Author: Laxman Gautam

दाङ – जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। ‘पछि ठहरेबमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको छ’, ज्ञवालीले भने। जोशी आजै अदालतमा उपस्थित भएका थिए। उनको थुनछेक बहसपछि अदालतको आदेश आएको हो। रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै जोशीसहित रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। यसअघि रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई १ करोड रुपैयाँ…

Read More