२४, जेठ, चितवन ।
जन्मदिनको अवसरमा प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गौतमले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि गौतमले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सो अवसरमा गौतम पत्नी बसुन्धरा गौतमको समेत उपस्थिती रहेको थियो ।
प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं गौतमले भवन प्रेस चौतारीका लागि मात्रै नभई देशभरका पत्रकारहरुको लागि गौरवको विषय हुने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा गौतमले बताए । पत्रकार गौतमले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तैं सामाजिक काममा सहयोग गर्न पाउँदा आनन्द लाग्ने बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने गौतमलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । पत्रकार गौतमले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवनको तेस्रो तला ढलान गरिसकिएको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।
Trending
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

