Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं — भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो। एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन्।
चितवन— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्। एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्याएका हुन्। उनले भने, ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो। शास्त्रले भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’ यसअघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सर्वत्र भएको थियो। रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिदै आएको भए पनि ओलीले भने माडीमा भएको…
२५, जेठ, चितवन ।ग्लोबल आइएमई बैंक लिमिटेड बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रा.लिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि.बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका छन् ।उक्त समझदारी पत्र अनुसार ग्लोवल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिए वापत १० देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकका बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए । होटल आइकावा इन प्रा.लि. सौराहा चितवनमा रहेको एक मात्र चार तारे होटल हो ।ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा…
काठमाडौं— चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ। नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका निम्ति आफ्ना मित्रहरूलाई प्रोत्साहन गर्न आह्वान गर्दै त्यस निम्ति महावाणिज्यदूतावासबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। उक्त महावाणिज्यदूतावासका अनुसार होटल संघ नेपालका अध्यक्ष विनायक शाहले चिनियाँ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्न नेपालका होटल व्यवसायी आतुर रहेका बताउँदै नेपाल भ्रमणमा आउन चिनियाँ नागरिकहरूलाई आग्रह गरे। नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल र महावाणिज्यदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा सिचुवान प्रान्तीय सरकार, छन्दु नगरपालिका, सिचुवान ट्राभल एजेन्सी सङ्घ,…
भारतमा लोकसभा चुनावको मत गणना चलिरहेको छ। ५५३ सिटको लोक सभामा बहुमत ल्याउन २७२ सिट ल्याउनुपर्छ। नेपालमा जस्तै निर्वाचनका लागि भारतमा पनि राजनीतिक दलहरु गठबन्धन नै गरेर मैदानमा उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको नेतृत्वमा नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए) र प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृत्वमा अन्य २६ दल सहित इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स (इण्डिया) गठन गरेका थिए। निर्वाचन अघि मोदीको गठबन्धनले ४०० बढी सिट ल्याउने विभिन्न भारतीय सञ्चार माध्यम र उनीहरूको प्रक्षपणले देखाएको थियो। भारतका अधिकांश संचार माध्यमहरुले भारतीय जनता पार्टीले यसपटक ४०० भन्दा बढी सिट ल्याएर एकल बहुमतको सरकार बनाउने दावी गरेका थिए। यो दावीसंगै सोमबार भारतीय…
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसाे मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका एकदुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ।…
२४, जेठ, चितवन ।जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो ।प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं गौतमले भवन प्रेस चौतारीका लागि मात्रै नभई देशभरका पत्रकारहरुको लागि गौरवको विषय हुने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे ।…
काठमाडौं – नेपालमा हालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारकै हाराहारीमा अर्थतन्त्र अनौपचारिक रहेको सरकारले स्वीकार गरेको छ । अनौपचारिक तथा गैरकानूनी कारोबार, अवैध ओसारपसार, व्यापार विचलन र गैरकानूनी सम्पत्ति शुद्धीकरणको माध्यमबाट झण्डै ५५ खर्ब रुपैयाँ आकारको अर्थतन्त्र गायब गरिएको तथ्य सार्वजनिक भएको हो । २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब ५३ करोड रुपैयाँ हो । चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको जीडीपी प्रचलित मूल्यमा ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको सोह्रौं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा अनौपचारिक तथा अलेखाङ्कित अर्थतन्त्रबारे उल्लेख गरेको छ । योजना पुस्तिकामा अनौपचारिक…
चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकी (सि.ई.एस.एस) को आयोजनामा भरतपुर महानगर युवा संजाल, ग्रिन ल्याण्ड स्कुल र वेटर चितवनको सहकार्यमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा बाटुली पोखरीको केहि क्षेत्रमा फैलिएको जलिय मिचाहा प्रजातीको झार जलकुम्भी सफा गरेका छन। क्लबका बर्ष-२०२४ का अध्यक्ष हार्दिका राउतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १३ का वडा सदस्य चहे बहादुर तामाङ, बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष शदानन्द ढकाल, बाटुलीपोखरी टोल विकास संस्थाका प्रतिनिधी कल्पना सुनार, सप्तगण्डकी बहुमुखी क्याम्पसका लेखा नियन्त्रक तोयानाथ भट्टराई, कर्मचारी संघका अध्यक्ष कृष्ण भुसाल, वातावरण…
विश्व वातावरण दिवसको अवसरमा देवचुली जेसिजले देवचुली-१, दिव्यधाम परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । धाम परिसर भित्र विभिन्न फलफुलका विरुवाहरुको वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम देवचुली जेसिज वर्ष २०२४का अध्यक्ष जेसि ई . सन्तोष काफ्लेको अध्यक्षता र जेसि सुरज भुसालको संयोजकत्वमा सम्पन्न गरिएको हो । कार्यक्रममा देवचुली जेसिजका पदाधिकारी तथा सदस्यहरु द्धारा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा देवचुली जेसिजका पूर्व अध्यक्षहरु, दिव्यधामका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राज भण्डारि सहित पदाधिकारिज्युहरुको आतिथ्यतामा सम्पन्न भएको थियो ।
