चितवन , जेठ ३ – चितवनको भरतपुर ११ स्थित समझदारी भोजाड सहकारी संस्था द्वारा आफ्ना पुरुष शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण शिविर आज शनिबार सम्पन्न गरेको छ ।
५० वर्ष उमेर नाघेका पुरुष शेयर सदस्यहरुलाई लक्षित गर्दै संस्थाको बार्षिक कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य शिविर परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थामा आबद्ध पुरुष शेयर सदस्यको पोस्टेट र पिसाब सम्बन्धी समस्या लाई समाधान गर्नका लागी मनकामना अस्पतालको प्राबिधिक सहयोगमा शिबिरको आयोजना गरिएको सहकारी संस्थाका स्वास्थ्य उपसमिति संयोजक रेखा भट्टराईले बताउनु भयो । सोही कार्यक्रममा स्वास्थ्य शिबिरको आबश्यकता र औचित्यका बारेमा सहकारी संस्थाका अध्यक्ष खेमलाल सुवेदीले जानकारी दिनु भएको थियो ।
मनकामना अस्पतालका प्रो. डा. सागर खतिवडाको टिमले गरेको परिक्षणमा पोस्टेट लगायतको समस्याका लागि ७२ जना सहकारी संस्थाका पुरुष शेयर सदस्यले स्वास्थ्य परिक्षण गरेका सहकारीका ब्यबस्थापक अर्जुन लामिछानेले जानकारी दिनु भयो ।
सहकारीले बिगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्यका अलावा आफ्ना शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण लगायतको काम गर्दै आएको छ ।
Trending
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक
- चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु , स्थानीय आन्दोलित
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

