Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Trending»एक २९ वर्षीय युट्युबर जसले हल्लाईदिए मोदीको सत्ता
    Trending

    एक २९ वर्षीय युट्युबर जसले हल्लाईदिए मोदीको सत्ता

    adminBy adminJune 7, 2024No Comments10 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भारतमा लोकसभा चुनावको मत गणना चलिरहेको छ। ५५३ सिटको लोक सभामा बहुमत ल्याउन २७२ सिट ल्याउनुपर्छ। नेपालमा जस्तै निर्वाचनका लागि भारतमा पनि राजनीतिक दलहरु गठबन्धन नै गरेर मैदानमा उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको नेतृत्वमा नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए) र प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृत्वमा अन्य २६ दल सहित इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स (इण्डिया) गठन गरेका थिए।

    निर्वाचन अघि मोदीको गठबन्धनले ४०० बढी सिट ल्याउने विभिन्न भारतीय सञ्चार माध्यम र उनीहरूको प्रक्षपणले देखाएको थियो। भारतका अधिकांश संचार माध्यमहरुले भारतीय जनता पार्टीले यसपटक ४०० भन्दा बढी सिट ल्याएर एकल बहुमतको सरकार बनाउने दावी गरेका थिए। यो दावीसंगै सोमबार भारतीय सेयर बजारमा उछाल आएको थियो। तर मोदी गठबन्धनको पक्षमा अपेक्षाकृत मत नआएपछि मंगलबार सेयर बजार उच्च अंकले घटेको छ। यो समाचार तयार पार्दासम्म मोदी गठबन्धनले १०० सिट जितिसकेको छ भने १९१ सिटमा अग्रता लिएको छ। उता कंग्रेस गठबन्धनले भने ५९ सिट जितिसकेको छ र ११७ सिटमा अग्रता कायम गरेको छ। मोदी गठबन्धनले कंग्रेस गठबन्धनलाई क्लिन स्विप गर्ने आंकलनको विपरित अधिकांश सिटहरुमा कंग्रेस गठबन्धनले मोदी गठबन्धनलाई कडा टक्कर दिईरहेको छ।

    मोदी गठबन्धनले विपक्षीहरुलाई क्लिन स्विप गर्न नसक्नु र सोचेजस्तो मत परिणाम नआऊनुमा चर्चित युट्युबर ध्रुव राठीको महत्वपूर्ण भूमिका रहेको विश्लेषण गरिएको छ। राठीले आफ्ना लोकप्रिय भिडियोहरु मार्फत हिन्दु धर्मलाई भजाएर मोदीले गरेको राजनीति, बढ्दो भ्रष्टाचार र प्रधानमन्त्री मोदीको अधिनायकतावादी चरित्रको भन्डाफोर गरेका थिए।

    को हुन् ध्रुव राठी ?

    ध्रुव राठीको जन्म सन् १९९४ मा हरियाणाको रोतकमा भएको हो। २९ वर्षीय राठी एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन्। उनकी आमा एक शिक्षिका थिइन् भने उनका बुवा इन्जिनियर थिए। कामको सिलसिलामा राठीका बुवा रोतकबाट दिल्ली जान्छन अनि पछि दिल्लीबाट मलेसिया। सन् २००३ मा मलेसियामा राठीले १ महिना बिताउँछन्। त्यो दौरानमा उनका बुवाले उनलाई एउटा सानो भिडियो क्यामेरा किनिदिन्छन जसको सहायताले सानै उमेरमा ध्रुव भिडीयो बनाउन थाल्छन। १३/१४ वर्षको उमेरमा उनलाई किताब पढ्ने शोख पलाउँछ । त्यो समयमा उनले थुप्रै किताबहरु पढेको उनी बताउँछन्। राठी १७ वर्षका हुँदा अध्ययनको शिलशिलामा जर्मनी गए र हाल उनी जर्मनीमै बस्दै आएका छन्।

