Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Trending»साढे २६ खर्ब रुपैयाँका मालिक हिंदुजा परिबारका ४ जनालाई जेल सजाय, जुन परिबारले कामदारभन्दा बढि खर्च कुकुरमाथि गर्थे
    Trending

    साढे २६ खर्ब रुपैयाँका मालिक हिंदुजा परिबारका ४ जनालाई जेल सजाय, जुन परिबारले कामदारभन्दा बढि खर्च कुकुरमाथि गर्थे

    adminBy adminJune 22, 2024No Comments9 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । भारतीय मुलको खर्बपति हिंदुजा परिबारको ४ जनालाई स्वीटजरल्याण्डको अदालतले कारावास(जेल) को सजाय सुनाएको छ ।

    हिंदुजा परिबारले आफ्नो बंगलोमा काम गर्ने भारतीय कामदारमाथि शोषण गरेको अभियोगमा अदालतले कारावासको सजाय सुनाएको हो । ब्रिटेनको सबैभन्दा धनी परिबार मानिएको यो परिबारको ४ जना सदस्यलाई शुक्रबार स्वीटजरल्याण्डको अदालतले कारावासको सजाय सुनाएकोे हो ।

    धनाढ्य व्यवसायी प्रकाश हिंदुजा र उनको पत्नी कमल हिंदुजालाई साढे ४ साल र उनको छोरा अजय र बुहारी नम्रतालाई ४ सालको लागि कारावासको सजाय तोकिएको छ ।

    हिंदुजा परिवारमाथि मानव तस्करी गरेको र आफ्ना कर्मचारीको शोषण गरेको आरोप लगाइएको छ । भारतको अधिकाँश अशिक्षित कामदार हिंदुजा परिबारको स्वीटजरल्याण्डस्थित जेनेभाको बंगलोमा काम गर्थे । जेनेभास्थित तालसँगै हिंदुजाको परिबारको बंगलोमा उनीहरु काम गर्दैआएका थिए ।

    घरेलु शोषणमा हिंदुजा परिबार संलग्न रहेको पाइएपछि अदालतले उनीहरुलाई कारावासको सजाय सुनाएको हो ।

    सञ्चारमाध्यमहरुका अनुसार यो घटनाअघि पनि हिंदुजा परिबारको हिरा, माणिक र प्लेटीनियम हारसहित धेरै प्रकारको सम्पति जफ्त गरेको थियो । कानूनी शुल्क र जरिवानाको लागि जफ्त गरिएका सम्पति प्रयोग गरिने बताइएको छ ।

    प्रकाश हिंदुजामाथि यसअघि पनि सन् २००७ मा यस्तै प्रकारको आरोपमा दोषि पाइएको थियो । यो परिबारमाथि कामदारको पासपोर्ट जफ्त गरेको, स्वीस फ्रैंक रकमको स्थानमा भारतीय रुपैयाँ पारिश्रमिकमा उपलब्ध गराइएको, हिंदुजा परिबारको घरबाट बाहिर निस्किन नदिन कामदारलाई निक्कै कम पारिश्रमिक दिइएको तथा घरबाहिर निस्किन नदिनेलगायतको आरोपसमेत लगाइएको छ ।

    २६ खर्ब ४० अर्ब रुपैयाँबराबर सम्पतिको मालिक हिंदुजा परिबार

    हिंदुजा परिबार ब्रिटेनबाट आफ्नो व्यवसाय सञ्चालन गर्दैआएका छन् । यो परिबार संसारको सबैभन्दा धनी व्यक्तिहरुको सुचीमा सूचीकृत छ । फोब्र्सको अनुसार सन् २०२३ मा हिंदुजा परिबार २० बिलियन अमेरिकन डलर (२६ खर्ब ४० अर्ब ५२ करोड २३ लाख नेपाली रुपैयाँ) बराबर मूल्यबराबरको सम्पतिको मालिक थिए ।

    फोब्र्सको सुचीअनुसार गत बर्ष भारतको सबैभन्दा धनी व्यक्तिको ७ औं स्थानमा हिंदुजा परिबार परेका थिए । यो परिबार विश्वको टप २०० धनी व्यक्तिको सूचीमा आवद्ध छन् ।

    यो परिबारको लगानी अशोक लिलैण्ड, हिंदुजा टेक टेलिकम, गल्फ आयल इन्टरनेशनल लिमिटेड तथा ग्यास, क्वेकर हाउटन इन्टरनेशनल लिमिटेड, हिंदुजा नेशनल पावर कर्पोरेशन लिमिटेड, हिंदुजा रिन्युएवल्स एनर्जी प्राइभेट लिमिटेड, इण्डसइन्ड बैंक, हिंदुजा हाउजिङ्ग फाइनेन्स, स्विच मोविलिटी, पीडी हिंदुजा हस्पिटल, हिंदुजा लिल्याण्ड फाइनेन्स लिमिटेड, जीओसीएल कर्पोरेशन लिमिटेड, तारे होटल, सूचना प्रविधी, अटो, पूर्वाधार निर्माण, रियलस्टेटलगायतमा छ ।

    कामदारबाट १८ घण्टासम्म काम लिन्थे हिंदुजा परिबार

    हिंदुजा परिबार १८ घण्टासम्म कामदारलाई काममा लगाउने गरेको पनि पाइएको छ । ब्लुमबर्गको प्रतिवेदनअनुसार स्वीटजरल्याण्डमा १७ जुनदेखि मानव तस्करीसम्बन्धी निगरानी राखिएको थियो । निगरानीको क्रममा घरेलु कामदारलाई निरन्तर १८ घण्टासम्म काममा खटाइएको पाइएको थियो ।

    उनीहरुलाई उपलब्ध गराइने पारिश्रमिक स्वीस सरकारले तोकेको दरभन्दा १० गुणा कम थियो । कामदारलाई उचित खाना र सुत्नेसम्मको व्यवस्था नगरको पाइएको थियो ।

    कामदारभन्दा कुकुरमाथि बढि पैसा खर्च

    ब्लूमबर्गको प्रतिवेदनअनुसार हिंदुजा परिबारले आफ्ना कामदारभन्दा बढि खर्च कुकुरमाथि गर्दैआएका थिए । कर्मचारीलाई बार्षिक २ लाख ३८ हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने हिंदुजा परिबारले कुकुरको खाना र हेरचाहको लागि बार्षिक ८ लाख भारतीय रुपैयाँ खर्च गर्दैआएका थिए ।

    हिंदुजा परिबारद्वारा खण्डन


    हिंदुजा परिबारले आफ्नो परिबारमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । उनका अनुसार उनी आफैले कर्मचारी हायर गरेका थिएनन् । भारतको एउटा कम्पनीले कर्मचारी हायर गरेर उनलाई उपलब्ध गराएकाले उनीमाथि लगाइएको कर्मचारीको शोषणसम्बन्धी आरोप गलत भएको हिंदुजा परिबारको भनाई छ ।

    हिंदुजा परिबारले कर्मचारीको लागि खानाका साथै बस्न तथा सुत्ने व्यवस्था पनि गरिएको दाबी गरेका छन् ।

    प्रकाश हिंदुजा युरोपमा हिंदुजा समूहको चेयरम्यान भएर काम गर्दै आएका छन् । उनको कम्पनीको आधिकारिक वेवसाइटको अनुसार सन् २००८ देखि उनी मोनाकोमा बस्दै आएका छन् । अध्ययन सकाएर उनी ईरानको तेहरानमा पारिवारिक व्यवसायमा समावेश भएका थिए । पछि स्वीटजरल्याण्ड गएर हिंदुजा परिबारको युरोप अपरेशनको जिम्मेबारी सम्हालेका थिए ।

    प्रकाशको बिहे कमलसँग भएको थियो । उनीहरुको दुई छोरा अज र रामकृष्ण र एक छोरी रेणुका छन् ।

    व्यवसाय क्षेत्रमा ११० बर्ष पहिले यो परिबारको उदय

    व्यवसाय क्षेत्रमा हिंदुजा समूहको उदय ११० बर्ष पहिले भएको थियो । सन् १९१४ मा परमानन्द दीपचन्द हिंदुजाले व्यवसायमा पहिलो पाइला चालेका थिए । परमानन्द दीपचन्दको श्रीचन्द, गोपिचन्द, प्रकाश र अशोक गरी ४ छोरा थिए । यहि ४ छोराको परिबारले हिंदुजा समूहको व्यवसाय हेर्दैआएका छन् ।

