Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन
    News

    पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन

    Laxman GautamBy Laxman GautamMarch 29, 2025Updated:April 1, 2025No Comments9 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    चितवन , चैत १६ – पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि आक्रमणको नेपाल पत्रकार महासंघ चितवन शाखाले विरोध जनाएको छ ।

    राजावादीले शुक्रवार काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकलाई आगजनी भएको घरमा थुनेर हत्या गरिएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरुले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरुमाथि पनि आक्रमण गरेका थिए ।

    पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार चितवनमा शान्तीपुर्ण विरोध प्रदर्शन गरिएको हो । महासंघको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी महासंघले विरोध कार्यक्रम गरेको हो ।

    घटनाको विषयमा पत्रकार महासंघ चितवन शाखाको कार्यालयदेखि चौविसकोठीसम्म प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाको दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

    नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण अक्षम्य अपराध भएको बताए ।

    नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सना लगायतले घटनाको विरोध गर्दै अराजक तत्वलाई कारबाहीको माग गरे ।

    उनीहरुले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरे । पत्रकारको जिउधनको सुरक्षा एवम् मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघले निरन्तर संघर्षका कार्यक्रम गर्न उनीहरको सुझाव छ ।

    विरोध प्रदर्शनमा ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्डस फर प्रेस प्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका पर्चा पत्रकारले बोकेका थिए ।

    राजावादीको प्रदर्शनलाई उत्तेजित बनाउने रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ । हिंसात्मक प्रदर्शनको कमाण्डर दुर्गा प्रसाई भने फरार छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    Laxman Gautam

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,598

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,155

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024580

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025474
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.