    जब सन् २०११ मा अन्ना हजारे, अरविन्द केजरीवाल लगायतका नेताहरुले भ्रष्टाचार विरोधी मुद्धा उठाएर आन्दोलन गर्छन ध्रुवको ध्यान राजनीतितर्फ मोडिन्छ। सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि अन्य अधिकांश भारतीय जस्तै उनी पनि नरेन्द्र मोदीका कट्टर समर्थक बन्न पुग्छन। मोदीको चुनावी नारा नै भ्रष्टाचार निर्मुल पार्ने र कालो धनलाई राज्यको कब्जामा ल्याउने भन्ने थियो। तर प्रधानमन्त्री बनिसकेपछि भ्रष्ट्राचार विरोधी चुनावी नारा बिर्सेर मोदी आफै भ्रष्टाचारको मतियार बनेको देखेपछि यस बारेमा भिडियो बनाउनुपर्छ भन्ने आफूलाई लागेको ध्रुव बताउँछन्।

    अक्टोबर २०१४ मा राठीले आफ्नो युट्युब च्यानलमा ‘बिजेपी एक्पोज्ड : लाईज बिहाइण्ड द बुलशिट’ शिर्षकको भिडियो अपलोड गरेका थिए। त्यसपछि उनले मोदी सरकारले गरेको नोटबन्दी, सर्जिकल स्ट्राईक, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका कर्तुतहरु लगायतका विषयहरुमा भिडियो अपलोड गर्दै गए। भारतमा बढ्दो मोदी क्रेजका बावजुद उनका भिडियोहरु करोडौंले हेर्न थाले र उनको चर्चा चुलिंदै गयो।

    ३ महिनाअघि उनले आफ्नो युट्युब च्यानलमा ‘ईज इण्डिया बिकमिंग अ डिक्टेक्टरशिप ?’ शिर्षकको एक भिडियो अपलोड गरेका थिए। सो भिडियोमा उनले भारतलाई उत्तर कोरियासंग तुलना गरेका थिए र कसरी प्रधानमन्त्री नरेन्द्र मोदी चुनावको समयमा आफ्ना प्रतिद्वन्दीहरुलाई सत्ताको प्रयोग गरी कमजोर बनाउँदैछन् भन्ने कुरा विस्तृतमा प्रस्तुत गरिएको थियो। मुख्य प्रतिद्वन्दी कंग्रेसको बैंक खाता रोक्का गराउनु, आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई जेल हाल्न लगाउनु जस्ता कृयाकलापले नरेन्द्र मोदी जुनसुकै तरिका प्रयोग गरेर भए पनि बहुमतले चुनाव जितेर फेरी पनि प्रधानमन्त्री भईरहन चाहन्छन भन्ने कुरालाई नराम्ररी उजागर गरेको थियो। राठीको त्यो भिडियो निकै चर्चित भयो। त्यसपछि उनी लगातार कसरी भाजपाले हिन्दुत्वको नारा समातेर भारतमा एकछत्र कब्जा गर्न खोज्दैछ र त्यसको परिणाम अन्तत: एक तानाशाहको उदय हुनु नै हो र यसले धार्मिक र जातीय द्वन्द्वलाई पनि प्रश्रय दिन्छ भन्ने विषयमा भिडियोहरु अपलोड गर्दै गए। उनले उठाएका विषयवस्तुहरुले देवत्वकरण गरिएको नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई एक्स्पोज गरेको थियो।

    ध्रुव राठीका दुई युट्युब च्यानलहरु छन्। ध्रुव राठी नामको च्यानलमा उनी समसामयिक राजनीति, इतिहास, विज्ञान, प्रविधि जस्ता विषयमा भिडियोहरु अपलोड गर्ने गर्छन जसलाई २१ मिलियन भन्दा धेरैले सब्स्क्राइब गरेका छन्। ध्रुव राठी भ्लग्स नामको उनको अर्को च्यानलमा आफूले घुमेका विभिन्न नयाँ ठाउँका भिडियोहरु अपलोड गर्छन। उनको यो च्यानललाई पनि २ मिलियन भन्दा धेरैले सब्स्क्राइब गरेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.