Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Info-Tech»मोबाइलमा फैलियो खतरनाक मालवेयर, क्षणभरमै तपाईँको बैंक खाता रित्याइदिन सक्ने !
    Info-Tech

    मोबाइलमा फैलियो खतरनाक मालवेयर, क्षणभरमै तपाईँको बैंक खाता रित्याइदिन सक्ने !

    adminBy adminJune 30, 2024No Comments5 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै बैंक खाता नै रित्याइदिने नयाँ मालवेयर फैलिएको छ । नर्वेको साइबर सुरक्षा कम्पनी प्रोमोनले एक रिपोर्ट सार्वजनिक गर्दै ‘स्नोब्लाइन्ड’ नामको खतरनाक मालवेयर एन्ड्रोइड डिभाइसमा फैलिरहेको तथ्य ल्याएको हो ।

    फोनको सेक्युरिटी सिस्टमले थाहा नपाउने गरी ‘स्नोब्लाइन्ड’ मालवेयरले डिभाइसका संवेदनशील डेटा चोरी गर्नसक्ने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार यस मालवेयरले टार्गेट गरेको एपमा सेक्युरिटी चेक रन हुनुअघि नै खराब कोड छोडिदिन्छ । यसले गर्दा मालवेयरले उक्त सेक्युरिटी फिचरलाई झुक्याउन फिल्टर इन्स्टल गर्छ ।

    खासगरी मालवेयरबाट डिभाइसलाई जोगाउन एन्ड्रोइडमा ‘सेक्कम्प’ (Seccomp) फिचर हुन्छ । यो फिचरले एप सुरक्षित छ कि छैन भन्ने जाँच गर्छ । एन्ड्रोइडमा फैलिएको नयाँ मालवेयरमा भने उक्त फिचरलाई नै छक्याउने गुण रहेको अनुसन्धानको निष्कर्ष छ ।

    त्यसपछि डिभाइसको एक्सेसिबिलिटी फिचरलाई आफ्नो हातमा लिन्छ । डिभाइसबाट संवेदनशील विवरण चोरी गर्न प्रयोग एक्सेसिबिलिटी फिचरको दुरुपयोग भइरहेको हुन्छ । तर, यो घटनामा मालवेयरले डिभाइस पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन सक्छ ।

    साथै यसले डिभाइसमा हुने टु फ्याक्टर अथेन्टिकेसन फिचरलाई डिसेबल गरिदिने अनुसन्धानकर्ताको भनाइ छ । यसले गर्दा संवेदनशील डेटा चोरी गर्न वा फोनमा भएका विवरणमा पहुँच पाइरहन मालवेयरलाई गाह्रो हुँदैन ।

    विभिन्न प्लेटफर्मबाट मालवेयर सङ्क्रमित एप इन्स्टल गर्ने प्रयोगकर्तालाई यसले असर गर्ने बताइएको छ । वास्तविक जस्तो देखिने, तर थर्ड पार्टी प्लेटफर्ममा उपलब्ध हुने एपमा स्नोबाइन्टको खतरा भएको बताइएको छ ।

    यो मालवेयर एसियाली मुलुकका एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरी फैलाइएको साइबर सुरक्षा कम्पनी प्रोमोनका प्रवक्ताले उल्लेख गरेका छन् । ​पीसी म्यागजिनसँग कुरा गर्दै उनले दक्षिण एसियामा यो मालवेयर तीव्र गतिमा फैलिएको बताए ।

    तर गुगलले भने गुगल प्लेमा हालसम्म स्नोब्लाइन्ड मालवेयरद्वारा सङ्क्रमित एप फेला नपरेकाे बताएको छ । “गुगल प्ले प्रोटेक्टले स्वतः यस्ता किसिमका मालवेयरबाट प्रयोगकर्तालाई सुरक्षित राख्छ,” पीसी म्यागजिनकाे समाचारमा प्रतिक्रिया दिँदै गुगलले भनेको छ, “यो गुगल प्ले सर्भिसमा डिफल्ट रूपमै उपलब्ध हुने भएकाले प्रयोगकर्ताले केही गर्न पर्दैन । त्यस्तै प्रयोगकर्ताले अन्य प्लेटफर्मबाट एप डाउनलोड गरेका मालवेयरयुक्त एपलाई गुगल प्ले प्रोटेक्टले त्यसको जानकारी दिने वा ब्लक गर्ने काम गर्छ ।”

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.