चितवन , बैशाख २७ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको १४ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । समुहले एक बर्ष भरिमा भए गरेका काम आगामी बर्ष गरिने योजना लाई समाबेश गरि साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी टोल विकास संस्था का उपाध्यक्ष नबिन रेग्मी , विशिष्ट अतिथी टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटाउ , बिशेष अतिथि टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा निवर्तमान अध्यक्ष मिरा श्रेष्ठ लगायत रहनु भएको थियो ।
साधारण सभामा बार्षिक रुपमा भएको आम्दानी तथा खर्च कोषाध्यक्ष साङगृला आले र समुहका गतिबिधीका बारेमा समुहका सचिव शोभा आलेले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा समुहमा आबद्ध सदस्यहरुले विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा बिजयी सदस्यहरु लाई सम्मान गरिएको थियो ।
त्यसै गरि आज सम्पन्न साधारणसभाले उपाध्यक्षकाे पदमा शाेभा आले, सचिबमा चन्द्रकला आचार्य र उपसमितिकाे संयोजक (सास्कृतिक समिति)पदमा कल्पना सापकाेटालाइ चयन गरेको छ ।
टोलमा रहेका करिव ९० जना आमादिदी बहिनीहरु आबद्द समुहले बिगत बाट नै टोलमा हुने सामाजिक लगायतका काममा सक्रिय सहभागिता जनाउदै आएको र आगामी दिनमा समेत बिबिध तथा सामाजिक काम लाई प्राथमिकतामा राखेर अगाडी बढने जानकारी गराइएको थियो । कार्यक्रम समुहका सचिव शोभा आलेले संचालन तथा समुहका अध्यक्ष कल्पना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
Trending
- रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू
- गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
- अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा शिवजी गायक पुनः निर्वाचित
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- मर्स्याङदी टोल बिकास संस्था द्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु

