Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»रास्वपा महामन्त्रीको पद संकटमा ! कारबाहीका लागि सभापतिमाथि ‘प्रेसर’
    Special

    रास्वपा महामन्त्रीको पद संकटमा ! कारबाहीका लागि सभापतिमाथि ‘प्रेसर’

    महामन्त्री ढकालप्रति पार्टीमा किन बढ्यो असन्तुष्टि ? १९ गतेको बैठकले के गर्ला ?
    adminBy adminJune 28, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले हालै देश दौडाहा गरेर सभापति रवि लामिछानेलाई ‘समीक्षा प्रतिवेदन’ बुझाए । उक्त प्रतिवेदनमै उनले भनेका छन्- ‘सत्य उजागर गरेबापत मेरो महामन्त्री पदको मृत्यु हुन सक्छ वा मलाई घोक्रेठ्याक लगाइन सक्छ ।’

    रास्वपाको सचिवालय बैठकले नै निर्णय गरेर महामन्त्री डा. ढकाललाई ‘समीक्षा यात्रा’ मा पठाएको थियो । ग्रासरुटसम्म पुगेर पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको अभिमत बुझेका ढकालले निर्मम विश्लेषण सहितको प्रतिवेदन सभापतिलाई बुझाएका हुन् । प्रतिवेदन सार्वजनिक नहुँदै यसका केही अंशहरु मिडियामा आएपछि पार्टीमा तरंग उब्जेको थियो ।

    यो प्रतिवेदनमा रास्वपाले गत चुनावमा हासिल गरेको जनमत धराशायी बनिसकेको तितो निष्कर्ष प्रस्तुत गरिएको छ । डा. ढकालले स्पष्ट शब्दमा भनेका छन् कि रास्वपा अर्को विवेकशील बन्ने बाटोमा छ । आउँदो चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मे-हम्मे पर्न सक्ने उनले विश्लेषण गरेका छन् ।

    प्रतिवेदनमा भनिएको छ, ‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’

    प्रतिवेदनको यो निष्कर्षले सामाजिक सञ्जालमा डा. ढकाल पार्टीभित्र भुमरीमा परेका छन् । सामाजिक सञ्जालमा धेरैले उनलाई ‘यथार्थको ऐना देखाउने साहस गरेको’ मा सराहना गरे पनि पार्टीपंतिमा भने तीव्र असन्तुष्टि पाइएको छ । आफ्नो पद संकटमा परेपछि सहानुभूति बटुल्नका लागि स्थितिलाई अतिरञ्जितरुपमा प्रस्तुत गरेको बुझाइमा रास्वपाका प्रायः नेता-कार्यकर्ताहरू छन् । सभापति रवि लामिछाने भने तटस्थ देखिन्छन् । ढकालबाट प्रतिवेदन बुझ्दा उनले कुनै असहज प्रतिक्रिया जनाएनन् ।

    उनले पत्रकारसँग भनेका थिए, ‘हामीले निर्मम भएर नै आत्म समीक्षा गर्नुपर्छ । समस्याको पहिचान भएपछि नै उपचार हुने हो । हामी यो प्रतिवेदनलाई छलफलको विषय बनाउने छौँ ।’

    महामन्त्री ढकाल आफ्नो प्रतिवेदन आमजनतामाझ सार्वजनिक होस भन्ने चाहेका छन् । उनले प्रतिवेदन हस्तान्तरण गर्दा सभापतिलाई छुट्टै पत्र दिएर यसलाई सार्वजनिक गर्न माग गरेका थिए । सभापतिले सकारात्मक जवाफ दिएको उनको दाबी छ ।

    रास्वपाले यो प्रतिवेदनमाथि छलफल गर्न १९ गते बैठक बोलाएको छ । पार्टी स्रोतका अनुसार यो बैठक महामन्त्री डा. ढकालको राजनीतिक जीवनका लागि महत्त्वपूर्ण हुन सक्नेछ ।

    महामन्त्री डा. ढकाल रास्वपाका असन्तुष्ट नेता होइनन् । उनी पार्टी संस्थापनका एक मुख्य व्यक्ति हुन् । आफ्नो विश्वासपात्र भएका कारण नै सभापति लामिछानेले राजनीतिक अनुभव नभएका एक मेडिकल डाक्टरलाई सुरुमै महामन्त्रीजस्तो गह्रुँगो जिम्मेवारी सुम्पेका थिए । आत्मविश्वासी र निर्भीक स्वभावका ढकालले काम गर्दै, सिक्दै अगाडि बढे । छोटो समयमै राष्ट्रिय राजनीतिभित्र परिचित बने ।

