Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Photo News»सप्तगण्डकी बहुमुखी क्याम्पसको समुदायिक पहुँच कार्यक्रम अन्तर्गत खैरहनीमा कार्यशाला गोष्ठी सन्चालन
    Photo News

    सप्तगण्डकी बहुमुखी क्याम्पसको समुदायिक पहुँच कार्यक्रम अन्तर्गत खैरहनीमा कार्यशाला गोष्ठी सन्चालन

    adminBy adminApril 28, 2024No Comments37 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको विज्ञान बिभागको आयोजना तथा क्याम्पसको अनुसन्धान ब्यबस्थापन कक्ष (Research Management Cell), अन्तर्गतको EPBF of NEHEP, UGC, Nepal सहयोगमा खैरहनी नगरपालिका वडा नं ३ गोठश्वरमा “ Bridging the knowledge gap on Energy-Water Food Nexus in Climate Stress Agriculture” बिषयमा एक कार्यशाला गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ ।
    विज्ञान विभागका विभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा क्याम्पस प्रमुख, खिमलाल दाहाल, निवर्तमान क्याम्पस प्रमुख मणिराज महतो, Research Management Cell का संयोजक डा. कपिलदेब सुवेदी, BBA BIM का संयोजक डा। कपिलदेब सुवेदी, द्यद्यब् द्यक्ष्ः कार्यक्रम प्रमुख सागर अधिकारी, कर्मचारी संघका अध्यक्ष कृष्ण प्रसाद भुषाल, बिज्ञान बिभागका बिभागिय सदस्यहरु, खैरहनी न.पा. वडा नं ३ सालघारी डिप बोरिङ उपभोक्ता समूहका सदस्यहरु, सहयोगि महिला साना किसान सहकारी संस्थाका पदाधिकारी, स्थानीय कृषक, क्याम्पसका बिएस्सी का बिद्यार्थीहरु गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रमको प्रमुख उद्येश्य बिद्यार्थीका सिकाईलाई समुदाय सम्म पुर्याउने तथा कृषकका बास्तविक समस्या पत्ता लगाई बिषय विज्ञमार्फत समाधानका उपाय खोज्ने साथसाथै उक्त छलफलमा बिद्यार्थीलाई समाबेस गरी थप ज्ञान हाँसिल गर्ने रहेको थियो ।
    कार्यक्रममा प्रधानमन्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन चितवन शाखाका कृषि अधिकृत ईन्द्र शर्मा ढुंगनाले नेपाल लगायत बिश्व समुदायले बर्तमान समयमा भोगिरहेको जलबायु परिबर्तनको प्रतिकुल प्रभाव संग जुध्नका लागि कृषि तथा खाद्य सुरक्षामा कसरी अनुकुलन गर्न सकिन्छ र जलबायुमैत्री कृषि प्रणालीको अवलम्बन गर्ने उपायहरुको बारेमा प्रस्तुतिकरण सहित कृषकका जिज्ञासा समाधान गर्नुभएको थियो ।
    यसै गरी कार्यक्रमका अर्का प्रशिक्षक नेपाल सरकारका पूर्व भेटेरिनरी अधिकृत पूर्ण चन्द्र अधिकारीले स्मार्ट पशुपालनका तरिका तथा पशुबाट मानिसमा सर्ने जुनोटिक रोगहरु, लक्षण तथा उपचार साथै नश्ल सुधार तथा कृतिम गर्भाधान सम्वन्धि प्रस्तुतिकरणका साथै प्रयोगात्मक कक्षा सन्चालन गर्नुभएको थियो ।
    कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक सुरज न्यौपानेले स्माट कृषिका लागि उर्जा तथा सिंचाई ब्यवस्थापनका विषयमा अध्ययन प्रतिवेदन सहित प्रस्तुतिकरण गर्नुभएको थियो ।
    निबर्तमान क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसले पहिलो पटक बिद्यार्थी, समुदाय र बिज्ञ लाई एकै ठाउँमा भेला गरी यस्तो कार्यक्रम आयोजना गरिएकोले यसबाट भरपुर लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसको Research Management Cell (RMC) का संयोजक तथा ब्यबस्थापन बिभागका बिभागीय प्रमुख डा। कपिलदेब सुबेदीले बिद्यार्थिको सिकाईलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको र समुदायको समस्या समाधान गर्न सक्ने सिप हाँसिल गर्ने गरी कार्य गर्न आग्रह गर्नुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख खिमलाल दाहालले बिज्ञान बिभागले आयोजना गरेको यस कार्यक्रमले बिद्यार्थी र समुदायलाई जोड्ने प्रयास गरेको, समुदायले भोगेका अनुभवहरुबाट बिद्यार्थीहरुको ज्ञानमा अभिबृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले बिश्ब समुदायले भोगेको बाताबरणीय प्रदुषण तथा जलबायु परिवर्तन संग जुध्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मका कार्यक्रममा क्यामपसको सधैँ साथ र सहयोग हुने बताउनुभयो । कार्यक्रम वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुब आचार्यले सन्चालन गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.