Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले हालै देश दौडाहा गरेर सभापति रवि लामिछानेलाई ‘समीक्षा प्रतिवेदन’ बुझाए । उक्त प्रतिवेदनमै उनले भनेका छन्- ‘सत्य उजागर गरेबापत मेरो महामन्त्री पदको मृत्यु हुन सक्छ वा मलाई घोक्रेठ्याक लगाइन सक्छ ।’ रास्वपाको सचिवालय बैठकले नै निर्णय गरेर महामन्त्री डा. ढकाललाई ‘समीक्षा यात्रा’ मा पठाएको थियो । ग्रासरुटसम्म पुगेर पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको अभिमत बुझेका ढकालले निर्मम विश्लेषण सहितको प्रतिवेदन सभापतिलाई बुझाएका हुन् । प्रतिवेदन सार्वजनिक नहुँदै यसका केही अंशहरु मिडियामा आएपछि पार्टीमा तरंग उब्जेको थियो । यो प्रतिवेदनमा रास्वपाले गत चुनावमा हासिल गरेको जनमत धराशायी बनिसकेको तितो निष्कर्ष प्रस्तुत…
माडी (चितवन), १४ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव, जननेता मदन भण्डारीलाई सम्झँदै आज यहाँ फलफूलका विरुवा रोपिएको छ । ७३ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ स्थित पुष्पमदन स्मृति बाटिकामा फलफूलका विरुवा रोपिएको हो । नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) माडी नगर कमिटीले व्यवस्थापन गरेको थियो भने पुष्प मदन स्मृति बाटिकाले विशेष सहयोग गरेको हो । वृक्षारोपण कार्यक्रममा एमाले नेता कार्यकर्ता, फाउण्डेशनका अध्यक्ष, पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो । बाटिकामा चिउरी, कागती, बेल, जामुन, अमला, अम्बा लगायतका फलफूलका १५० भन्दा…
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले पुष्टि गर्यो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका…
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा…
साढे २६ खर्ब रुपैयाँका मालिक हिंदुजा परिबारका ४ जनालाई जेल सजाय, जुन परिबारले कामदारभन्दा बढि खर्च कुकुरमाथि गर्थे
काठमाडौं । भारतीय मुलको खर्बपति हिंदुजा परिबारको ४ जनालाई स्वीटजरल्याण्डको अदालतले कारावास(जेल) को सजाय सुनाएको छ । हिंदुजा परिबारले आफ्नो बंगलोमा काम गर्ने भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा अदालतले कारावासको सजाय सुनाएको हो । ब्रिटेनको सबैभन्दा धनी परिबार मानिएको यो परिबारको ४ जना सदस्यलाई शुक्रबार स्वीटजरल्याण्डको अदालतले कारावासको सजाय सुनाएकोे हो । धनाढ्य व्यवसायी प्रकाश हिंदुजा र उनको पत्नी कमल हिंदुजालाई साढे ४ साल र उनको छोरा अजय र बुहारी नम्रतालाई ४ सालको लागि कारावासको सजाय तोकिएको छ । हिंदुजा परिवारमाथि मानव तस्करी गरेको र आफ्ना कर्मचारीको शोषण गरेको आरोप लगाइएको छ । भारतको अधिकाँश अशिक्षित कामदार हिंदुजा परिबारको स्वीटजरल्याण्डस्थित…
एजेन्सी । गत वर्ष २०२३ मा विश्वको सबैभन्दा ठूलो कार निर्माता देशको रुपमा चीन चिनियो । चीनले करिब ३ करोड सवारी निर्माण गरिसकेको तथ्यांक छ । जुन संख्या धेरै सवारी निर्माण गर्ने अन्य पाँच देशले निर्माण गरेको कारको एकमुस्ट संख्याभन्दा पनि धेरै हो । सवारी उत्पादनसँगै बिक्री तथा खपतमा पनि चीन अन्य देशहरुभन्दा अगाडि नै छ । यसैगरी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका धेरै कार तथा कमर्सियल सवारी उत्पादन गर्ने दोस्रो श्रेणीमा आउँछ । जसले लगभग १ करोड ६० लाख जति कार निर्माण गरेको छ । र तीमध्ये अधिकांश कमर्सियल सवारी नै हुन् । गत वर्ष २०२३ को…
काठमाडौं। लामाे समयदेखि नेतृत्वविहीन रहेकाे नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले ६ महिनापछि साधारण सेयर निष्कासन प्रक्रिया खुलाएकाे छ। बोर्ड अध्यक्षबाट रमेशकुमार बाहिरिएपछि साधारण सेयर (आईपीओ, एफपीओ, हकप्रद) निष्कासन अनुमति रोकिँदै आएको छ। बोर्डले साधारण सेयर निष्कासन प्रक्रिया खुलाएसँगै ६ महिनापछि हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्कासन अनुमति दिएको हो। सेबोनले हिमालय ऊर्जा विकासलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको छ। सेबोन अनुमतिपछि कम्पनीले सेयरधनीलाई हकप्रद सेयर बिक्री खुला गर्नेछ। arghakhanchiShree Steelकम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। कम्पनीले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १…
काठमाडौँ । चालु आर्थिक वर्षको ११ औँ महिनामा पनि देशको अन्तरराष्ट्रिय ब्यापारका आँकडाहरु घटेको देखिएको छ । अघिल्लो सालको तुलनामा यो वर्ष जेठ मसान्तसम्म २७ अर्ब २७ करोड भन्दा फराकिलो अन्तरले आयात घटेको देखिएको छ । यो १.८४ प्रतिशतको कमी हो । निर्यातको अङ्क कम भए पनि यसको घट्ने रफ्तार आयातभन्दा झण्डै दोब्बर देखिएको छ । वितेको एक वर्षमा नेपालबाट हुने निर्यात ३.०१ प्रतिशत घटेको छ । अङ्मा हेर्दा यो रकम ४ अर्ब ३२ करोड हो । भन्सार विभागले शुक्रबार प्रकाशित गरेको गत महिनासम्मको ब्यापार तथ्यांकले यस्तो देखाएको छ । यसमा हरेक महिना औसत १३ अर्बको वस्तु निर्यात गरेर १…
काठमाडौं। निर्माण सम्पन्न भएको लामो समयसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका उपायहरुको खोजीमा सरकार लागि रहेको छ। नियमित उडान गर्ने एयरलाइन्सलाई ग्राउन्डह्याण्डलिङ, पार्किङ शुल्कदेखि विभिन्न शिर्षकमा छुट दिने घोषणा गरेपनि कुनैपनि एयरलाइन्सले चासो नदेखाएपछि नयाँ उपायको खोजीमा सरकार लागि परेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल अगाडी बढाएका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गरेका हुन्। arghakhanchiShree Steelछलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना…
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानविन विशेष सिमितिले कार्यविधि बनाएको छ । समितिले सहकारीका विषयमा छानविन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत छानविन गर्नसक्ने भएको छ । समितिको कार्यतालिकामा गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाका तत्कालीन र वर्तमान पदाधिकारीसँग छलफल र सोधपुछ गर्ने उल्लेख छ । यो व्यवस्था अनुसार समितिले आवश्यकता ठानेमा उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग पनि सोधपुछ गर्नेछ । गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए ।…