    यसमध्ये श्रीचन्दको गत बर्षको मई १७ तारिखमा मृत्यु भएको थियो । हिंदुजा परिबारको कर्पोरेट अफिस सन् १९१९ मा ईरानमा सिफ्ट भएको थियो । सन् १९७९ सम्म ईरानबाटै यो समूहको व्यापार व्यवसाय सञ्चालन भएको थियो । सन् १९७९ मा ईरानको इस्लामिक क्रान्तिपछि ईरानको अवस्थामा परिवर्तन आएपछि यो परिबार लन्दनमा सिफ्ट भएको थियो ।

    यो परिबारको कारोबार ५० भन्दा बढी मुलुकमा फैलिएको छ । जसमा करिब २ लाख कामदार काम गर्छन । भारतमा हिंदुजा परिबारको ६ वटा कम्पनी सेयरमा सूचीकृत छ ।

    भारतको प्रख्यात घोटाला काण्ड ‘बोफोर्स’ मा पनि यो परिबारको संलग्नता


    हिंदुजा परिबारको श्रीचन्द, गोपीचन्द र प्रकाशको नाम भारतको प्रख्यात घोटाला काण्ड बोफोर्समा पनि समावेश भएको पाइएको छ ।

    स्वीडेनको हथियार उत्पादन गर्ने कम्पनी बोफोर्सले भारत सरकारलाई सन् १९८६ मा १.३ अर्ब अमेरिकन डलर घुस दिएको घटनालाई बोफोर्स घोटाला काण्ड भनिएको छ । यो बेला भारतमा काँग्रेसको सरकार थियो । त्यो वेला काँग्रेसको राजिव गान्धी प्रधानमन्त्री थिए । यो प्रकरणमा प्रधानमन्त्री गान्धीसमेत मुछिएका थिए । स्वीडेनको रेडियोले सन् १९८७ मा हथियारको खरिदमा बोफोर्स कम्पनीले भारत सरकारलाई घुस दिएको पहिलो समाचार प्रशारण गरेको थियो ।

    यो घुस काण्डमा हिंदुजा परिबारको ३ भाई श्रीचन्द, गोपीचन्द र प्रकाशले सहयोग गरेको भनेर तत्कालिन समयमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सीबीआई) ले आरोप लगाएको थियो । पछि सन् २००५ मा पर्याप्त प्रमाण फेला नपरेपनि यो आरोपबाट हिंदुजा ३ भाईलाई मुक्त गरिएको थियो ।

    हिंदुजा परिबारको नौलो नियम

    चार बर्षअघि हिंदुजा परिबारमा झै झगडा भएको समाचार बाहिर आएको थियो । सन् २०१४ मा यो परिबारमा एउटा सम्झौता भएको थियो । त्यहि सम्झौताका कारण परिबारमा झै झगडा भएको बताइएको छ ।

    ‘हिंदुजा समूहको सम्पतिमाथि सबैको हक छ र कसैको केहि पनि छैन’ भनेर सम्झौता भएको थियो । यसको अर्थ हिंदुजा परिबारको एक भाईसँग जुन सम्पति छ, त्यसमाथि बाँकी भाईको पनि हक लाग्नेछ । प्रत्येक भाई अर्को भाईलाई एग्जीक्यूटरको रुपमा नियुक्त गर्न सक्छन् ।

    यो सम्झौतामा ४ जना भाईले हस्ताक्षर गरेका थिए । धेरैपछि सबैभन्दा जेठो भाई श्रीचन्दको छोरीहरु यो सम्झौताको घेराबाट बाहिर निस्किन खोजेकी थिइन् । यसको लागि उनीहरु अदालतसम्म धाएका थिए ।

    श्रीचन्दको छोरीले आफ्नो काकाहरुले आफुहरुलाई परिबारबाट अलग गरेको आरोप लगाएकी थिइन । उता श्रीचन्दको अन्य भाईहरुले भने श्रीचन्दको छोरीहरुले सबै सम्पति आफु खुशी उपभोग गरेको आरोप लगाएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.