Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
प्रर्मीला कार्की/नेपाल न्यूज बैंककेही साता वितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक संजाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्वीरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्विर र मोबाइलबाटै अपलोड भएका भिडियोको म्यासेज बक्समा ‘ह्याप्पी तीज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओहिरो छ । छिनछिनमा अपडेट भइरहने तीजका तस्विर र भिडियोले हिन्दु धर्मावलम्वीका पर्वहरु अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृश्य झल्किन्छ । सामाजिक संजालको वालमा मात्र नभइ समग्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजले सबैतिर रौनक छाएको छ । सामाजिक संजालमा पोष्ट भएका तस्विर…
काठमाडौं- हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेम र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमानका लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम…
काठमाडाैं, भदाै २१ : आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीज। आज बिहानैदेखि देशभरका शिवालयहरूमा व्रतालुको भिड लागेको छ। पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ। हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्दा गाह्रो नहोस् भनेर अघिल्लो दिन दरका रूपमा मीठा र तागतिला खानेकुराहरू खाने प्रचलन पनि छ। बिहानै उठेर नुहाइधुवाइ गरेर सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भएका महिलाहरू शिवको पूजापाठसँगै नाचगानसमेत गर्छन्। धेरैजसो महिला रातो पहिरनमा हुने भएकाले मन्दिर…
काठमाडौं : नेपाली वैज्ञानिक डा. लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ। भौतिकशास्त्र विषयका ४५ वर्षीय वैज्ञानिक डा. मैनालीले आँखाको लेन्समा पाइने अल्फा–क्रिस्टालिन प्रोटिनको मोतियाबिन्दु निर्माणमा रहेको भूमिकाबारे सूक्ष्म अध्ययनका लागि उक्त अनुदान प्राप्त गरेका हुन्। उनले २०१९ देखि नै मोतियाबिन्दु लाग्दा आँखाको लेन्समा अल्फा– क्रिस्टालिन प्रोटिनको भूमिकाबारे अध्ययन सुरु गरेका थिए। उनलाई २०१९ मा नै पाँच वर्षको अध्ययनका लागि एनआईएचले १५ लाख डलरको ग्रान्ट दिएको थियो। डा. मैनाली हाल अमेरिकाको इडाहो राज्यस्थित ‘बोइस स्टेट युनिभर्सिटी’ मा भौतिकशास्त्र विषयका असिस्टेन्ट प्रोफेसरका रूपमा…
बागलुङ । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले बताए । लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन् भने काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तीज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन् । पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रि बस बुर्तिबाङमै रोकिएका छन् । अहिले पनि निरन्तर वर्षा…
काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा…
काठमाडौं । ३५ वर्षदेखि परिवारसँग विछोडिएका प्रकाश तामाङको कथालाई ११ दिनमै युट्यूबमा १ करोडपटक हेरिएको छ । नेपालमा यसप्रकारको डकुमेन्ट्री फिल्मले ८ अंकमा भ्यूज बटुलेको सम्भवत पहिलोपटक हो । विद्या चापागाईंको प्रस्तुति र कमल कुमारको लेखन/निर्देशनमा निर्माण भएको एपिसोड गत २४ अगष्टमा अपलोड गरिएको थियो । सुरुको दिनमा औसत भ्यूज पाए पनि दोस्रो दिनबाट फेसबुकमा भाइरल भएपछि भ्यूज ह्वात्तै बढेको हो । धेरैले यो एपिसोड हेरेर रोएको भन्दै स्टाटस लेखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडिओ शेयर गरेका थिए । भिडिओ एक वर्ष अगाडि नै सुटिङ भइसकेर अहिले सार्वजनिक गरिएको हो । यतिका समयसम्म यसलाई अपलोड नगरिकन राखिएको…
काठमाडौं । अभिनेता पल शाहका बुधबार आफ्ना फ्यानहरूबाट घेरिए । फ्यानहरूले उनलाई पूजा-अर्चना गर्नुका साथै महंगा उपहारसमेत दिए । कुनै विशेष अवसरबिना ‘पल शाह फ्यान क्लब’ को आयोजनामा शाहलाई एक होटलमा बोलाएर कार्यक्रम गरिएको थियो । कार्यक्रमको ब्यानरमा लेखिएको थियो- रियल हिरो पल शाह फ्यान क्लबको भेटघाट कार्यक्रम । टेबलमा फुलमाला र दियोकलश राखिएको थियो । आफूलाई फ्यान क्लबको संयोजक बताउने विराटनगरकी सुनीता क्षेत्रीले यसको नेतृत्व गरेकी थिइन् । कार्यक्रममा अधिकांस महिला फ्यानहरूको उपस्थिति देखिन्थ्यो । पल शाह आउँदै गर्दा फूल वर्षाएर स्वागत गरियो । शाहले पानसमा बत्ती बालेर कार्यक्रम सुरूवात गरे । सुनीताले पललाई पूजा गर्दै दूबोको माला लगाइदिइन्…
चेक बाउन्सको मुद्दाबारे पूर्वअर्थमन्त्रीहरु भन्छन्-मिलाप गराउनुपर्छ, हदम्याद हटाउने पक्षमा सांसदहरु
काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा चेक अनादर मुद्दामा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि भएको दफावार छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग राखेका हुन् । सांसदहरुले चेक अनादर मुद्दाको लागि ३० दिनको म्याद राख्न जरुरी नभएको भन्दै तत्काल अदालत वा प्रहरीमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले सरकारले कानुन बनाउँदा गल्ती गर्नेलाई सहजीकरण हुने भन्दा पनि पीडितको हितको लागि कानून बनाउनु पर्नेमा जोड दिए । तर पूर्वअर्थमन्त्रीहरुले भने सरकारले सबै…
भैरहवा र पोखरामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स इच्छुक, ऋणको साँवाब्याज भुक्तानीमा राहत हुने
काठमाडौं– चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैहरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चासो देखाएको छ । यी दुवै विमानस्थल उद्घाटन भएको लामो समय भइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल निर्माण गर्न लिएको ऋणको साँवाब्याज सरकारी ढुकुटीबाट तिर्नुपर्ने अवस्था छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतका जजिरा एयरलाइन्सले केही समय नियमित उडान गरे पनि अहिले बन्द गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने एक/दुईवटा चार्टर्डबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । चाइना साउदर्नले नियमित उडान सुरु गरे विमानस्थल निर्माणका लागि लिएको ऋणको साँवाब्याज भुक्तानीमा केही राहत हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन २०२३…
