Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान प्राप्त गरेका हुन्। उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए। उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’ मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा…
बागलुङ । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् । पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन् । अहिले पनि निरन्तर वर्षा…
काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा…
काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो । विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए । भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको…
काठमाडौं । अभिनेता पल शाहका बुधबार आफ्ना फ्यानहरूबाट घेरिए । फ्यानहरूले उनलाई पूजा-अर्चना गर्नुका साथै महंगा उपहारसमेत दिए । कुनै विशेष अवसरबिना ‘पल शाह फ्यान क्लब’ को आयोजनामा शाहलाई एक होटलमा बोलाएर कार्यक्रम गरिएको थियो । कार्यक्रमको ब्यानरमा लेखिएको थियो- रियल हिरो पल शाह फ्यान क्लबको भेटघाट कार्यक्रम । टेबलमा फुलमाला र दियोकलश राखिएको थियो । आफूलाई फ्यान क्लबको संयोजक बताउने विराटनगरकी सुनीता क्षेत्रीले यसको नेतृत्व गरेकी थिइन् । कार्यक्रममा अधिकांस महिला फ्यानहरूको उपस्थिति देखिन्थ्यो । पल शाह आउँदै गर्दा फूल वर्षाएर स्वागत गरियो । शाहले पानसमा बत्ती बालेर कार्यक्रम सुरूवात गरे । सुनीताले पललाई पूजा गर्दै दूबोको माला लगाइदिइन्…
चेक बाउन्सको मुद्दाबारे पूर्वअर्थमन्त्रीहरु भन्छन्-मिलाप गराउनुपर्छ, हदम्याद हटाउने पक्षमा सांसदहरु
काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको दफावार छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग राखेका हुन् । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले सरकारले कानुन बनाउँदा गल्ती गर्नेलाई सहजीकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिए । तर पूर्वअर्थमन्त्रीहरुले भने सरकारले सबै…
भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स इच्छुक, ऋणको साँवाब्याज भुक्तानीमा राहत हुने
काठमाडौं– चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चासो देखाएको छ । यी दुवै विमानस्थल उद्घाटन भएको लामो समय भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल निर्माण गर्न लिएको ऋणको साँवाब्याज सरकारी ढुकुटीबाट तिर्नुपर्ने अवस्था छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतका जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरे पनि अहिले बन्द गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने एक/दुईवटा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । चाइना साउदर्नले नियमित उडान सुरु गरे विमानस्थल निर्माणका लागि लिएको ऋणको साँवाब्याज भुक्तानीमा केही राहत हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०२३…
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न १४ वटा अलग- अलग जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ती कम्पनीले सो अवधिसम्ममा ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका छन् । उक्त अवधिमा सबैभन्दा शिर्ष व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हिस्सा हो । त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा २ अर्ब २६ करोड…
सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ समितिले बुझायो प्रारम्भिक प्रतिवेदन, ‘टेक अफ स्पिड’मा समस्या
काठमाडौं- गएको साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको फ्लाइट दुर्घटनाको विषयमा जाँचबुज गर्न गठन भएको समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। जहाज दुर्घटनामा मुख्य त टेक अफ स्पिड कमी भएको देखिएको प्रारम्भिक अध्ययन रिपोर्टमा उल्लेख छ। साथै जहाज टेक अफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययनमा रिपोर्टमा उल्लेख छ। समितिले प्रारम्भिक रुपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको छ। अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले प्रारम्भिक रुपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको छ। जहाजको तौल…
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ। नेपाल टी-२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा किनेको हो । यस्तै, काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ । लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले आफ्नो स्वामित्वमा पारेको छ ।
