Author: Laxman Gautam

चितवन ,असोज ६ – समुन्नत समाजका लागी नेतृत्व लाई आत्मसाथ गर्दै माडी जेसीजद्वारा आयोजित जेसीज सप्ताह अन्तर्गत आज सोमबार माडी नगरपालिका वडा नं ७ देवेन्द्पुरमा डस्टविन वितरण तथा दक्षिण कालिका शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी जेसीज सदस्य,स्थानीय समुदाय र मन्दिर ब्यवस्थापन समिति द्दारा सयुक्त रुपमा सरसफाई गरि फोहोर मैला ब्यवस्थापनको लागी डस्टविन वितरण गरिएको हो। माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी ईश्वर रानाभाट को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा माडी जेसीजका मानर्थ सदस्य श्री भागीरथ बस्याल , जेसीज वर्ष २०२५ का कोषध्यक्ष मुल संयोजक जेसी प्रकाश सुवेदी,कार्यक्रम संयोजक माडी जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी…

Read More

चितवन , असोज ३ – माडी–भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो स्तरउन्नती गर्ने कार्य रोकिएको छ। रुख काटेको भन्दै छानबिन समिती बनाएपछि सडक स्तरोन्नति रोकिएको हो । जेनजीको आन्दोलन सगै भदौ २४ गते देशव्यापी अशान्ति भइरहेको बेला स्तरोन्नतिका क्रममा ३० भन्दा बढी रुख काटिएको भन्दै वन विभागले छानबिन गर्न निर्देशन दिएको जनाइएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाटो बनाउन अनुमति भए पनि रुख काट्ने स्वीकृति नगरपालिकालाई दिइएको थिएन। वन्यजन्तुमैत्री मार्ग बनाउनुपर्ने भन्दै विभागले संरक्षण अधिकृतको संयोजकत्वमा छानबिन समिति बनाएको बताइएको छ । माडी नगरपालिकाले पाँच करोड ७५ लाख रुपैयाँ बजेट रकमान्तर गरी पिच गर्ने तयारी गरेको…

Read More

चितवन , भदौ १८ – समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान अन्तर्गत कंचनपुरको गड्डाचौकी बाट सुरु भएको मेची-महाकाली जागरण यात्रा चितवन आइपुगेको छ । देशभित्र बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सुरु गरिएको हो । अभियानले देशका प्रमुख शहरका विभिन्न स्थानमा जागरुक यात्रा तथा बिबिध कार्यक्रम गर्दै मेचीसम्मको यात्रामा गर्ने जनाएको छ । यात्राको क्रममा विभिन्न शहरमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, युवामा आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रप्रति जागरण फैलाउने योजना रहेको जनाएको छ । अभियानले धरानमा नगर प्रमुख हर्क साम्पाङसँग भेट गर्ने र श्रमदान कार्यक्रममा सहभागी हुने तयारी पनि गरेको अभियानका संयोजक प्रेमराज भट्टले बताए ।…

Read More

चितवन, भदौ १४-चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट जादै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डाक्टर बिप्लब भट्टको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

चितवन , भदौ ७ – यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ माडीका शिक्षक एवं गजलकार राजु दिप आचार्यलाई प्रदान गरिएको छ । आज शनिबार मोतीरामको भट्टको जयन्तीको अबसर पारेर उहाँले नेपाली गजल र साहित्यका क्षेत्रमा खेलेको भूमिकालाई स्मरण गर्दै गजल मंच चितवनले उहाँ लाई सम्मान गरेको हो । चितवनका ख्यातिप्राप्त गजल तथा साहित्यकार एवं लोकप्रिय पत्रकार स्व. द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट आचार्य सम्मानित हुनुभएको हो । कार्यक्रममा विभिन्न बिधाका साहित्यकारहरुको सहभागिता रहेको थियो । आचार्यले लामो समयदेखि माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा पढाउदै आउनुभएको छ । विभिन्न समयमा थुप्रै गजल तथा लेख रचना समेत लेख्दै आउनुभएको छ…

Read More

निराज रानाभाट – चितवन । सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका -२६, ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा चन्दा अर्याल, रमेश श्रेष्ठ ( मेलोडी ), अनिल सुनार, सरिता…

Read More

चितवन , भदौ ६ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी आमा समुहले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेका आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व गर्दै तिज बिशेष शुभकामना तथा साधारणसभा कार्यक्रम सम्पन्न गरेको हो ।आज शुक्रबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले र बिशिष्ठ अतिथिहरुमा भरतपुर महानगर संघ संस्था समन्वय प्रमुख पन्चमाया तामाङ , वडा सदस्य अमृता गौतम , टोल बिकाश संस्थाका अध्यक्ष कालिमाया गुरुङ रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा मर्स्याङदी दाजुभाइ…

Read More

चितवन , भदौ ४ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाले टोलमा रहेका महिलाहरु लाई लक्षित गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । टोलमा रहेको मर्स्याङ्दी आमा समुहमा आवद्ध आमा दिदिबहिनीहरु लाई आउदै गरेको तिज लाई अबिस्मरणीय बनाउन अभिभावकत्व प्रदान गर्दै तिज बिशेष शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।आज बुधबार आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले रहुनु भएको थियो । कार्यक्रममा मर्स्याङ्दी टोल बिकास संस्थाका पुर्व अध्यक्ष प्रकाश सापकोटा , सल्लाहकार संयोजक केदारनाथ बोहरा ,सामाजिक अगुवाहरु कल्सिराम गुरुङ , रुपा गुरुङ लगायत अथितिहरु रहनु भएको…

Read More

चितवन , साउन २३- राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, भरतपुर महानगर कमिटिले महिलाहरुको महान चार्ड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनियनमा आबद्द भरतपुर महानगर भित्र ब्यबसाय संचालन गर्ने सदस्यहरु सदभाव कायम गर्ने र शुभकामना आदान प्रर्दान गर्ने उदेश्यले कार्यक्रम गरेको हो ।कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का बागमती प्रदेश सदस्य तथा चितवन जिल्ला इन्चार्ज अन्जु गुरुङ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का चितवन जिल्ला अध्यक्ष पुष्करबाबु त्रिपाठी , राष्ट्रिय सौन्दर्यकर्मी युनियन अध्यक्ष सुष्मा क्षेत्री ,उपाध्यक्ष सिर्जना आचार्य ,सचिव सुमित्रा पोखरेल ,खैरहनी नगर कमिटी अध्यक्ष सिमा आचार्य भट्टराई ,डेकर…

Read More

चितवन , साउन २० – स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय माडी जेसीजले आफ्नो उत्कृष्ट कार्य सम्पादनका आधारमा “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल भएको छ। जेसीआईले प्रत्येक वर्ष प्रभावकारी तथा दिगो कार्यक्रम सञ्चालन गर्ने स्थानीय शाखाहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आएको छ। सोही क्रममा, माडी जेसीजले २०२५ मा समुदाय केन्द्रित, दीगो र प्रभावशाली कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।उक्त पुरस्कार ‘जेसीआई एसिया-प्यासिफिक’ का कार्यकारी उपाध्यक्ष जेसीआई सिनेटर मार्क जोसेफ डेविड र नेपाल जेसीज २०२५ की राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाको संयुक्त उपस्थितिमा माडी जेसीज २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट प्रदान गरिएको थियो।…

Read More