    रास्वपाको नीति निर्माण तथा तलदेखि माथिसम्म जिम्मेवारी बाँडफाँडमा डा. ढकाल हाबी हुने गरेका छन् । लामिछाने गृहमन्त्री भएपछि सरकारको काममा केन्द्रित हुनु परेकाले पार्टीको कमान्ड उनकै हातमा छ । अहिलेसम्म उनको कुनै पनि कुरा सभापतिले नकारेका छैनन् । उनले पार्टीमा अघि सारेका प्रस्तावहरू अपवादबाहेक सबै पारित हुँदै आएका छन् ।

    पार्टीका एक केन्द्रीय सदस्यको भनाइमा महामन्त्री डा. ढकालप्रति माथिदेखि तलसम्मका नेता–कार्यकर्तामा असन्तुष्टि बढ्दो छ । महामन्त्रीको जिम्मेवारी उनले थेग्न नसकेको भन्दै उनलाई जिम्मेवारीबाट हटाउनुपर्ने प्रेसर पदाधिकारी र केन्द्रीय सदस्यबाट सभापतिमा बढिरहेको ती केन्द्रीय सदस्य बताउँछन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘सभापतिज्यूले आजका दिनसम्म महामन्त्रीलाई चाहिनेभन्दा बढी महत्त्व दिनुभयो । थाम्न सक्नेभन्दा ठूलो भारी बोकाउनुभयो । तर, अहिले महामन्त्रीलाई कारबाही गर्न उहाँमाथि चर्को दबाब छ । आफैँ पार्टी चलाउने र आफैँ यस्तो प्रतिवेदन बनाएर निराशा फैलाउन खोजेकोप्रति केन्द्रीय सदस्यदेखि सभापतिसम्म सन्तुष्ट छैनन् ।’

    अहिलेसम्म सभापतिले महामन्त्रीलाई निरन्तर संरक्षण गर्दै आएको भए पनि अब भने सोच्न बाध्य भएको ती केन्द्रीय सदस्यले दाबी गरे । महामन्त्रीका सन्दर्भमा पार्टीले नै निर्णय लिने सभापति लामिछानेले बताउन थालेका छन् ।

    पार्टीका एक पदाधिकारीले आफ्नो असमर्थता ढाकछोप गर्नलाई महामन्त्रीले निराशाको खेती गरेको टिप्पणी गरे ।

    उनी भन्छन्, ‘सभापति सरकारमा गएपछि पार्टी उहाँकै हातमा छ । तर, पार्टी सञ्चालनका लागि आवश्यक नेतृत्वदायी गुणहरू देखाउन सक्नुभएको छैन । बालेनको जस्तो आफूले भनेको जे पनि हुनै पर्छ भन्ने अधिनायकवादी सोच छ । यसले गर्दा पार्टीमा आफूप्रति चरम असन्तुष्टि भएपछि यस्तो प्रतिवेदन ल्याएर आफैँले बहिर्गमनको वातावरण बनाउन खोज्नुभएको हुन सक्छ ।’

    आफू देश दौडाहामा जाँदा पार्टी कार्यकर्ताहरूबाट सोचेजस्तो स्वागत नपाएपछि निराश बनेको हुनसक्ने समेत उनले टिप्पणी गरे ।

    डा. ढकाल भने आफू कुनै पनि किसिमले बहिर्गमनको सोचमा नरहेको बताउँछन् ।

    ‘हामीले नै जन्माएको पार्टी हो, छोडेर हिँड्ने कुरै हुँदैन,’ उनले नेपाल प्रेससँग भने, ‘मैले त पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ भनेर सोच्ने हो । रोग पत्ता नलगाईकन यसको निवारण हुन सक्दैन । मेरो प्रतिवेदनले रोग पत्ता लगाएर समाधानको उपाय पनि सुझाएको छ । कतिपय ममाथि उठेका प्रश्नहरूको जवाफ पनि छन् । त्यसैले सार्वजनिक होस भन्ने चाहेको छु ।’

    रास्वपाका अरू थुप्रै नेताहरूजस्तै डा. ढकालसँग पनि यो पार्टीमा लाग्नुअघि राजनीतिक अनुभव थिएन । उनी मेघा अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जागिर छोडेर रास्वपामा संलग्न भएका हुन् ।

    कालिकोटको रास्कोट अस्पताल निर्माणका क्रममा उनी रविसँग निकट बनेका थिए । ढकालकै पहलमा यो अस्पताल निर्माण अघि बढेको थियो । क्यान्सर सर्भाइभर समेत रहेका ढकाललाई निकटस्थहरुले उच्च आत्मबल भएका इमान्दार र जुझारु युवाका रूपमा चिन्ने गर्छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.