२५, जेठ, चितवन ।
ग्लोबल आइएमई बैंक लिमिटेड बैंकका सेवाग्राहीहरुले होटल आइकावा इन प्रा.लिमा सेवा लिए वापत छुट सुविधा पाउने भएका छन् । बैंक र होटल आइकावा इन प्रा.लि.बैंकका सेवाग्राहीले होटलमा सेवा लिए छुट दिने समझदारी पत्रमा हस्ताक्ष गरेका छन् ।
उक्त समझदारी पत्र अनुसार ग्लोवल आइएमई बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिए वापत १० देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकका बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए । होटल आइकावा इन प्रा.लि. सौराहा चितवनमा रहेको एक मात्र चार तारे होटल हो ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Trending
- आफ्नु जन्मोत्सवमा विपिन पाठकद्वारा ब्राइटस्टार बालगृहका १३ नानीसँग संयुक्त भोजन
- सिरिस पन्तको नेतृत्वमा चितवन उद्योग वाणिज्य सङ्घ पुनः सक्रिय बन्ने अपेक्षा
- माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
- चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
- अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
- चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
- माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित

