त भएको धारणा व्यक्त गरे । त्यस्तै बागमती प्रदेशसभा संसदीय दलका नेता एवम् पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेता द्वयको तेजश्वी सोचलाई अझ…

Read More

काठमाडौं, २८ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेल ले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यसपटक नतिजामा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ४.१७ प्रतिशतले नतिजा सुधारिएको बोर्डले जनाएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको थियो । सोहीअनुसार यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरिएको थियो । यही व्यवस्थाका कारण परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक…

Read More

चितवन , बैशाख २० – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई टोलवासिले आर्थिक सहयोग गरेका छ्न । टोलमा रहेकी सुनिता लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी केही दिन अगाडी दिल्लिको राजिव गान्धी अस्पतालमा बोनम्यारो टान्सप्लान्ट गरिएपछि उनको उपचारमा कमि हुन नदिन टोलबासिले आर्थिक सहयोग गरेका हुन । सुनिताको उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । आर्थिक सहयोगका लागि भरतपुर ७ स्थित मर्स्याङदी टोल बिकास संस्था , मर्स्याङदी…

Read More

चितवन , बैशाख १४ – चितवनको माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर स्थाही बसोबास भई हाल भरतपुर–७ कृष्णपुर मर्स्याङदी टोलमा बस्दै आउनुभएकी सुनिता कार्की लाई बोनम्यारो क्यान्सर रोग देखिएपछी उपचारका लागि आर्थिक सहयोग अभियान तिब्र पारिएको छ । उपचारका क्रममा अहिलेसम्म करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको थप उपचारका लागि आर्थिक अभाब भएको भन्दै परिवारले अनुरोध गरेपछी आर्थिक संकलन अभियान लाई तिब्र बनाइएको हो । बिरामी सुनिता कार्कीको केही दिन पहिले भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा आफ्नै भाइ सुदन ढकाल बाट बोनम्यारो टान्सप्लान्ट गरिएको हो । हाल उनको स्वास्थ अबस्था सुधार हुँदै गएपछी उपचार प्रक्रिया जटिल र लामो हुने भएपछी…

Read More

चितवन , बैशाख १२ – जिल्लामा रगतको अभाव भैरहेको बेला भरतपुर स्थित हाकिमचोकमा रहेको सामाजिक बिकास बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १८ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । खुला रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले रगत दान गरेका सहकारी संस्थाका सचिब सन्तोष दवाडीले बताउनु भयो । रक्तदान कार्यक्रम लाई सम्पन्न गर्नका लागि विभिन्न दाता सहयोगीहरुले सहयोग गरेका संस्थाका अध्यक्ष नरेन्द्र सापकोटाले बताउनु भयो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो । २०६४ सालमा स्थापना भएको सहकारी संस्थाका हाल ६८७ जना शेयर सदस्य रहेका छ्न ।…

Read More

सुवास लामिछाने , माडी , बैशाख ७ – माडी नगरपालिका–स्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको दोस्रो कार्यकालका लागि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा शिवजी गायक पुनः निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा गायकले प्रतिद्वन्द्वी शिव लामिछानेलाई स्पष्ट मतान्तरले पराजित गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिनुभएको हो। निर्वाचन परिणामअनुसार गायकले ७ मत प्राप्त गर्दा लामिछाने २ मतमा सीमित हुनुभयो। समितिको अन्य पदाधिकारीहरू भने सर्वसम्मत रूपमा चयन भएका छन्। उपाध्यक्षमा गिरीधारी सुवेदी, सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने तथा शिवहरि सुवेदी चयन हुनुभएको छ। अध्यक्ष बाहेकका…

Read More