Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं— चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ। नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका निम्ति आफ्ना मित्रहरूलाई प्रोत्साहन गर्न आह्वान गर्दै त्यस निम्ति महावाणिज्यदूतावासबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। उक्त महावाणिज्यदूतावासका अनुसार होटल संघ नेपालका अध्यक्ष विनायक शाहले चिनियाँ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्न नेपालका होटल व्यवसायी आतुर रहेका बताउँदै नेपाल भ्रमणमा आउन चिनियाँ नागरिकहरूलाई आग्रह गरे। नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल र महावाणिज्यदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा सिचुवान प्रान्तीय सरकार, छन्दु नगरपालिका, सिचुवान ट्राभल एजेन्सी सङ्घ,…
भारतमा लोकसभा चुनावको मत गणना चलिरहेको छ। ५५३ सिटको लोक सभामा बहुमत ल्याउन २७२ सिट ल्याउनुपर्छ। नेपालमा जस्तै निर्वाचनका लागि भारतमा पनि राजनीतिक दलहरु गठबन्धन नै गरेर मैदानमा उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको नेतृत्वमा नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए) र प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृत्वमा अन्य २६ दल सहित इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स (इण्डिया) गठन गरेका थिए। निर्वाचन अघि मोदीको गठबन्धनले ४०० बढी सिट ल्याउने विभिन्न भारतीय सञ्चार माध्यम र उनीहरूको प्रक्षपणले देखाएको थियो। भारतका अधिकांश संचार माध्यमहरुले भारतीय जनता पार्टीले यसपटक ४०० भन्दा बढी सिट ल्याएर एकल बहुमतको सरकार बनाउने दावी गरेका थिए। यो दावीसंगै सोमबार भारतीय…
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसाे मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।…
२४, जेठ, चितवन ।जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो ।प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं गौतमले भवन प्रेस चौतारीका लागि मात्रै नभई देशभरका पत्रकारहरुको लागि गौरवको विषय हुने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे ।…
काठमाडौं – नेपालमा हालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारकै हाराहारीमा अर्थतन्त्र अनौपचारिक रहेको सरकारले स्वीकार गरेको छ । अनौपचारिक तथा गैरकानूनी कारोबार, अवैध ओसारपसार, व्यापार विचलन र गैरकानूनी सम्पत्ति शुद्धीकरणको माध्यमबाट झण्डै ५५ खर्ब रुपैयाँ आकारको अर्थतन्त्र गायब गरिएको तथ्य सार्वजनिक भएको हो । २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब ५३ करोड रुपैयाँ हो । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको जीडीपी प्रचलित मूल्यमा ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा अनौपचारिक तथा अलेखाङ्कित अर्थतन्त्रबारे उल्लेख गरेको छ । योजना पुस्तिकामा अनौपचारिक…
चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकी (सि.ई.एस.एस) को आयोजनामा भरतपुर महानगर युवा संजाल, ग्रिन ल्याण्ड स्कुल र वेटर चितवनको सहकार्यमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा बाटुली पोखरीको केहि क्षेत्रमा फैलिएको जलिय मिचाहा प्रजातीको झार जलकुम्भी सफा गरेका छन। क्लबका बर्ष-२०२४ का अध्यक्ष हार्दिका राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १३ का वडा सदस्य चहे बहादुर तामाङ, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष शदानन्द ढकाल, बाटुलीपोखरी टोल विकास संस्थाका प्रतिनिधी कल्पना सुनार, सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराई, कर्मचारी संघका अध्यक्ष कृष्ण भुसाल, वातावरण…
विश्व वातावरण दिवसको अवसरमा देवचुली जेसिजले देवचुली-१, दिव्यधाम परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । धाम परिसर भित्र विभिन्न फलफुलका विरुवाहरुको वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम देवचुली जेसिज वर्ष २०२४का अध्यक्ष जेसि ई . सन्तोष काफ्लेको अध्यक्षता र जेसि सुरज भुसालको संयोजकत्वमा सम्पन्न गरिएको हो । कार्यक्रममा देवचुली जेसिजका पदाधिकारी तथा सदस्यहरु द्धारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा देवचुली जेसिजका पूर्व अध्यक्षहरु, दिव्यधामका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज भण्डारि सहित पदाधिकारिज्युहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
चितवन – प्रभु बैंक र चितवन मिट टाउन रिसोर्ट (सिएमटि) बिच व्यवसायीक सम्झौता भएको छ । दुई संस्थाबिच व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले आइतबार प्रभु बैंकका तर्फबाट लायन्सचोक शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद शर्मा र सिएमटि रिसोर्टका म्यानेजिङ डाइरेक्टर मदन घिमिरेले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पछि प्रभु बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिएबात १० प्रतिशत र प्रभु बैंकका कर्मचरीले १५ प्रतिशत छुट् प्राप्त गर्ने बैंकका सम्बन्ध अधिकृत राजेन्द्र शर्माले जानकारी दिनुभयो । ‘कर्मचारीले खानाका लागि १२ प्रतिशत र बस्ने कोठाका लागि १५ प्रतिशत छुट पाउने छन्,’ शर्माले भन्नुभयो ‘यो सम्झौता जेठ २० गतेबाट लागु भएको…
काठमाडौँ । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकामा खेल जारी रहँदा नेपालमा समर्थकहरूमा ठुलो क्रेज देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सर्वसाधारण खेल हेर्न व्यस्त छन् ।
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक निकाय राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको हो । पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार छानबिनको क्रममा रहेको हुँदा ती संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्काे निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले हिजो निकालेको सूचनामा उल्लेख छ ।
