Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»मदनलाई सम्झँदै माडीमा रोपियो फलफूलका विरुवा
    Life Style

    मदनलाई सम्झँदै माडीमा रोपियो फलफूलका विरुवा

    adminBy adminJune 28, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    माडी (चितवन), १४ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव, जननेता मदन भण्डारीलाई सम्झँदै आज यहाँ फलफूलका विरुवा रोपिएको छ । ७३ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ स्थित पुष्पमदन स्मृति बाटिकामा फलफूलका विरुवा रोपिएको हो ।

    नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) माडी नगर कमिटीले व्यवस्थापन गरेको थियो भने पुष्प मदन स्मृति बाटिकाले विशेष सहयोग गरेको हो ।

    वृक्षारोपण कार्यक्रममा एमाले नेता कार्यकर्ता, फाउण्डेशनका अध्यक्ष, पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो । बाटिकामा चिउरी, कागती, बेल, जामुन, अमला, अम्बा लगायतका फलफूलका १५० भन्दा बढी विरुवा रोपिएको छ ।

    वृक्षारोपण अघि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै नेकपा (एमाले) पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले परिस्थितिको सही मूल्यांकन गर्दै समयको आवश्यकता के थियो भन्ने कुरा बुझेर, समय सापेक्ष नीति लिएर पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित हुने कुरा मदनले हामीलाई सिकाएको बताउनुभयो । उहाँले भन्नुभयो “यदि एमालेले मदन भण्डारीको विचारलाई अगाडि नल्याएको भए र मदनले पार्टीलाई जुन विचार दिनुभयो, त्यो विचार नआएको भए हामी पनि मोहनविक्रमजीकै हैसियतमा झर्ने स्थिति थियो ।”

    हिजो एमाले संघर्षको बाटोमा रहेको र हाम्रो मानसिकता पनि प्रतिपक्षीय मानसिकता रहेको भन्दै उहाँले अगाडि थप्नुभयो “परिस्थितिले हामीलाई जिम्मेवार संस्थापनको पक्षमा उभ्याएको छ । अब हाम्रो दिमाग प्रतिपक्षीय मानसिकताबाट रचनात्मक जिम्मेवार शक्तिको रुपमा रुपान्तरित हुन जरुरी छ ।” समाजको रुपान्तरणका निम्ति कर्मक्षेत्रमा खट्दा नै मदनको विचारलाई अवलम्बन गरेको हठर्ने उहाँको भनाई थियो ।

    कार्यक्रमको अध्यक्षता गरिरहनु भएका मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई ले मदन भण्डारीको अस्तु विसर्जन गरिएको यस ठाउँलाई राजनीतिक तीर्थस्थल रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यसको विकास गर्नु हामी सबैको दायित्व हो । हालसम्म जेजति काम भएको छन्, तिनलाई व्यवस्थित गर्दै अगाडि बढ्नुपर्छ ।”

    जनताले सेवा लिनका लागि नेता गुहार्नु पर्ने अवस्थाको अन्त्य नभएसम्म मदनप्रति जतिसुकै भक्तिभाव देखाए पनि त्यसको कुनै पनि अर्थ नरहने भन्दै भट्टराईले जनजीविकासँग सम्बन्धित कामहरु अघि बढाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “एमाले र फाउण्डेशनका ९० प्रतिशत कार्यक्रम जनजीविकासँग सम्बन्धित छैनन्, अब यस्ता कार्यक्रम ल्याउनपर्छ ।”

    नेकपा एमाले (चितवन) का सचिव प्रकाश ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारीले स्वागत गर्नुभएको थियो भने एमाले जिल्ला उपाध्यक्ष एवं फाउण्डेशनका सचिव श्याम बिष्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा एमाले नेताहरु यमबहादुर परियार, दावादोर्जे लामा, विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो लगायतका नेता कार्यकर्ता, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.