Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: Laxman Gautam
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।
चितवन, चैत्र १८ – सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा (एमाले) चितवनले जिल्लामा जागरण सभा गरेको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो । र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा (एमाले) जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो । सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज…
काठमाडौं , चैत १९ – सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ । नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
मकवानपुर,, चैत १८ – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ। “नेपालको भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।” “ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा…
चितवन , चैत १६ – पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि आक्रमणको नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ । राजावादीले शुक्रवार काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकलाई आगजनी भएको घरमा थुनेर हत्या गरिएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरुले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुमाथि पनि आक्रमण गरेका थिए । पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार चितवनमा शान्तीपुर्ण विरोध प्रदर्शन गरिएको हो । महासंघको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी महासंघले विरोध कार्यक्रम गरेको हो । घटनाको विषयमा पत्रकार…
काठमाण्डौ । आज राजधनीको तीनकुनेमा भएको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । राजावादीको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागी घाइते भएका एक जनाकोको मृत्यु भएको हो । निजलाई त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि पुर्याउँदा मृत्यु भएको हो । हाल मृतकको शव पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको छ । मृतकको विस्तृत परिचय खुलिनसकेको जनाइएको छ । तीनकुनेमा आज राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका क्रममा २२ जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले ठाउँ ठाउँ तोडफोड र आगजनी गरेका छन् । केही सरकारी गाडी तथा केही सवारीहरुमा समेत आगजनी भएको छ । केही निजी घर तथा व्यवसायिक महलहरुमा समेत…
अर्घाखाँची , चैत १३ – अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।
चितवन,चैत १२ – नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखको कार्यकक्ष तोडफोड गरिनुका साथै केन्द्र प्रमुख राम श्रेष्ठ माथी आक्रमण भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठको कार्यकक्षमा आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३-१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको बिधुतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त बिज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भै रहेको जनाइएको छ ।
चितवन, चैत्र १० –अनेरास्ववियु चितवन चितवन ईन्जिनियरिङ क्याम्पसको अध्यक्षमा बसन्ती तामाङ चयन भएकी छन् । आज सम्पन्न एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीको सम्मेलनले तामाङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षहरुमा विशाल पोखरेल, सुकृती पराजुली, सचिवमा रक्षा शर्मा, सहसचिवहरुमा अंकित पाठक, अंकित पौडेल र कोषाध्यक्षमा सीजन शर्मा चयन भएकी छन् । सदस्यहरुमा प्रतिज्ञा न्यौपाने, प्रतिभा धामी, जया पाठक, भावना बोहरा र प्रविश कुमार शाह रहेका छन् । अनेरास्ववियु चितवनका सचिव अमित आचार्यको प्रमुख आतिथ्यता एवम् अनेरास्ववियुका नेताहरु सुचना शर्मा, आयुष विप न्यौपाने र सागर न्यौपानेको उपस्थितिमा सर्वसम्मतबाट क्याम्पस कमिटी…
चितवन, चैत्र ९ –राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् ।आज भरतपुरमा सम्पन्न महासंघको चौंथो जिल्ला अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा विष्णुमाया अधिकारी, ज्ञानहरि वाग्ले, सचिवमा संगिता कुँवर अधिकारी, उपसचिवमा सुजन ढकाल र कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा डा. पदम नेपाली, मिना कुँवर, परमात्मा रेग्मी, भक्त गुरुङ्ग, डा. लक्ष्मण पौडेल, सरिता घिमिरे, तुलसी थापा र ऋषिराम पोख्रेल रहेका छन् । अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगाना, एमाले चितवन स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख…
