चितवन , बैशाख २७ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको १४ औ बार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । समुहले एक बर्ष भरिमा भए गरेका काम आगामी बर्ष गरिने योजना लाई समाबेश गरि साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभा कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी टोल विकास संस्था का उपाध्यक्ष नबिन रेग्मी , विशिष्ट अतिथी टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटाउ , बिशेष अतिथि टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा निवर्तमान अध्यक्ष मिरा श्रेष्ठ लगायत रहनु भएको थियो ।
साधारण सभामा बार्षिक रुपमा भएको आम्दानी तथा खर्च कोषाध्यक्ष साङगृला आले र समुहका गतिबिधीका बारेमा समुहका सचिव शोभा आलेले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा समुहमा आबद्ध सदस्यहरुले विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा बिजयी सदस्यहरु लाई सम्मान गरिएको थियो ।
त्यसै गरि आज सम्पन्न साधारणसभाले उपाध्यक्षकाे पदमा शाेभा आले, सचिबमा चन्द्रकला आचार्य र उपसमितिकाे संयोजक (सास्कृतिक समिति)पदमा कल्पना सापकाेटालाइ चयन गरेको छ ।
टोलमा रहेका करिव ९० जना आमादिदी बहिनीहरु आबद्द समुहले बिगत बाट नै टोलमा हुने सामाजिक लगायतका काममा सक्रिय सहभागिता जनाउदै आएको र आगामी दिनमा समेत बिबिध तथा सामाजिक काम लाई प्राथमिकतामा राखेर अगाडी बढने जानकारी गराइएको थियो । कार्यक्रम समुहका सचिव शोभा आलेले संचालन तथा समुहका अध्यक्ष कल्पना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
Trending
- माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
- चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
- अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
- चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
- माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
- मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
- ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

