Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा…
साढे २६ खर्ब रुपैयाँका मालिक हिंदुजा परिबारका ४ जनालाई जेल सजाय, जुन परिबारले कामदारभन्दा बढि खर्च कुकुरमाथि गर्थे
काठमाडौं । भारतीय मुलको खर्बपति हिंदुजा परिबारको ४ जनालाई स्वीटजरल्याण्डको अदालतले कारावास(जेल) को सजाय सुनाएको छ । हिंदुजा परिबारले आफ्नो बंगलोमा काम गर्ने भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा अदालतले कारावासको सजाय सुनाएको हो । ब्रिटेनको सबैभन्दा धनी परिबार मानिएको यो परिबारको ४ जना सदस्यलाई शुक्रबार स्वीटजरल्याण्डको अदालतले कारावासको सजाय सुनाएकोे हो । धनाढ्य व्यवसायी प्रकाश हिंदुजा र उनको पत्नी कमल हिंदुजालाई साढे ४ साल र उनको छोरा अजय र बुहारी नम्रतालाई ४ सालको लागि कारावासको सजाय तोकिएको छ । हिंदुजा परिवारमाथि मानव तस्करी गरेको र आफ्ना कर्मचारीको शोषण गरेको आरोप लगाइएको छ । भारतको अधिकाँश अशिक्षित कामदार हिंदुजा परिबारको स्वीटजरल्याण्डस्थित…
एजेन्सी । गत वर्ष २०२३ मा विश्वको सबैभन्दा ठूलो कार निर्माता देशको रुपमा चीन चिनियो । चीनले करिब ३ करोड सवारी निर्माण गरिसकेको तथ्यांक छ । जुन संख्या धेरै सवारी निर्माण गर्ने अन्य पाँच देशले निर्माण गरेको कारको एकमुस्ट संख्याभन्दा पनि धेरै हो । सवारी उत्पादनसँगै बिक्री तथा खपतमा पनि चीन अन्य देशहरुभन्दा अगाडि नै छ । यसैगरी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका धेरै कार तथा कमर्सियल सवारी उत्पादन गर्ने दोस्रो श्रेणीमा आउँछ । जसले लगभग १ करोड ६० लाख जति कार निर्माण गरेको छ । र तीमध्ये अधिकांश कमर्सियल सवारी नै हुन् । गत वर्ष २०२३ को…
काठमाडौं। लामाे समयदेखि नेतृत्वविहीन रहेकाे नेपाल धिताेपत्र बाेर्ड (सेबोन)ले ६ महिनापछि साधारण सेयर निष्कासन प्रक्रिया खुलाएकाे छ। बोर्ड अध्यक्षबाट रमेशकुमार बाहिरिएपछि साधारण सेयर (आईपीओ, एफपीओ, हकप्रद) निष्कासन अनुमति रोकिँदै आएको छ। बोर्डले साधारण सेयर निष्कासन प्रक्रिया खुलाएसँगै ६ महिनापछि हिमालय ऊर्जा विकास कम्पनीलाई हकप्रद निष्कासन अनुमति दिएको हो। सेबोनले हिमालय ऊर्जा विकासलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको छ। सेबोन अनुमतिपछि कम्पनीले सेयरधनीलाई हकप्रद सेयर बिक्री खुला गर्नेछ। arghakhanchiShree Steelकम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। कम्पनीले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १…
काठमाडौँ । चालु आर्थिक वर्षको ११ औँ महिनामा पनि देशको अन्तरराष्ट्रिय ब्यापारका आँकडाहरु घटेको देखिएको छ । अघिल्लो सालको तुलनामा यो वर्ष जेठ मसान्तसम्म २७ अर्ब २७ करोड भन्दा फराकिलो अन्तरले आयात घटेको देखिएको छ । यो १.८४ प्रतिशतको कमी हो । निर्यातको अङ्क कम भए पनि यसको घट्ने रफ्तार आयातभन्दा झण्डै दोब्बर देखिएको छ । वितेको एक वर्षमा नेपालबाट हुने निर्यात ३.०१ प्रतिशत घटेको छ । अङ्मा हेर्दा यो रकम ४ अर्ब ३२ करोड हो । भन्सार विभागले शुक्रबार प्रकाशित गरेको गत महिनासम्मको ब्यापार तथ्यांकले यस्तो देखाएको छ । यसमा हरेक महिना औसत १३ अर्बको वस्तु निर्यात गरेर १…
काठमाडौं। निर्माण सम्पन्न भएको लामो समयसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका उपायहरुको खोजीमा सरकार लागि रहेको छ। नियमित उडान गर्ने एयरलाइन्सलाई ग्राउन्डह्याण्डलिङ, पार्किङ शुल्कदेखि विभिन्न शिर्षकमा छुट दिने घोषणा गरेपनि कुनैपनि एयरलाइन्सले चासो नदेखाएपछि नयाँ उपायको खोजीमा सरकार लागि परेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल अगाडी बढाएका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गरेका हुन्। arghakhanchiShree Steelछलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना…
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानविन विशेष सिमितिले कार्यविधि बनाएको छ । समितिले सहकारीका विषयमा छानविन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत छानविन गर्नसक्ने भएको छ । समितिको कार्यतालिकामा गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाका तत्कालीन र वर्तमान पदाधिकारीसँग छलफल र सोधपुछ गर्ने उल्लेख छ । यो व्यवस्था अनुसार समितिले आवश्यकता ठानेमा उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग पनि सोधपुछ गर्नेछ । गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए ।…
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले चैत मसान्तसम्मको ब्याज जसरी पनि उठाउन मातहतका निकायलाई निर्देशन दिन थालेका छन् । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा चैत मसान्तसम्मको ब्याज असुल नहुँदा निष्क्रिय कर्जा उल्लेख्य बढ्ने भएकाले सीईओहरुले प्रदेश प्रमुख र शाखा प्रमुखहरुलाई ब्याज असुलीमा आक्रमक हुन निर्देशन दिएको बिभिन्न बैंकका कर्मचारीहरुले जानकारी दिए । ‘अहिले व्यवसायीक वातावरण ठिक छैन भन्ने हामीलाई थाहा छ । तर, सधै ब्याज नउठाएर पनि भएन । सक्नुहुन्छ भने त असारको पनि ब्याज उठाउने प्रयास गर्नुस्,’ बैंकका सीईओको भनाइ उदृत गर्दै बिभिन्न बैंकका कर्मचारीहरुले भने, ‘चैत महिनासम्मको ब्याज उठ्न सकेन भने हामीहरु समस्यामा पर्छौं । ऋण…
काठमाडौं- सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनाैट गरेको हो । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया र सुम्निमा तुलाधरलाई डेनमार्कका लागि सिफारिस गरिएको छ । यस्तै स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।
काठमाडौं– आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका…
