Author: Laxman Gautam

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धारित मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी…

Read More

काठमाडौं । वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाउनु भयो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए ।  शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।

Read More

काठमाडौँ —सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।

Read More

स्थानीय बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) ६ हजार ९०० रुपैयाँ बढेर कारोबार हुँदैछ। महासंघका अनुसार सुन आज १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो। आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

Read More

विराटनगर- धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई मान्छे मार्न नभई देश निर्माणमा कसरी जोड्न सकिन्छ भनेर सिक्न आउन आव्हान गरेका छन् ।सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको समेत दाबी गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी…

Read More

नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित भएका छन्। शनिवार आज क्यान्सर अस्पताल भरतपुरकाे सभाहलमा सम्पन्न दाेस्राे अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे निर्वाचन कमिटीका सँयाेजक राम प्रसाद न्याैपानेले बताए । उपाध्यक्षमा भने दिलिप न्याैपाने निर्वाचित भएका छन् भने भरतपुर ११ का अशाेक ज्ञावली सचिवमा निर्वाचित भएका छन् । यसैगरी दयाराम चाैधरी र गिता श्रेष्ठ सह- सचिवमा निर्वाचित भएका छन् । ८५ जनाकाे कमिटी बनेकाे मा सदस्यहरुमा भने कृष्णप्रसाद खनाल, शान्ता अधिकारी, डम्बर गुरुङ सहित ८० जना सदस्य निर्विरोध निर्वाचित…

Read More

चितवन, बैशाख ५ –नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरेका छ्न । उद्घाटन कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नेतृत्व चयन गर्न अधिकतम प्रयास गर्न आग्रह गरे । सहमति हुनै नसकेमात्र चुनाव गराउन आग्रह गर्दै उनले चुनावका कारण पार्टीमा गुटबन्दी गर्ने, पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न निर्देशन दिए । उनले मिशन ८४ लाई सफल पार्ने गरी पार्टीका गतिविधि गर्न र पार्टी संगठनलाई मजबुत बनाउन निर्देशन दिएका छन् । उनले अहिलेको सरकारले देशमा विकासको लहर ल्याउने भयो भनेर विरोधी शक्तिहरुले एमालेमाथि प्रहार गरिरहेको बताए । आजबाट…

Read More

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतिय सवारी (EV) गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुग्दा गाडी करिब २०० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ११ जना मध्यम घाइते र ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।…

Read More

चितवन, बैशाख ४ – भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्याली निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्याली निकालिएको हो । गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए । देशभरका राजमार्ग विस्तार गर्ने…

Read More

काठमाडौँ, वैशाख ३ – सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ । रासस

Read More